आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि एमाले फुट्दै, घनश्याम भुषालले बनाएको गोप्य योजना बालकोट पुग्यो

प्रकाशित
517
SHARES

काठमाडौ। नेकपा एमाले दोश्रो पटक फुट्ने भएको छ। लामो समयको विवाद पछि फेरी तंग्रिन लागेको नेकपा एमालेमा नेताहरुको व्यवस्थापन गर्न नसक्दा दोश्रो पुस्ताका नेताहरुले फुटाउने भएका हुन्। त्यसका लागि अदृश्य शक्तिपनि लागि परेको छ।

अघिल्लो पटक माधव कुमार नेपाललाई प्रयोग गर्दा भने जस्तो गरि एमाले फुटाउँन नसकेर छट्पटिएका शक्तीहरुले यस पटक घनश्याम भुषाललाई प्रयोग गरेर एमाले फुटाटँने षड्यन्त्र सुरु भएको एमालेजनको बुझाइ रहेको छ।

माधव नेपालसँग लामो समयसँगै रहेका घनश्याम भुषाल, भिम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका दसभाई नेताहरु अन्तिममा एमाले विभाजनबाट व्याक भएका थिए र एमालेमै बसेका थिए। अहिले दस भाई भन्ने ब्राण्ड नै भएको छ।

एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशनले एमाले अध्यक्ष केपी ओलीलाई झनै शक्तिशाली बनाएको र अब एमाले थप एकतावद्ध बनेर आउँने र देशव्यापी रुपमा एमालेकै लहर चल्ने निष्कर्ष निकालेर एमालेलाई फेरी कसरी फुटाउने भनेर खाका बनाउँन थालिएका बताइन्छ।

विधान महाधिवेशनमा चुइक्क बोल्न नसकेका एमाले उपमहासचिव घनश्याम भुषाल महाधिवेन सकिना साथ जबजको सान्दर्भिकता सकिएको भन्दै मंसिरमा हुने एमाले महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गर्ने भन्दै हिँडेका छन्।

विधान महाधिवेशाले एमालेले आगामी पाँच बर्ष तय गर्ने बाटो तय गरिसकेको छ। अब हुने महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने छ। जसको नीती उसको नेतृत्वको वकालत गरेर नथाक्ने भुषालहरुले फेरी ओलीको नीतिमा एमाले अघि बढ्दा चुनौती दिन थालेका छन्।

एमाले अध्यक्षका दावेदार मानिएका महासचिव इश्वर पोखरेले अध्यक्ष ओलीलाई अप्ठेरो पर्ने गरि आफूले कुनै पदमा पनि उमेदवारी नदिने प्रष्ट पारीसकेका छन्। यो बेला देश नै एक तिर ओली र अर्को तिर अरु जस्तो भएको बेलामा नेतृत्वलाई अप्ठेरो नपार्ने पोखरेलले बताएका छन्।

अहिले सम्म ओली सँग चुनाव लड्छु भन्ने आँट कसैले गर्न नसकेको अवस्थामा पार्टी विभाजन बाट माथी उठिरहेको बेलामा ओली माथी मात्रै होइन एमालेको मार्गदर्शक सिद्धान्त जबज माथीनै चुनौती दिने साहस भुषालले कसरी गरिरहेका छन् भन्ने प्रश्न एमालेजनले गरिरहेका छन्।

एमाले ओलीकै नेतृत्वमा अझ एकतावद्ध भएर अघि बढ्ने भए पछि भुषालहरुलाई प्रयोग गरेर चुनाव अघिनै एमाले फुटाउँने चलखेल भइरहेको कतिपयको विश्लेषण रहेको छ।

उल्टियो देशको राजनीति, बावुराम र गगन थापा पनि राजावादी भएको पोल खुल्यो: राजनीतिक दलभित्र विवेकशील कार्यकर्ता भन्दा पनि एनिमल्स फर्मको रुपमा भेँडा जमात जम्मा गरिएको छ । भेँडाहरूलाई जसरी गोठालाले नियन्त्रण गर्दछ । त्यसैगरी नेतृत्वले नियन्त्रण गर्ने गरेको छ ।

यो भन्दा भेँडाहरूलाई तितो लाग्नसक्छ । नेकपा विभाजनपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने क्रममा गणतन्त्रका महिसा बन्ने होड चलेको छ । कुनै समय भारतमा बसेर नेपालमा भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध गर्ने घोषणाका साथ भेँडाहरूलाई बंकर खन्न लगाएका प्रचण्ड राष्ट्रवादीसँग कार्यगत एकताको नारा दिएर चोर ढोकाबाट दरबार पस्न खोजेका थिए ।

तर दरबारको इन्डो पश्चिमी केन्द्रले उनलाई छिर्न नदिएपछि चुनवाङ बैठकमार्फत् लोकतान्त्रिक गणतन्त्रको नारा लिएर दिल्ली पुगे । तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पाँच दलको आन्दोलनबाट हात झिकेर प्रतिगमन आधा सच्चिएको भन्दै देउवा सरकारमा सामेल मात्रै भएनन् । आफ्नै आमाको क्रिया नगरी दरबारले मागेको प्रधानमन्त्रीको निवेदनमा दरखास्त हाल्न पुगे ।

अर्का गणतन्त्रका मसिहा हुँ भन्ने डा. बाबुराम भट्टराईले गणतन्त्र घोषणा पूर्व कान्तिपुर टेलिभिजनको स्व. इन्द्र लोहनीलाई दिएको बहस कार्यक्रममा साँस्कृतिक राजा राख्न सकिने घोषणा गरे । यी सबै घटनाक्रमहरू रेकर्डमा रहेका छन् । तर, भेँडाहरू यिनैलाई महान गणतन्त्रवादी भन्दै हिँडिरहेका छन् ।

राजा महेन्द्रको पूर्व भ्रमणमा ओखलढुंगा पुग्दा रुखमा राम्रो गरी गीत र मादल बजाएको केटाबाट प्रभावित भएर नारायणहिटी ल्याए र उनको नाम रुकमाङगद कटवाल राखिदिए । नेपाली सेनाको कर्णेलबाटै अवकाश हुन लागेका उनलाई रत्नराज्यलक्ष्मी देवी शाहको निर्देशनमा उमेर सच्याएर बढुवा गरिएको कुरा विवेक शाहले ‘मैले देखेको दरबार’मा लेखेका छन् ।

उनै कटवाल सेनापति हुँदा बेबी किङको एजेन्डा बनेकोर अमेरिकी योजनामा राजालाई गलाउन कम्मर कसेर लागे । अन्ततः आफ्नो आत्मकतथा पुस्तक प्रकाशन गर्दै लाजै नमानी गणतन्त्र मैले ल्याएको हुँ भनेर लेखे । यतिमात्र कहाँ हो र ? पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई जस्ताले पनि आफूले भारतमा माक्र्सवादी पार्टीसँग कुरा गरेर चीनलाई मिलाएर गणतन्त्र ल्याएको हुँ भनेर अन्तर्वार्ता नै दिए ।

यस प्रकारका गणतन्त्रवादीहरू अहिले भेँडाजस्तै गल्ली गल्लीमा छन् अर्कोतर्फ महाराजको जय होस् भन्दै राजतन्त्रको चर्को वकालत गर्ने तत्कालिन प्रधानसेनापति प्यारजङ थापादेखि राजाको प्रत्यक्ष शासन कालका गृहमन्त्री कमल थापा र स्वयं राजदरबारका राजा ज्ञानेन्द्रका सचिव र कारिन्दाहरू राजतन्त्रको व्यानरका गणतन्त्रवादी थिए ।

तर भेँडाहरू तिनैलाई राजावादी भन्दै हिँडिरहेका छन् । २०७२ को गणतान्त्रिक संविधानलाई संसारको उत्कृष्ट संविधान भन्ने कमल थापा, गणतन्त्र मैले ल्याएँ भन्ने रुकमाङगद कटवाल कर्णाली मुक्ति मोर्चा खोलेर सिआइएको काम गर्ने नेपाल एकीकरणमा आफ्नो राज्य गुमेको बदला लिन हिँडेका पात्रदेखि माओवादीलाई १४ अर्ब युरोपियन चर्चको सहयोग जुटाउने म नै हुँ भन्दै अन्तर्वार्ता दिइरहेका स्वयं माओवादीद्वारा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य बनाइएका चर्च मण्डलीका अध्यक्ष केबी रोकायदेखि २५ समूह राजावादी आवरणका गणतन्त्रवादीहरू हुन् ।

२०६४ सालमा गिरिजाप्रसाद कोइरालाले कोइराला निवास बिराटनगरबाट मदन भण्डारी, गगन थापा र नरहरि आचार्य दरबारिया हुन् भनेको रेकर्डमा छ । त्यसैगरी सैनिक जनरल कुमार फुदुङ, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओली पनि माओवादी र गणतन्त्रवादी हिजो यिनीहरू नै कट्टर राजावादी । कोमल ओली, बृजेशकुमार गुप्ता, हृदयेश त्रिपाठी मधेशवादी आवरणमा राजावादी, गणतन्त्रवादी । तर भेँडाहरू आफ्नो विवेकभन्दा गोठालाको निर्देशनमा व्यर्थको बहस गरिरहेका छन् ।

सत्य तीतो हुन्छ र तीतो यथार्थ हुन्छ । ०६१/०६२ मा नेपालका लागि भारतीय राजदूत रहेका पूर्व भारतीय विदेश सचिव श्यामशरणले आफ्नो पुस्तकमा गणतन्त्रका लागि नेपालको सेनालाई आफूले दबाव दिएर कन्भिन्स गरेको खुलासा गरे । अर्कोतर्फ अमेरिकी योजनाको बेबिकिङ सेनाको तर्फबाट तत्कालिन प्रधानसेनापति कटवालले बोकेको प्रस्ताव र अर्कोतर्फ बाबुराम भट्टराईमार्फत् भारतीय खुफिया एजेन्सी रअद्वारा प्रस्तावित बोल्न लगाइएको साँस्कृतिक राजा शानदार रुपमा राजा ज्ञानेन्द्रले अस्वीकार गरेका थिए ।

यसको इतिहासले अवश्य पनि मूल्यांकन गर्नेछ । यसकारण गणतन्त्र सेनाले नै ल्याएको हो। बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओलीले गणतन्त्रको नारा दिनेहरूलाई व्यङ्ग्य गरेका थिए जुन कुरा रेकर्डमा छ । यतिबेला तिनै ओली नारायणहिटी अगाडि आमसभा गरेर गणतन्त्रको मसिहा बन्न खोज्दैछन्। जेलमा बसेर जेलका राजनीतिक कर्मीहरूको गतिविधिको सूचना तत्कालिन पञ्चायती सरकारलाई बुझाउने ओली पनि अहिले ठूला गणतन्त्रवादी बनेका छन्।

साँस्कृतिक राजा राख्न सकिन्छ भन्ने बाबुराम, दरबारले नपत्याएपछि दिल्ली पुगेका नन्दप्रसाद अधिकारीको लास जलाउन नसक्ने, पशुपतिको पुजारी हटाउन नसक्ने प्रचण्ड, दरबारमा निवेदन हाल्ने माधव नेपाल, पहिलो राष्ट्रपतिको आशा राखेका गिरिजा यी कोही पनि गणतन्त्रवादी होइनन् ।

नरपशुको रुपमा परिणत भएका भेँडाहरूले एक पटक विवेक प्रयोग गरेर समिक्षा गर। गणतन्त्र दरबार हत्याको जिम्मा हाम्रो होइन भन्ने तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबरा, गणतन्त्र मैले ल्याएँ भनेर पुस्तक लेख्ने रुकमाङगद कटवाल हुन् वा श्याशरण र भारतको दबावमा सरकार छोडिबक्स्योस् भन्ने तत्कालिन प्रधानसेनापति प्यारजङ थापा पनि निमित्त पात्र मात्रै हुन्।

गणतन्त्र अफगानिस्तान र कम्बोडियामा जसरी सेनाले बेइमानी गरेपछि अमेरिकी योजनामा आएको थियो। नेपालमा त्यसैगरी सेनाले बेइमानी गरेपछि भारत र अमेरिकी योजनामा आयो। अहिले इन्डो अमेरिकी रणनीतिमा राजतन्त्र पुनस्र्थापना सम्भव छैन। किनभने चीनको उपस्थिति पछिल्लो चरणमा अत्यन्त सशक्त बनेर गएको छ।

नेपालको पछिल्लो इतिहासमै लोकप्रिय रहेका राजा वीरेन्द्रलाई पनि चीनले कम्बोडिया या लाओसको मोडलमा जान सुझाएको थियो । त्यो भन्दा पहिला नै देशी विदेशी षड्यन्त्रद्वारा विरेन्द्रको वंश विनाश गरियो । यो अवस्थामा राजाको स्पेश राजनीतिक रुपमा सेफल्यान्डिङका लागि नरोद्दम सिंहानुक या लाओस्को मोडलभन्दा बाहिर सम्भव नै छैन।

अहिले राजतन्त्रको पुनस्र्थापनाका कुरा गर्ने गणतान्त्रिक संविधानको सपथ खाएका मण्डलेहरू हुन् या सडकमा हसिँया हथौडा र सूर्यको झण्डा बोकेर लाल ताण्डव देखाइरहेका राता मण्डलेहरू एउटै हुन्। हो, अहिले जसले राजा फाले उनीहरूलाई राजाको आवश्यकता पर्नसक्छ। तर त्यो इन्डो अमेरिकी योजनामा सम्भव छैन भन्ने कुरा भर्खरै बर्मामा चीनको सहयोगमा भएको सैनिक कारबाहीबाट पनि पाठ सिक्दा हुनेछ।

प्रतिक्रिया