आज : गते

ताजा शिर्षकहरु

देउवाले भारतलाई ‘लोप्पा’ खुवाइदिए पछि हंगामा, यस्तो छ भित्रि रहस्य

प्रकाशित
1.6K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई लोप्पा खुवाइदिएका छन्। नेपालमा प्रधानमन्त्री भएपछि पहिलो अन्तराष्ट्रिय भ्रमण भारत गर्ने चलनलाई ब्रेक गरेर देउवाले भारतलाई लोप्पा खुवाइदिएका हुन्। यसअघि प्रधानमन्त्री भएका झलनाथ खनालले तेश्रो देशमा पहिलो भ्रमण गरेका थिए।

पहिलो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पनि पहिलो भ्रमण चीनको गरेपनि आफ्नो औपचारिक पहिलो भ्रमण भारत भएको बताएका थिए। यस अघि प्रधानमन्त्री भएका बखत देउवाले पनि पहिलो पटक भारतकै भ्रमण गर्ने गरेका थिए।

तर यस पटक भने संयोगले भनौँ या परिस्थितीले प्रधानमन्त्री देउवाको भ्रमण इण्डीया नभएर युरोपेली देश हुन लागेको छ। देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डमा हुने भएको छ। स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा उनी सहभागी हुनेछन्।

आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ।

उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन्। विश्वव्यापी जलवायू संकटलाई सम्वानेधन गर्ने कोप २७६ को लक्ष्य रहेको छ।

सम्मेलनमा २० देखि २५ हजार जनाको सहभागिता रहने बताइएको छ। इण्डीयन सरकारले आफ्नो दादागिरीनै देखाउँन भए पनि कुनै पनि नेपाली प्रधनमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण इण्डीयानै गरुन भन्ने चाहना राख्दै आएको छ। तर देउवाले भने इण्डीयाको त्यो चाहनालाई यस पटक पुरा हुन नदिने भएका छन्।

एक समय तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पनि आफ्नो पहिलो विदेश भ्रमण चिनमा गरेका थिए। त्यसबेला प्रचण्ड पहिलो पटक चिन गए पछि इण्डीया नमज्जा सँग रिसाएको थियो।

ओलम्पीकको उद्घाटन समारोहमा भाग लिन चिन पुगेका प्रचण्डले पछि आफ्नो राजनितिक भ्रमणको सुरुवात भने इण्डीया बाटनै हुने भनेर प्रष्टीकरण समेत दिएका थिए।

म्यानमारको सैन्य सरकारले पाँच हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने: म्यानमारको सैन्य सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्।

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी सेनाले ‘कु’ गरेको थियो। सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा सेनाले आठ हजार बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।

यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा जारी संकटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ।

‘कु’को विरोधमा प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार एक सयभन्दा बढी नागरिक मारिनुको साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

अझै पनि सात हजार तीन सयभन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन्। जुलाई महिनामा देशभरका जेलहरूबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो।

यसैगरि ,अमेरिकी वैज्ञानिकहरुले भूउपग्रहको सहायतामा चीनका गोप्य तस्वीर खिचेका छन् । उक्त तस्वीर देखेपछि अमेरिका त्रसित भएको छ । अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाउँदै चेतावनी दिएको छ । अमेरिकाले चीनमाथि परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको आरोप लगाएको हो ।

अमेरिकी वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्विरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उक्त तस्विर आएपछि सबैको होस उडेको बताइएको छ । अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका हुन् ।चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ ।निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ ।

गत महिना अमेरिकी अखबार वाशिङ्टन पोस्टले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको समाचार प्रकाशित गरेको थियो ।एफएएसले सोमबारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको जनाएको छ।

सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोब्बर बनाउन लागेको जानकारी दिएको थियो ।अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे चिन्ता व्यक्त गरेको छ।

सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू भएको अनुमान गरिएको थियो। चीनले त्यसलाई दोब्बर बनाउन खोजेको अमेरिकाको आरोप छ । अमेरिकामा त्यस्ता ३,८०० क्षेप्यास्त्र रहेको बताइन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ