आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिटिजन्स बैंक माओवादीले लुटेको चर्चा, के भन्छ प्रहरी ?

प्रकाशित
1.1K
SHARES

काठमाडौ।  मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा माओवादीको नाम जोडिएको छ। जनयुद्धमा यहि तरिकाले बैंक लुटिएको भन्दै धेरैले सामाजिक संजालमा माओवादीमाथि अनुसन्धान गर्न दवाव दिएका छन्।

लुटपाटमा एक नेपालीसहित ८ जनाको संलग्नता छ। जसमध्ये ७ जना भारतीय नागरिक हुन्। बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको छ । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी पुगेको छ।

आइतबार राती ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन्। लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरुले एकअर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन्।

सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो। तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ।

लुटपाट भएको रकम भेटिएको छैन। प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

८ जनाको लुटेरा समूह बैंक भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो ।

एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्को गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

प्रहरी उपरीक्षक जिसीले ७–८ जनाको समूहले योजनावद्ध रुपमा लुटपाट गरेको बताए। लुटपाटको घटनाको मुख्य योजनाकार महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन्। पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली नचलाएको बताउँदै प्रहरी उपरीक्षक जिसीले भने, ‘अनुसन्धानका क्रममा लुटेरा समूहका सदस्यलाई आफ्नै समूहले चलाएको गोली लागेको देखिएको छ ।’ यसअघि लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको भनिएको थियो ।

उनीहरुले लुटपाटमा प्रयोग गरेको पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ । तर सो समूहका अन्य व्यक्ति र लुटिएको रकम भने भेटिएको छैन । फरार भएका व्यक्ति भारतीय नागरिक भएकाले भारत नै भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको र भारतीय पक्षसँग समन्वय गरेर फरार व्यक्तिहरुको खोजी गरिरहेको बताए ।

लुटेर समूहको गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कुँवरको उपचारमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले चासो देखाएका छन् । लुटपाट गर्ने समूहलाई रोक्ने क्रममा गोली लागेर घाइते भएका कुँवरको स्वास्थ्य अवस्थाबारे दाहाल अस्पतालमा पुगेर बुझेका थिए ।

सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

यसैगरि , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा माओवादी केन्द्रलाई १ नम्बर पार्टी बनाउछु भनेका थिए। त्यस्तो भन्दैं भाषण गरेको केही दिन नबित्दैं खुमलटारबाट आगामी चुनावको आक्रामक रणनीति बाहिरिएको हो।

विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन्। उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन्।

प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन्। वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म बढीभन्दा बढी जिम्मेवारी थपेर पार्टी सदस्यता बढाउने रणनीति बनाएका छन्।

प्रचण्डले पहिले संगठन विस्तार गर्दै लाने र अन्य शक्तिसँग पनि एकता वा चुनावी गठबन्धनको पहल थालिसकेका छन् । उनले विचार मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सारिसकेका छन्।

एमालेबाट फुटेको नेकपा एससँग नेकपा माओवादी केन्द्रको एकता हुने सम्भावना छ। पूर्वमाओवादीसँग पनि प्रचण्डले एक ठाउँमा आउने गरी कुरा चलाइसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, गोपाल किराँतीलगायतलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयासबारे खुलासा भइसकेको छ।

प्रचण्डले चाहेको जस्तो मन मिल्ने कम्युनिस्ट शक्तिसँग एकता भएमा उनलाई चुनावमा बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरुको स्थिति बलियो हुने निश्चित छ। त्यसमाथि पनि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एस साथमा आउँदा प्रचण्डको पल्लाभारी हुनसक्छ।

सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयसहित रहेकाले पनि माओवादीलाई लाभ पुग्न सक्छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय पाएको छ। शक्ति सञ्चयका लागि यी मन्त्रालय महत्वपूर्ण सावित हुन सक्छन्।

३१ लाख पार्टी सदस्यता बनाउने, विचार र उद्देश्य मिल्ने शक्तिहरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढेका प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन्। अहिले झट्ट हेर्दा प्रचण्ड कमजोर देखिएका छन् । तर, उनले शक्ति सञ्चय गर्दै बढेका छन्। यसले उनको महत्वाकांक्षी योजनामा साथ दिइरहेको छ।

प्रतिक्रिया