आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनद्वारा अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

प्रकाशित
376
SHARES

एजेन्सी। चीनले अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको विषयले अमेरिकी खुफिया एजेन्सी हैरान बनेको छ। फाइनान्सियल टाइम्सका अनुसार परमाणु क्षमताको सो क्षेप्यास्त्र चीनले अन्तरिक्षमा परीक्षण गरेपछि अमेरिकाका अनुसन्धान एजेन्सीहरु तरंगित बनेका छन् र छलफलमा जुटेका छन्।

चीनले यो परीक्षण गत अगस्टमा नै गरेको बताइएको छ। तर यसबारे कसैले जानकारी नै पाएनन्। रिपोर्टका अनुसार हाइपरसोनिक हतियार त्यो पनि अन्तरिक्षमा परीक्षण गर्ने चीनको विकास र प्रविधि देखेर अमेरिका तीनछक्क परेको छ।

चीनबाहेक अमेरिका, रुस र उत्तर कोरियासमेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्। बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन्।

बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन्। यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइन्छ।

अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन्। तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन।

अमेरिकाको कँग्रेसनल रिसर्च सेन्टर सीआरएसका अनुसार चीन आक्रामक रूपमा हाइपरसोनिक प्रविधिको विकास गरिरहेको छ। अमेरिकाको रक्षा मन्त्रालयले यस रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन।

गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो। तर, पनि उनले हिम्मत हारिनन्। बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन्।

तर, अहिलेको अवस्था झन् फरक छ। एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्।

आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ। ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ। तर, तालिवानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन्।

तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिदै अफगान किशोरीको जीवन: तालिवानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन्। पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ, तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन्।

१८ सेप्टेम्बरमा तालिवानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो। तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन्। जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्न बाध्य छन्।दुई साताअघि तालिवानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे।

तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो।तालिवानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन्। उनीहरुले छुट्टै पोसाक लगाउनुपर्ने बाध्य पारिएको छ।

यसैगरि, अमेरिकाको धर्म प्रचारक समूह र उनीहरुको परिवारलाई हेइटीको राजधानी पोर्ट अउ प्रिन्स नजिकै एउटा सशस्त्र समूहले अपहरण गरेको छ। एउटा अनाथलयको भ्रमण सकेर फर्किने क्रममा कम्तिमा १५ जनालाई बसबाट ओरालेर समूहले बन्धक बनाएको हो।

अपहरणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। हेइटीमा विश्वमै सबैभन्दा बढी अपरहण हुने गरेको छ। दण्डहिनताको फाइदा उठाएर ठूला समूहले मानिसलाई अपहरण गरेर फिरौती रकम माग्छन्।

जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि प्रतिद्वन्दी समूहमा शक्ति हत्याउने होड चलेको छ। सुरक्षाको अभावमा अधिकांश नागरिकलाई ज्यान जोगाउनै हम्मे हुने गरेको छ। क्रोइस डेस बक्युट सहरबाट गाडिमा चढ्ने वित्तिकै किश्चियन धर्म प्रचारक समूहलाई बन्दूकधारीले नियन्त्रणमा लिएका थिए।

हेइटीका न्याय मन्त्री र त्यहाँको प्रहरीले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। आफ्ना नागरिकको अपहरणबारे अमेरिकी सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छैन्।तर, अमेरिकी विदेशमन्त्रालयले देशबाहिर अमेरिकी नागरिकको सुरक्षा अमेरिकाका लागि उच्च प्राथमिकता भएको जनाएको छ।

अमेरिकी संस्था क्रिश्चियन एड मिनिस्ट्रिजले हेइटीमा रहेका धार्मिक समूहलाई विशेष प्रार्थना भन्दै श्रब्य सन्देश पठाएको थियो। अपहरणमा परेका व्यक्तिको सहयोगका लागि समूहले हेइटीस्थित दूताबाससँग सहकार्य गरेको जनाइएको छ।

प्रतिक्रिया