आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णाली नदी थुनियो, भिर खसेपछि बन्यो एति ठुलो ताल

प्रकाशित
607
SHARES

काठमाडौ। बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका–१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ। जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो।

करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताएका छन्। दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन्।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ।

बेला बेला बग्ने पहिरोबाट कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ। कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन्।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक्कासी पहिरो खस्दा आज विहान १०–१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन्।

स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताए। गाउँको माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उनको भनाइ छ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टी स्वामीकार्त्तिकको छुद्दरी गाउँ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको शिक्षक दानबहादुर धामीले बताए । यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो।

यो पनि, भारतबाट दशैँ मनाउन घर फर्किँदा पैसा हरायो, भेट्नेले दिएपछि यसो भन्छन् धर्मे सार्की: जाजरकोटमा बाटोमा भेटिएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाइयो। जाजरकोट जिल्लाका दुई युवाले बाटोमा भेट्टाएको एक लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका छन्।

जिल्लाको कुशे गाउँपालिका–२ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखालीस्थित सडकमा शनिबार बिहानै एक लाख रुपैयाँ फेला पारेका थिए।

‘घुम्न निस्केका थियौं। बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ। के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ। हामीले तत्काल प्रहरीलाई बुझाईदियौ,’ चन्दले भने। रकम हराएको करिब १८ घण्टापछि सम्पर्कमा आएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए।

उनकाअनुसार रकम हराउने धर्मे कमाइका लागि केही समयअघि भारत गएका थिए। भारतबाट दशैँ मनाउन घर फर्केने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ सटाएर शनिबार मात्र जाजरकोट सदरमुका आइपुगेका थिए। मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए।

मदिराको नशाले छोडेपछि शनिवार विहानमात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फेला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए।

रकम पाएपछि धर्मेले भने, दिनरात अर्काको देशमा पसिना बगाएर कमाएको रकम हराए पनि फेला पर्‍यो। सत्यको धन रहेछ। कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ। अब यस्तो गल्ती कहिल्यै गर्दिन। रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवालाई प्रहरी प्रमुख थापाले धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया