आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अफगानिस्तानमा छोराछोरी बेच्दै अभिभावक, कारण थाहा पाएपछि विश्व स्तब्ध

प्रकाशित
6.2K
SHARES

एजेन्सी। अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ। जस्तै पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन्।

उनले ५५० डलर चुकाउनु थियो तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन्। उनी भन्छिन् “यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म मेरो बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ।

किनकी मलाई आज राति हामीले के खाने पनि थाहा छैन। छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु। उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो।

उनी भन्छन्, “मसँग पनि त पैसा छैन। र उनीहरुले तिर्न सकिरहेका छैनन्। त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन। गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो।

यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ। पछिल्लो दुई दशक अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो तर राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढेको छ।

यसअघि बाइडेन प्रशासनले तालिबानका श्रोतसाधन सीमित गराउन भनेर देशको झन्डै १० अर्ब डलर बराबर रकम रोक्का गरिदिएका थिए। तर, उनको यस कदमले अफगानीहरुलाई बढी हानी पुग्नेछ भनेर आलोचना पनि गरिएको छ।

यसैगरि, फगानिस्तानको कान्दाहार सहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी मस्जिदमा भएको हमलाको निन्दा गरेको हो।

नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरूको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको विज्ञप्तिमा जनाइएको छ। शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको मस्जिदमा प्रार्थनाका बेलामा भएको विस्फोटमा परी ३२ जनाको ज्यान गएको थियो ।

शुक्रबार अपराह्न एकैपटक तीनवटा विस्फोट हँदा कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अन्य ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ । साथै सो हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ ।

सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

यसैगरि, काबुल ड्रोन हमलाका पीडितलाई अमेरिकाको आर्थिक क्षतिपूर्ति प्रस्ताव: अमेरिकी सरकारले अफगानिस्तानको राजधानी काबुलमा अगस्ट महिनामा भएको ड्रोन हमलामा गल्तीले मारिएका १० जनाका आफन्तलाई आर्थिक क्षतिपूर्तिको प्रस्ताव गरेका छ।

एक जना सहायता एजेन्सी सम्बद्ध कर्मचारी र सात केटाकेटीसहित नौ जना उक्त हमलामा मारिएका थिए। पेन्टागनले परिवारका बाँचेका सदस्यलाई अमेरिकामा पुनर्वास गराउनेबारे काम भइरहेको पनि जनाएको छ।

अमेरिकी फौज अफगानिस्तानबाट हट्नु केही दिन अघि आईएस-के आईएसको अफगान इकाई सम्बद्ध समूहले आक्रमण गरेपछि उक्त हमला भएको थियो। गत महिना अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ मकेन्जीले अमेरिकी गुप्तचर निकायले ती सहायताकर्मीको कारलाई आईएस-के को भएको आशङ्कामा २९ अगस्टका दिन आठ घण्टासम्म पछ्याएको बताएका थिए।

शुरूको अनुसन्धानले उक्त कार आईएस के सम्बद्ध एउटा कम्पाउन्डमा देखिएको थियो। र उक्त कारको गतिविधि आतङ्कवादी समूहको काबुल विमानस्थलमा आक्रमण गर्ने योजनासँग मिल्दोजुल्दो थियो भनेको थियो।

गतिविधि पछ्याइरहेको एउटा ड्रोनले उक्त कारमा मानिसहरूले विस्फोटक पदार्थ लोड गरिरहेको जस्तो देखेको थियो तर पछि अनुसन्धानले त्यो पानीका जारहरू भएको देखायो। जनरल मकेन्जीले उक्त आक्रमणलाई ‘दुखान्तकारी गल्ती’ भनेका थिए।

जमाइरी अहमदी नाम भएका ती सहायताकर्मी विमानस्थलबाट तीन किलोमिटरमा रहेको उनको घरतिर लागेका थिए। आक्रमणका बेला दोस्रो विस्फोट भएको थियो। अमेरिकी अधिकारीहरूले शुरूमा दोस्रो विस्फोटका कारण त्यो कारले विस्फोटक पदार्थ बोकेको प्रमाणित भएको बताएका थिए।

तर अनुसन्धानबाट बाटोमा प्रोपेन ट्याङ्क विस्फोट भएको देखाएको थियो। मारिएकामध्ये अहमद नसेर अमेरिकी सेनाका लागि अनुवादकर्ता थिए। मारिएका अरू पनि अन्तर्राष्ट्रिय संस्थाका लागि काम गरेका र अमेरिका जान प्रवेशाज्ञा साथमा भएकाहरू थिए।

नीतिगत विषयका लागि अमेरिकी रक्षा राज्यमन्त्री कोलिन कहल र अफगानिस्तानमा सक्रिय रहेको सहायता संस्था न्युट्रिशन एन्ड एजुकेशनका अध्यक्ष स्टीभन क्वनबीच भएको छलफलका बेला क्षतिपूर्ति प्रस्ताव गरिएको पेन्टागनले एक विज्ञप्तिमा जनाएको छ।

कहलले अहमदी र मारिएका अरूहरू ‘आईएसके सँग सम्बद्ध नरहेको र निर्दोष पीडित रहेको’ नोट गरेको रक्षा मन्त्रालयले जनाएको छ। रक्षा मन्त्री लोयड अस्टिनले समवेदना रकम दिने प्रतिबद्धता व्यक्त गरेका थिए। अस्टिनले आक्रमणका लागि क्षमा मागेका छन्।

तर अहमदीका २२ वर्षीय भतिजाले त्यतिले मात्र नपुग्ने उनीहरूकहाँ आएर आमने सामने माफी माग्नुपर्ने एएफपी समाचार एजेन्सीलाई बताएका छन्।अमेरिकाले आफ्नो फौज स्वदेश फर्काउने प्रक्रिया थाल्ने बित्तिकै द्रुत गतिमा तालिवानहरू अगाडि बढेर दुई हप्ताभित्रै अफगानिस्तानमाथि नियन्त्रण जमाएका थिए।

त्यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू अफगानिस्तानबाट बाहिरिएका थिए। तीमध्ये विदेशीहरू र विदेशीका लागि काम गरेका अफगान नागरिकहरू थिए।आईएस-केले काबुल विमानस्थलमा आक्रमण गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। आत्मघाती बम विस्फोटका कारण १७० जना सर्वसाधारण र १३ जना अमेरिकी सेनाका मानिसहरू २६ अगस्टका दिन मारिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ