आज : गते

ताजा शिर्षकहरु

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय, पहिले कुन देश जादैछन् ?

प्रकाशित
855
SHARES

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ ।

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले पहिलो विदेश भ्रमण बेलायतको गर्ने भए पनि यो भ्रमण द्विपक्षीय भ्रमण भने हुनेछैन । नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।

यस्तै सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो ।

खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेता बनेको थियो ।

नेपालले साफको लिग चरणमा पनि एकमात्र हार भारतसँग बेहोरेको थियो । माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको नेपालले बंगलादेशसँग भने बराबरी खेलेको थियो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यसैगरि, बेलाबेला चर्चामा आइरहने मन्त्री आलेले फिल्डमै पुगेर एक्सन लिएका छन् । मन्त्री बनेपछि आलेले जनताका पक्षमा धमाका देखाउन थालेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।

अनुगमनका क्रममा विमानस्थलमा टयाक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने गरेको, कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले भन्दै उनले कमजोरीलाई अन्त्य गरिने बताए ।

मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका महानिर्देशकसँग लिखित जवाफ माग गरेको समेत जानकारी दिए ।

उनले गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । आइतबार छुटेका यात्रुलाई सोमबार गन्तब्यमा पुर्‍याइएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट ९अनलाइन० को व्यवस्था गर्न निर्देशन समेत दिएका छन् ।

अनुगमनकै क्रममा मन्त्री आलेले आफु पदमा रहुन्जेल सम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्दै सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुँरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत उनले जानकारी गराए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ