आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दशैँको मुखैमा नेपालीहरुका लागि आयो यस्तो दुखद खबर, अब के गर्ला देउवा सरकार

प्रकाशित
397
SHARES

काठमाडौ। नेपालीहरुका लागि अर्लो दुखद खबर आएको छ। कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुना झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्। प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।

के डेल्टा भेरिअन्ट बढी जोखिमपूर्ण हो ? ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोनाभाइरसको अन्य कुनै भेरिअन्ट हो भन्ने यथेष्ट प्रमाण छैन। भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ।

तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड-१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ। खोपहरूले कोभिड-१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरिअन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्। खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।

चीनमा हालसम्म एक अर्ब ६० करोड मात्रा खोप वितरण भएको त्यहाँका अधिकारीहरूले बताउँछन् तर कति चिनियाँ नागरिकले दुवै मात्रा खोप लगाए भन्ने प्रस्ट छैन। भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।

कस्तो छ भेरिअन्टहरूको असर? कोरोनाभाइरसका सबै ‘चिन्ताका भेरिअन्ट’हरूको परिवर्तन बाहिरी सतहमा हुने प्रोटिनको बनोटमा देखिएको छ जुन सङ्क्रमणको बेला मानव कोशिकासँग जोडिन्छ। तीमध्ये डेल्टा भेरिअन्टमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। जस्तै: L452R एउटा यस्तो परिवर्तन हो जसले भाइरसलाई सहजै फैलने बनाउन सक्छ।

तर यसले सङ्क्रमितलाई गम्भीर रोगी बनाउँछ वा वर्तमान खोपहरूलाई कम प्रभावकारी बनाउन सक्छ भन्ने कुराको कुनै प्रमाण नभएको यूकेका अधिकारीहरूले बताएका छन्। अल्फा, गामा र बीटा भेरिअन्टबाट उत्परिवर्तन भएको N501Y ले भाइरसलाई फैलन र कोशिकामा सङ्क्रमण गर्न बढी सघाउँछ।

बीटा र गामाको प्रमुख उत्परिवर्तन E484K ले भाइरसलाई मानिसको शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गतका केही सुरक्षा संयन्त्र छल्न सहयोग पुर्‍याउन सक्छ। विज्ञहरूले अल्फा भेरिअन्टको सानो सङ्ख्यामा पनि यस्ता परिवर्तन भेटेका छन्।

हाल प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध राम्रोसँग काम नगर्न सक्छ। विज्ञहरूले भने ती खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ।

सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो। चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्।

भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्। यूके सरकारले बायोफार्मास्यूटिकल कम्पनी क्योरभ्याकसँग भावी भेरिअन्टविरुद्ध खोपको विकास गर्ने सम्झौता र पाँच करोड मात्राको अग्रिम माग गरेको छ।

यी खोपहरू भेरिअन्टहरू कसरी विकास हुन्छन् भन्ने अवस्था हेरेर वृद्धवृद्धा र जोखिममा रहेका समूहलाई उपलब्ध गराउन सकिने बताइएको छ। अहिले युरोप कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ । कैयौं देशका सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्किन भनेका छन् । भाइरस फैलिनबाट रोक्न प्रतिबन्ध लगाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ, जहाँ अधिकारीहरु यो भाइरसका बढ्दो संक्रमण रोक्न आम जनजीवनमा प्रतिबन्ध लगाइरहेका छैनन् ।

कोरोना महामारीसँग जुध्नको लागि बेलारुस आफ्ना निकट छिमेकी युरोपेली देश युक्रेन र रुसले जस्तै कडा कदम उठाइरहेको छैन । युक्रेनले छिटै कोरोनाभाइरस रोक्नको लागि संकटकाल घोषणा गर्न सक्छ । रुसले पनि स्कुलहरु बन्द गरेको छ । सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र देशमा आउने र जाने सबै उडानहरुलाई रद्द गरेको छ ।

तर, बेलारुसमा सबै कुरा सामान्य दिनमा झैं चलिरहेका छन् । देशका सीमाहरु पहिलेजस्तै खुला छन् मानिसहरु काममा गइरहेका छन् र जरुरी सामान किन्नको लागि पसलतर्फ दौडिइरहेका छैनन् ।

प्रतिक्रिया