आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नर्भिक हस्पिटलबाट आयो मोहन वैद्यबारे यस्तो खबर, कार्यकर्ता चिन्तित

प्रकाशित
4.8K
SHARES

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण सिकिस्त विरामी परेका छन्। दम बढेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि दमका बिरामी वैद्यलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै एक/दुई दिन अस्पतालमै बस्नुपर्ने अबस्था आएको बताए।

अस्पताल श्रोतका अनुसार स्वास–प्रस्वासमा समस्या देखिएको छ भने बोल्न सकेका छैनन्। सबै रिर्पोट आइ नसकेकाले बाँकी केही पनि भन्न नसकिने अस्पतालले जनाएको छ। सच्चा कम्युनिस्ट नेताको परिचय बनाएका वैद्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत समकालिन नेताहरुका राजनीतिक गुरु पनि हुन् ।

२०५२ सालमा नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा उनी दोश्रो दर्जाका नेता थिए । नेपालमा शान्ति सम्झौता हुँदा उनी भारतको जेलमा कैदी जीवन विताइरहेका थिए। प्रचण्डले नेपालमा भएको ससस्त्र जनयुद्धलाई संसदीय राजनीतिमा लगेर बुझाएको भन्दै असन्तुष्टि राख्दै वैद्य प्रचण्डबाट अलग भएका थिए ।

२०६९ सालमा पार्टी फुटाएर ड्यास माओवादी बनाएका उनले सोचे जस्तो क्रान्ति गर्न नसकेको भन्दै उनका विश्वास पात्र विप्लवले पनि विद्रोह गरेका थिए। पछि मणी थापाको नेकपा क्रान्तिकारी लगायतका पार्टीसँग एकता गरेका थिए ।

एकताको मोसी सुक्न नपाउँदा रामबहादुर थापासहितको ठूलो सिस्सा नेकपा माओवादी केन्द्रमा समाहित भएपछि वैद्यलाई ठूलो झट्का लागेको थियो।

वैद्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कट्टेलको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी सम्मिलित संयुक्त रणनीति मोर्चा बनाएर नेपालको राजनीतिमा नयाँ आयाम ल्याउने कोसिस गरेका थिए।

उक्त मोर्चाकै पहलमा प्रतिबन्धीत नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको थियो। त्यही तीन बुँदे सहमतिको आधारमा विप्लव नेतृत्वको नेकपा खुल्ला रुपमा राजनीतिक गतिविधि अगाडि बढाइरहेको छ।

यसैगरि, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाक काटिदिएका छन्। महिनैपिच्छे हेलिकोप्टरमा विनाकाम आहोर दोहोर गरेपछि माओवादीको गडमै प्रचण्डको नाक काटिएको हो।

शान्नीत्रिवेणी २ का अनिलवहादुर बिष्टले गरिवले उपचार नपाउने र मुख्यमन्त्रीले महिनैपिच्छे हेलिकोप्टर चार्टर गर्नुले गरिव देशका धनीमन्त्री भनेजस्तै भएको वताए। उनले आफ्नो वहिनी दुई महिना अगाडि भिरवाट लडेर गम्भीर घाईते हुँदा कालीकोट अस्पतालबाट बाहिर लिन एम्वुलेन्ससम्म नपाएको घटना कोट्टाउदै भने, ‘सेवा सुबिधा त नेता हुनेका लागि मात्र रहेछ।

जसले भोट दिए उनीहरुका लागि त देशमा लोकतन्त्रसमेत नभएको भन्दै राजा भन्दा पनि महाराजको शासन नेपालमा सुरु भएछ।’मुख्यमन्त्रीमा आसिन शाहीको जिल्लामा विकासे काम भनेका स्थानीय सरकारले रेखा कोरेको सडक मात्र हुन । तर हेलिकोप्टर भने महिनाको एक पटक आकाशमा उडाउने गरेका छन् ।

महिनैपिच्छे हेलिकोप्टरमा सवार मुख्यमन्त्री शाहीका सहयात्री पनि थपिएका छन । एमाले सरकारवाट बाहिर गएका वेला अल्पमतमा परेका शाहीलाई फलोरक्रस गरेर पद जोगाउने तत्कालिन एमाले सासद कुर्मराज शाही सहयात्रीका रुपमा हेलिकोप्टर चार्टरका मियो बने ।

गाउँमा सामान्य विद्यालयको भवन सिलान्यासदेखि नजिकको कार्यकर्ताको आफन्तको दुःखद क्षणमा पनि हेलिकोप्टर चार्टर हुन थालेपछि कालीकोटका नागरिक दिक्क भएका छन ।

‘विकासको नाममा केही देखेका छैनौ। तर प्रतिमहिना हेलिकोप्टरमार्फत मुख्यमन्त्री आउनु हुन्थ्यो, आज भोली दुई जना मन्त्री भएपछि त झनै पानीको पधेरो जस्तै भएको छ,’ स्थानीयले भने। रास्कोट नगरपालिका वडा नं २ का नमराज चौलागाईले मन्त्रीद्वयमा अतिवाद हावी भएको वताए ।

पदको चरम दुरुपयोग नै भन्नुपर्छ। वाढी पहिरो, आगलागीमा आउनुभयो, यसमा हामीले पनि राहतको महसुस गरेका थियौ। पछिल्लो समय त आफ्ना पार्टीका वडा भेला, विद्यालयको भवन सिलान्यस देखि श्रद्धाञ्जली सभामा समेत हेलिकोप्टर चार्टर गरी आउदा हामीमात्र होइन, सारा मतदातालाई समेत वाक्क दिक्क भइसकेका छन् ।’ उनले भने ।

मुख्यमन्त्री र मन्त्रीको हेलिकोप्टर मोहका वारेमा प्रतिपक्षले बिरोध गर्नु स्वाभाविक मानिन्छ। तर कालीकोटका मन्त्रीकै पार्टीका कार्यकर्ता समेत दिक्क छन। ‘हामी के भनौं, मन्त्री भएपछि सबै थोक छुट हुने रहेछ,’ एक माओवादी कार्यकर्ताले भने, ‘बिरोध गरौं भने हामीलाई त कार्वाही हुन्छ, त्यसैले मन नपरेपनि ठिक छ भन्दै फुलमाला लिएर पहिराउनुको बिकल्प छैन।

उनले वडा भेलादेखि रास्कोट नगरपालिका वडा नं ४ की आफन्त जनपुरा शाहीको १३ औँ दिने पुण्य तिथिमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री आएको वताए। उनले भने, ‘तपाईहरुले देखिरहनु भएको होला फेसवुकमा फोटा हालिएका छन्।

वडिमालिकाको दर्शनदेखि श्रद्धाञ्जली सभासम्म हेलिकोप्टर चार्टर हुने गरेका छन। गत शनिवार मात्र जिल्लाका पाँच वडा स्थानीय तहको भ्रमण हेलिकोप्टरमार्फत गरिएको थियो। यसको खर्च स्थानीय तहले दिन्छ या मुख्मयन्त्रीको कार्यालय त्यो भने कसैले पनि खुलाउदैनन। स्थानीय तहले हामीले खर्च गरेर ल्याएको भन्छन भने केहीले स्थानीय सरकारको नभएर सबै प्रदेश सरकारको खर्च भएको वताउँछन।

पक्ष बिपक्षमा कार्यकर्ता, मुख्यमन्त्री र मन्त्रीले हेलिकोप्टर चढेर वडा भेलामा गएको विषयमा पक्ष र बिपक्षमा बहसचलिरहेको छ। स्थानीय नागरिकदेखि बिपक्ष दलका समर्थक कार्यकर्ताले राज्यको सम्पती दोहोन गरी संगठन बिस्तारमा लाग्नु पदीय मर्यादा बिपरित भएको भनेर आलोचना गरिरहेका छन।

तर मन्त्री पक्षधर नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेकपा एसका कार्यकर्ताले भने क्षमता हुनेले हेलिकोप्टर चढ्ने भन्दै वचाउ गरिरहेका छन। सत्ता पक्षका कार्यकर्ताले क्षमता भए तिमिहरु चढेर देखाउ भन्दै समाजिक सञ्जाल रंगाएका छन भने प्रतिपक्षले जनताको ठाउँमा ऋणको भारी वोकाएर हेलिकोप्टवाटै आकासको वाटो आउजाउ गर्नेहरुले सर्वहाराको हवला नदिन भनेर आलोचनासंगै बिरोध पनि गरेका छन।

स्थानीय तहको चुनाव नजिकै आएको वेला मुख्यमन्त्री शाही गृहजिल्लामा विभिन्न सरकारी कार्यक्रमको उद्घाटन तथा शिलान्यासमा आउनुले जिल्लावासीलाई चुनाव लागेको अनुभुती भईरहेको छ।

सरकार बचाउन व्यस्त रहेको कर्णाली प्रदेश सरकारले आफ्नो मुख्य प्रथामिकतामा राखेका कामहरु अलपत्र पारेर हेलिकप्टरमा गृह जिल्लाका विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त देखिनुलाई चुनावी अभियानको सुरुवात मान्न सकिन्छ । मुख्यमन्त्री शाहीले वडाका भेलामा गएर चुनाव त सर्छहोला तर तयारी गर्नुपर्ने वेला आएकाले सबै सदस्यता नविरकण कार्यकर्ता वढाउने काममा लाग्न निर्देशनसमेत दिने गरेका छन।

शनिबार मात्र मन्त्री शाहीले गृह जिल्लामा हेलिकप्टर मार्फत आफु सहित कृषिमन्त्री कुर्मराज शाही, सांसद बिन्दमान विष्टसहित एकैदिन ५ वटा कार्यक्रममा सहभागी भएको थिए। रास्कोट ४ को श्रद्धाञ्जली सभा, वडा भेला, तिलागुफामा खेलकुद प्रतियोगिताको उदघाटन, शुभकालिकाको एक लघु जलबिद्युतको उद्घाटनदेखि नरहरीनाथ गाउँपालिकाको लालुमा सडक पुगेको घोषणा गर्नसम्म पुगेका थिए।

प्रतिक्रिया