आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली सेनाका मेजरले ‘जोसमा होस्’ गुमाउँदा प्रधानसेनापति तनावमा

प्रकाशित
759
SHARES

काठमाडौ। नेपाली सेनाभित्र अनुशासन उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन्। बहुप्रतिष्ठित र जनआस्थाको धरोहर नेपाली सेनामा केही कर्मचारीहरुको गैरनैतिक चरित्रदेखाएर अनुशासन उल्लङ्घन गरेको सार्वजनिक भएको छ। उनीहरुको यस्ताखालका हर्कदले नेपाली सेनाको बदनामी भएको छ।

सेनामा हदभन्दा बढी गर्ने नहुने कार्यहरु बाहिरिन थालेपछि उनीहरुको नैतिकतामाथि प्रश्नसमेत उठेको छ। सुरक्षा निकायमध्येको प्रमुख अंग नेपाली सेनामा अनुशासन कडा रहेको प्रष्ट छ। तर,अहिले नेपाली सेनाका एक जना मेजरको शरीरभरि टाटु खोपिएको फोटो सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार यसलाई सेनाभित्र अनुशासन उल्लंघनका रुपमा अन्य फौजका अफिसरले लिने गरेको पाइन्छ। सैनिक स्रोतका अनुसार नेपाली सेनामा जागिर खाने कसैले पनि शरीरको कुनै पनि भागमा टाटु खोप्न नपाईने भएपनि मेजर राजनसिंह अधिकारीले त्यो निमय मिचेका हुन्।

उनले शरिरभरी टाटु नै टाटु हानेको एउटा तस्वीर भाइरल भएको छ। उनीमात्र होइन् महिला अधिकृतले समेत टाटु बनाउन थालेको स्रोत बताउछ। यो विषयले नेपाली सेनाको गरिमा माथि धक्का लागेको छ। भर्खरै प्रधानसेनापति भएका पर्शुराम शर्मालाई समेत यो विषयले झस्काएको छ।

उनीमाथि यस्ता अफिसरहरुलाई कारवाही गरेर सेनालाई सुदृढ बनाउन चुनौति थपिएको छ। भारतबाट न्याश्नल डिफेन्स कोर्स गरेका शर्मा अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेको अनुभव छ। नेपाल–भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएकाले पनि यस्तै शैनिकलाई तह लगाउन सक्षम छन्।

युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए। राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका छन्।

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठहरूको दर्शन: राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरूको पूजा अर्चना गरेकी छन् । बुधवार अपराह्न ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा पूजा आराधना गरेकी हुन् । उनले काठमाडौँ उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, सङ्कटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीको दर्शन गरेकी छन् ।

नेपालीहरूको महान् चाड विजया दशमी (बडा दसैँ) को आठौँ (महाष्टमी) दिन बिहान काभ्रेपलान्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गरेका थिइन् । महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रिको पूजा गर्ने चलन छ ।

एसियाकै ठूलो त्रिशूल भएको पाल्पा भैरवमा दर्शनार्थी बढे: यहाँका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूल रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।

कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ ।

महाअस्टमीको दिनमात्रै झण्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउछन्। उनका अनुसार अघिल्ला वर्षको तथ्याङ्क त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।

नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गतवर्ष र यो वर्ष भने बिगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिती न्युन भएपनि अहिले पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ”, उनले भने ।

यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसैँ पर्वमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दशैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्लाई चढाउने चलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउछन्, दर्शनार्थी सुदीप खनाल । “नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँको बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ”, उनले भने ।

यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्दछन् ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् ।

प्रतिक्रिया