आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ सेनालाई भारतीय सेनाप्रमुखको चेतावनी, मोदीको सातो जानेगरी चिनले थाल्यो यस्तो तयारी

प्रकाशित
1K
SHARES

काठमाडौ। भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी’ लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्। चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा लाइन अफ एक्चुअल कन्ट्रोलमा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेकोमा भारतीय सेनाले यसको विरोध गरेको हो।

चिनियाँ सेना त्यस क्षेत्रबाट नहटेमा आफूहरु पनि त्यहीँ बस्ने नरावणेको चेतावनी थियो। यदी उनीहरु त्यहीँ बस्ने भए भने हामी पनि त्यहीँ बस्नेछौ’ नरावणेले भनेका छन्। एलएसीमा चिनियाँ सेनाको उपस्थितिले पाकिस्तानी सीमा क्षेत्रको जस्तै अवस्था सिर्जना हुने नरावणेले बताएका थिए।

साथै आफूहरुले चिनियाँ सेनाको त्यस क्षेत्रको गतिविधिमाथि चनाखो भएर निगरानी गर्ने समेत उनले बताए। गत वर्षको जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच गलवान उपत्याकामा भीडन्त भएपछि सीमा क्षेत्र बन्द गरिएको छ। भीडन्तको क्रममा २० जना भारतीय सैनिक मारिएका थिए।

गत साता अरुणाञ्चल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिकहरु आमने-सामने भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार २ सय चिनियाँ सेनाहरु तिब्बतको बाटो हुँदै भारततर्फ प्रवेश गरेका थिए। र उनीहरुमध्ये केही भारतको नियन्त्रणमा छन्।

चिनले एक्सन लिनसक्ने तनावमा मोदि: भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न अस्ति आइतवार भएको भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन भएको छ।

चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ। अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ्ग बल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ।

यो वार्तापछि दुई देशका सेनाको तर्फबाट विज्ञप्ति जारी गरिएको छ। भारतले स्थितिको गलत आकलन गर्नुको साटो वार्तालाई लक्ष्यसम्म पुर्याउनुपर्ने बताएको छ। भारतीय सेनाले भने चीनसँच रचनात्मक सल्लाह राखिएको तर ऊ मान्नका लागि तयार नभएको बताएको छ।

भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– चिनियाँ पक्षसँग भारतले विवाद समाधानका लागि रचनात्मक सल्लाह दियो तर चीन सहमत भएन । चीनले भने भारतले पूरै मामिलामा अनुचित र अवास्तविक माग राखेको विज्ञप्तिमा जनाएको छ।

भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द रनवणेले गएको हप्ता चीनले एलएसी नजिक ठूला पूर्वाधारहरू बनाइरहेको र त्यहाँका सेना दोस्रो हिउँदमा पनि पछि नहट्ने सोचिरहेको आफूलाई लागिरहेको बताउनुभएको थियो। जनरल नरवणेले यदि चीन पछि नहटे भारत पनि पछि नहट्ने बताउनुभएको थियो।

चीनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भारतले अनुचित र अवास्तविक माग उठाइरहेको र अवस्था झन् कठिन बनिरहेको देखिएको उल्लेख छ। चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको छ।

चीनको पिपुल्स लिबरेशन आर्मी ९पीएलए० वेस्टर्न थिएटर कमान्डका प्रवक्ता सिनियर कर्णेल लङ्ग शाहोआका अनुसार दुई देशबीचको यो वार्ता मोल्दो–चुशूल मिटिङ प्वाइन्टमा चिनियाँ क्षेत्रमा भएको हो।

यसैगरि , चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन्। राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनस्एकीकरणको मार्ग पछ्याउने बताएका हुन्।

चीनको पुनस्एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो। आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दुस्खद अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने।

राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए। तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ। सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे।

ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन’, सीले भने, ‘चीनको पुनरएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ।

प्रतिक्रिया