आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपा अध्यक्ष यादवले दिए अकस्मात राजीनामा, जसपामा खैलाबैला

प्रकाशित
1.8K
SHARES

काठमाडौ। जनता समाजवादी पार्टीका अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन्। यो प्रदेश २ को खबर हो। जसपा प्रदेश २ का अध्यक्ष रहेका यादव प्रदेश २ का कृषिमन्त्री समेत हुन्। उनी जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुखसमेत हुन्।

जसपामा एक व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए।

यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो। अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो।

यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्ष को हुने विषयमा जनकपुरमा पार्टीभित्र छलफल चलिरहेको छ। अब प्रदेश २ को अध्यक्ष जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने सम्भावना रहेको बताइएको छ।

मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए। प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका छन्।

यीमध्ये सबभन्दा बढी चर्चा लालकिशोरको रहेको स्रोतले जनाएको छ। लालकिशोर संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका हुन्।अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएसंगै राजनीति एकाएक तरंगित बनेको छ।

गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टी, नयाँ गठबन्धन बनाउने चेतावनी: गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तीमा असहमति जनाएका हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन्। शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन । हाम्रो सहमति नै छैन। त्यसैले शपथमा पनि गइएन । कुरा चाहिँ केन्द्रमै भएको भन्नु भएको छ, मुख्यमन्त्रीले।

केन्द्रमा कुरा भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने हो  पार्टीले केही भनेको छैन,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने हुन्छ। हाम्रो पनि व्यवस्थापन गर्नुपर्‍यो। मन्त्री थप्न १२ भन्दा पाइन्न।

अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भनेको थिँए। पटक-पटक भने। मुख्यमन्त्रीले सुन्नुभएन ’माओवादी प्रमुख सत्ता साझेदार दल हो। यो नियुक्तीमा हाम्रो सहमति छैन। केन्द्रले मिलाएको हो भने, खबर गरोस्। अध्यक्षले मलाई सिधै भन्नुपर्ने हो,’ चुमानले भने, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो।

यसरी नै जाने हो भने, के(के हुन्छ के(के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्‍यो नि त। भोलि के गर्ने भन्ने निर्णय लिएको छैन। हामी पनि बुझ्दै छौं ।’कांग्रेसले योसँगै ६ वटा मन्त्रालय पाएको छ । माओवादीका चार, जसपाका एक र अर्को एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् । जसपाका नेता तथा उर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले मनलाग्दी गरेको आरोप लगाए ।

‘अनौपचारिक रुपमा जानकारी मात्रै भयो । औपचारिक कुरा भएको छैन। म्यासेज आएपछि मात्रै जानकारी भयो,’ उनले भने, ‘क्याविनेटमै पनि तपाईंहरू मात्रै गर्नुस् भनेर निस्कियौं। कांग्रेसको मात्रै जस्तो सरकार भयो। म केही समय नबोली बसेको थिएँ, बोल्न बाध्य बनायो।

उनले कांग्रेसविरुद्ध फरक मोर्चा बनाउने चेतावनी दिएका छन्। ‘हिजो केपी ओलीले संविधान नमान्दा संविधान मान्नेहरूको एलाइन्स बन्यो। आज गठबन्धनको मुल्यमान्यता विपरित गए लोकतन्त्रको उपहास गर्ने विरुद्ध मोर्चा बन्छ,’ उनले भने, ‘फरक एलाइन्स बन्न सक्छ।

कांग्रेसविरुद्धमा अर्को मोर्चा बन्छ। कांग्रेसले हेप्यो, माओवादी र जसपासँग मतलब भएन ।’ जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति तोडेर कांग्रेसले आफ्नो मात्रै मन्त्री थपेको छ । जनमोर्चा पनि सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदैन ।

गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन्। एमालेका २७ सांसद प्रतिपक्षमा छन्।

यसैगरि, जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन्।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ। अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए।

गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए।

प्रतिक्रिया