आज : गते

ताजा शिर्षकहरु

महिला भएकै कारण सीडीओलाई आर्मीले पुजा गर्न दिएन्, गोली हान्ने र अपहरण गर्ने धम्की

प्रकाशित
5.5K
SHARES

काठमाडौ। बडादशैंको नवमीका दिन सेनाले भगवतीको पूजा गरी बलि चढाउने गर्छ। यसलाई सुरक्षा निकायमा मौलो पूजा भनिन्छ। हरेक जिल्लामा यो पूजाको आरम्भ प्रमुख जिल्ला अधिकारीले फूलपाती चढाएर गर्ने परम्परा छ।

सीडीओ भएकीले मलाई पनि आर्मीको ब्यारेकमा हुने मौलो पूजामा बोलाए। तर, महिलाले पूजा गर्न हुन्छ कि हुँदैन भनेर ठूलो विवाद नै भयो। अन्तिममा महिलाले मौलो पूजा गर्न हुँदैन भनेर रोके,” केसी भन्छिन्, “महिला सीडीओ भएकै कारण मलाई मौलो पूजा गर्न दिइएन।

उनले त्यहाँ प्रतिवाद पनि गरेकी थिइन्। सेनाको ब्यारेकमा ठूलै चर्काचर्की पनि भयो। “ज्यानको बाजी थापेर पनि जिल्लाबासीको सुरक्षाका लागि अनेक जोखिम मोलें। गोली हान्ने र अपहरण गर्ने धम्कीसँग पनि डराइनँ,” उनी त्यो साँझ सम्झिन्छिन्, “तर, धर्मको नाममा अन्धविश्वास मान्नेहरूले महिला भएकै कारण विभेद गरे।”

दशैं लगायत थुप्रै चाडपर्वमा महिलालाई विभेद गर्ने, दबाउने गरिएको उनी बताउँछिन्। अझ तराई–मधेशमा घुम्टो पनि उघार्न नदिई पर्वहरू मनाउन लगाउने गरिन्छ। त्यो अझै पनि कायम छ। “कसैले भनून् वा नभनून्, महिलाले त्यस वेला आत्मसम्मान गुमाएका हुन्छन्,” उनी भन्छिन्, “अझ दशैं त दुर्गा भवानीको पूजा गर्ने पर्व हो।

तर महिलालाई भने अझै पनि अपमान र घृणा गरिन्छ।”कुनै पनि चाडपर्वले ल्याउने खुशीमा महिला-पुरुष वा तेस्रोलिङ्गी समान रूपले भागीदार हुन पाउनुपर्ने उनी बताउँछिन्। धर्मका नाममा अन्धविश्वासमा रमाउन नहुने उनको भनाइ छ।

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ: जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ।

प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरमा रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ।

त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ। राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ।

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको उनले बताए। तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्छन्, ‘विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।

दसैंमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेर बदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ ।घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिर भित्र प्रवेश निषेध गरिए पनि त्यसपछि उनीहरुका लागि पनि खुला हुने महन्थ गिरीले बताए।

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन्। यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन्।

महिला अधिकारकर्मी तथा महिला पुनस्र्थापना केन्द्र धनुषाकी संयोजक रोजलिन बछार भन्छन्, ‘यो कस्तो धर्म संस्कृति, जहाँ शक्ति स्वरुपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा बन्देज र दुव्र्यवहार, यस्ता परम्परामा सुधार हुनैपर्छ।’

केही स्थानीयवासी परापूर्वकालदेखि चल्दै आएको परम्परालाई अनादर गर्नु उचित होइन भन्छन्। नगराईन नगरपालिका घोडघासका मिथिलेश झा भन्छन्, ‘परम्परा र चलिआएको धार्मिक मान्यतालाई चुनौती दिनुको कुनै अर्थ छैन।’ देवी देवताको पूजा मनको आस्थाले हुन्छ । मन्दिरभित्र नै प्रवेश गरेर मात्र पूजा गर्नैपर्छ भन्ने कुनै आवश्यकता नभएको उनको भनाइ छ।

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि बडा दशैंमा महिलालाई प्रवेश निषेध छ। जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन र पूजा गर्न पाउँछन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ