आज : गते

ताजा शिर्षकहरु

जसपाभित्र भाडभैलो, उपेन्द्र यादवमाथि लाग्यो यस्तो गम्भीर आरोप

प्रकाशित
1.1K
SHARES

काठमाडौं। जसपामा भाडभैलो सुरु भएको छ। मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो। प्रादेशीक, जातीय, समावेशीतालाई आधार नमानेर मन्त्री पठाएको भन्दै अध्यक्ष यादवप्रति जसपाकै नेताहरु असन्तुष्टि जनाएका छन्।

उपेन्द्र यादवले मनोमानी ढंगले मन्त्री छानेको भन्दै आफ्नै कार्यकर्ताले उनको पुत्लासमेत जलाए। जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद मो। इस्तीयाक राई, सांसद प्रदीप यादव,प्रमोद साह,अमृता अग्रहरी, मृगेन्द्र सिंहलगायत नेताले यादवविरुद्ध ठूलै कदम चाल्ने चेतावानी समेत दिएका छन्।

केन्द्रीय कार्यालयमा कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला समेत जलाएका छन्। सरकार गठनमा पार्टीभित्र व्यापक असन्तुष्टि भएको बताएका छन्। सांसद राईले आफ्नो अध्यक्ष उपेन्द्र यादव एकल, स्वाच्छाचारी निर्णय गरेको आरोप लगाए।

डा। बाबुराम भट्टराई गोरखा र अशोक राई पूर्व गएको मौकामा मन्त्री छनौट गरेको उनको आरोप छ। यो निर्णयले पार्टी आहात भएको छ। प्रदेश २, बागमती र लुम्बिनीबाट समावेशिताको आधारमा मन्त्री छनौट गर्ने जिम्मा तीन शीर्ष नेतालाई दिइएको हो।।

तर, यादवले एकलौटीरुपमा गरे, यो हामीलाई स्वीकार्य हुँदैन, उनले भने, ‘यो सच्याउनुपर्छ।’ यादवले आन्दोलनको मर्मविपरित काम गरेको उनको आरोप छ।

उनले आफू मन्त्री नभएको भन्दा पनि व्यवहार त पार्टी मुल मर्म, पद्धतिमाथि नै प्रहार भएको र एकै समुदायका व्यक्तिलाई मात्रै मन्त्री बनाएको उनको आरोप छ।जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गरेका छन्। उनले श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव भएका छन्। मन्त्री नियु्क्तप्रति असन्तुष्टि र नेतृत्वविरुद्ध ठूलै कदम चाल्ने चेतावानी दिएका छन्।

यसैगरि, नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति नेताहरूको असन्तुष्टि बढेको छ। मापदण्ड तथा विधि पद्धतिलाई बेवास्ता गरेर केन्द्रीय सदस्य चयन र कार्यविभाजन गरिएको भन्दै नेताहरूमा असन्तुष्टि देखिएको हो।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टि जनाए। उनले शनिबार फेसबुकमार्फत आक्रोश पोखेका छन्। एकीकृत समाजवादीमा सबै जनसंगठनका प्रमुखलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भए पनि अनेरास्ववियूबाट केन्द्रीय कमिटीमा समेटिएका छैनन्।

अरू जनसंगठनबाट केन्द्रीय कमिटीमा लगिएको र अनेरास्ववियूका अध्यक्षको हैसियतमा आफूलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि उनले असन्तुष्टि जनाएका हुन्। त्यस्तै अनेरास्ववियूमा लामो समय योगदान दिएका व्यक्तिहरू केन्द्रीय सदस्य नबनाइएको र संगठन नै नबुझेकालाई कमिटीमा लगिएको उनले बताए।

‘जसले संगठन नै बुझेको छैन। सांगठनिक संरचना विधि पद्धति नै बुझेको छैन त्यस्ता व्यक्तिलाई केन्द्रीय कमिटीमा छनोट गरियो,’ पराजुलीले भने, ‘अनेरास्ववियूमा रहेर लामो समय योगदान गरेको पनि कमिटीमा समेटिएको छैन।

संगठन नै नबुझेकालाई लगेर विधि, पद्धति मिच्न मिल्दैन।’त्यस्तै हालै मात्रै जीवन राई नेतृत्वको नेकपा एकीकृत नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । निर्वाचन आयोगमा पठाइएको पत्रमा राईलाई केन्द्रीय सदस्य बनाइएको छ।

तर, पार्टीको जिम्मेवारीमा भने उनलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको एक नेताले जिकिर गरे। सो विषयमा राईलगायत नेताहरू असन्तुष्ट भएको स्रोतको दाबी छ। तर, राईले भने पार्टीमा आफ्नो जिम्मेवारी बाँडफाँड हुन बाँकी नै रहेको भन्दै आफू केन्द्रीय सदस्य भएको बताए।

तेस्तै, नेकपा एकीकृत समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन्। उनलाई सम्मानित नेतासहित उक्त विभागको जिम्मेवारी दिइएको हो। राजनीतिक दलहरुभित्र विदेश विभाग निकै महत्वपूर्ण मानिन्छ।

विगतमा नेकपा एमाले हुँदा माधवकुमार नेपाल उक्त जिम्मेवारीमा थिए। नेकपा एस बनेपछि खनालले उक्त जिम्मेवारी पाएका छन्। खनाल एमालेमा छँदा वरिष्ठ नेता थिए। अब उनलाई सम्मानित नेता भनिएको छ। नेकपा एसमा माधवकुमार नेपालपछि खनाल दोस्रो वरियतामा छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ