आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपाकी चर्चित नेत्रृ माओवादीमा प्रबेश गर्दै, उपेन्द्र–बाबुरामलाई झट्का लाग्ने संकेत

प्रकाशित
1.3K
SHARES

काठमाडौ। जनता समाजवादी अध्यक्षद्वय यपेन्द्र यादव र बाबुराम भट्टराईलाई झट्का लागेको छ। चर्चित नेतृ नेकपा माओवादीमा प्रबेश गर्न लागेपछि उनीहरुलाई झट्का लागेको हो। पूर्वसांसद एबम् जनता समाजवादी पार्टीकी कार्यकारणी सदस्य सरीता गिरी नेकपा मओवादी केन्द्रमा प्रबेश गर्ने भएकी हुन्।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेकाले माओवादीमा प्रबेश गर्न लागेको संकेत गरेकी हुन्।नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश गर्दा विरोध जनाएर सांसद पद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।

सांसद पद गुमाएपछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्। अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन्। जनयुद्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।

‘जनयुद्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्। गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्। अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नो दायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्, ‘उनी भगौडा जस्तो देखिएका छैनन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी सहितका भूभाग समेटेर नक्सा बनाउँदा गिरी विपक्षमा उभिएकी थिइन्। उनले कालापानी सहितका भूभाग नेपालको हो भन्ने आधार नभएको बताएकी थिइन्। साथै उनले चीनको उक्सावटमा नक्सा समेटेर संविधान संशोधन गर्न खोजेको आरोप लगाएकी थिइन्।

गिरीलाई सांसद पदबाट हटाउन संसद र सडकमा चर्को आवाज उठेको थियो। त्यसपछि उनलाई समाजवादी पार्टी नेपालले सांसद पदबाट हटाएको थियो। गिरी केपी ओलीको कटु आलोचक मानिन्छिन्। एक पटक उनले ओलीका कारण आफ्नो पद गएको आरोप लगाएकी थिइन्। साथै उने सांसद पद बचाउन अदालतको समेत सहारा लिएकी थिइन्।

जुन उनको प्रयास असफल भएको थियो। प्रचण्डको समर्थनमा बोल्न थालेपछि उनी माओवादी केन्द्र प्रवेश गर्न लागेको चर्चा शुरु भएको छ। पार्टी विहिन भएकी गिरी माओवादी प्रवेश गर्न सक्ने धेरैको अनुमान छ। तर यस विषयमा प्रष्ट भने भैसकेको छैन।

यसैगरि, साइकलकाण्डपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अर्को काण्ड बाहिरिएको छ। यसपालि संघ सरकारले सांसदलाई दशैं भत्ता दिएन। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई दशैं भत्ता दिने निर्णय गराएनन्।

करोडौं रुपैयाँ दशैँ भत्ताका रुपमा जोगिएर राज्यको ढुकुटी देउवाले जोगाए। अनावश्यक खर्च कटौती गरे । यसरी केन्द्रमा देउवाले रोक्दा रोक्दै प्रदेश २ मा भने जसपाका मुख्यमन्त्री लालबाबु राउतले लुट मच्चाएका छन्। रोक्ने त कहाँ हो कहाँ सुरु लिन्न भन्ने आफ्नो प्रतिबद्धता र नैतिकता विपरीत दशैं भत्ताका नाममा पैसाको बिटो बुझेका छन्।

गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका मुख्यमन्त्री राउतसहित प्रदेश सांसदहरूले फिर्ता त कहाँ हो कहाँ उल्टै यसपालिको पनि बुझेका छन्।

कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब, मजदुरहरूको आयआर्जनका माध्यमहरू बन्द रहेको अवस्थामा सांसदहरूले दशैँ भत्ता बुझेपछि चौतर्फी आलोचना भए पनि प्रदेशसभाका नेपाली कांग्रेस, तत्कालीन जनता समाजवादी पार्टी, तत्कालीन नेकपाले विज्ञप्ति नै जारी गरेर बुझेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए । तर, अर्को दशैँ आइसक्दा पनि सांसदहरूले दशैँ भत्ता फिर्ता गरेका छैनन्।

पार्टीले दशैँ भत्ता फिर्ता गर्न निर्देशन नै दिएपछि यी पार्टीका प्रदेश संसदीय दलका बैठकले फिर्ता गर्ने लिखित रूपमा निर्णय नै गरेर प्रेस विज्ञप्ति पनि जारी गरेका थिए। तर, अहिलेसम्म कुनै पनि सांसदले दशैँ भत्ता फिर्ता नगरेको लेखा शाखाले जनाएको छ।

सांसदहरूले सस्तो लोकप्रियताका लागि दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरे पनि खातामा गइसकेको पैसा फिर्ता गर्न कुनै पनि सांसदले प्रदेशसभा सचिवालयमा पत्र नपठाएको प्रदेशसभा सचिव रंजित यादवले बताए । ‘दशैँ भत्ताको पैसा फिर्ता गर्नु भनेर कुनै पनि सांसदले सचिवालयलाई पत्र पठाएको छैन’, सचिव यादवले भने, ‘बाहिर कसले कुन विज्ञप्ति निकाल्यो, त्यसलाई हामीले मान्ने होइन।

हामीलाई लिखित जानकारी आएपछि मान्ने हो। यसबीच संघीय सांसदको दशैँ भत्ता रोकिए पनि विगतका वर्ष जस्तै यस वर्ष पनि प्रदेश २ का सांसदहरूले दशैँ भत्ता बुझेका छन्। मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरूले पनि दशैँ भत्ता बुझेका हुन्।

प्रदेश २ का सांसदहरूले एक महिनाको पारिश्रमिक बराबर दशैँ भत्ता पाएका छन्। प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूलाई दशैँ भत्ता उपलब्ध गराइएको छ।

प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले ऐनमा भएको व्यवस्थाअनुसार पदाधिकारी र सांसदहरूलाई दशैँ भत्ताबापत ५५ लाख रुपैयाँ निकासा भइसकेको बताए। लिखित रूपमै दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नै नगरी थप दशैँ भत्ता लिएकामा सांसदहरूको नैतिकतामा प्रश्न उठेको जनकपुरमा युवा नेता जानी खान मधेसीले बताए।

या त सांसदहरूले फिर्ता गर्दिनँ भन्नु पर्थ्यो वा लिखित रूपमै फिर्ता गर्ने घोषणा गरेपछि फिर्ता गर्नुपर्थ्यो’, उनले भने, ‘फिर्ता गर्नु त परको कुरा, बरु उनीहरूले यस सालमा दशैँ भत्ता बुझेका छन्।

प्रतिक्रिया