आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय धनाढ्य अम्बानी बारे भयो यस्तो सनसनीपूर्ण खुलासा, विश्वभर तरङ्ग

प्रकाशित
1.3K
SHARES

काठमाडौ। एसियाका धनाढ्य मुकेश अम्बानी विश्वको १ खर्ब डलर सय बिलियन क्लबमा प्रवेश गरेका छन्। विश्वकै धनाढ्यहरुको बाहुल्य रहेको यो क्लबमा अमेजनका जेफ बेजोस र टेस्लाका मस्क यसअघि नै छन्। यहाँ पुग्न कम्तीमा १ खर्ब डलर सम्पत्ति हुनुपर्छ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख रहेका अम्बानी सेयर मूल्य बढेसँगै शुक्रबार यस क्लबमा प्रवेश गरी कीर्तिमान बनाउन सफल रहेको ब्लुमबर्गले जनाएको छ। यो क्लबमा ११ चर्चित धनाढ्य रहेका छन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार यो वर्ष अम्बानीको सम्पत्ति २३.८ अर्ब डलरले बढेसँगै कुल सम्पत्ति १०० अर्ब ६० करोड डलर पुगेको छ।

अम्बानीले सन् २००५ मा बुबाको मृत्युपछि तेल प्रशोधन र पेट्रोकेमिकल्स व्यवसाय आफूले पाएका थिए। अहिले ६४ वर्षीय यी अर्बपति ऊर्जा कम्पनीलाई खुद्रा, प्रविधि र इकमर्समा रुपान्तरण गर्न चाहिरहेका छन्। सन् २०१६ मा सुरु गरेको उनको टेलिकम्युनिकेसन्स युनिटले अहिले भारतीय बजारमा प्रभुत्व जमाइरहेको छ।

गत वर्ष उनको खुद्रा र प्रविधि भेन्चरले लगानीकर्तालाई सेयर बेचेर बजारबाट २७ अर्ब डलर उठाएको थियो। फेसबुक इन्क, गुगलदेखि केकेआर एन्ड को र सिल्भर लेकलगायतले कम्पनीको सेयर खरिद गरेका थिए। गत जुनमा अम्बानीले महत्त्वाकांक्षी हरित ऊर्जामा जाने योजना घोषणा गरेका थिए।

त्यसमा तीन वर्षभित्र १० अर्ब डलर लगानी गर्ने उनको योजना छ। गत महिनामा उनले सस्तो ग्रिन हाइड्रोजनको उत्पादनलाई तीव्रता दिने बताएका थिए। यो योजना प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ ऊर्जाका लागि भारतलाई ग्लोबल म्यानुफ्याक्चरिङ हब बनाउने महत्वाकांक्षी योजनासँगै आएको हो।

भारत सरकारले पनि अहिले जलवायु परिवर्तनसँग लड्न र विश्वकै तेस्रो ठूलो ऊर्जा आयातलाई कम गर्न चाहिरहेको छ। अम्बानीको घोषणाको पछाडि कम्पनीको भविष्य पनि जोडिएको छ। त्यसका लागि तेलबाहेकका व्यवसायमा जोड दिनुपर्ने छ। तर अझै पनि परम्परागत इन्धनले नै रिलायन्समा मुख्य भूमिका खेलिरहेको छ।

यसको वार्षिक संकलन हुने कुल आम्दानी ७३ अर्ब डलरमा करिब ६० प्रतिशत हिस्सा छ। अहिले तेलदेखि केमिकल्ससम्मको व्यवसाय छुट्टै युनिट बनेको छ। यसमा साउदी अरेबियन आयल कम्पनीलाई लगानीकर्ताका रुपमा भित्र्याउने गरी छलफल चलिरहेको छ।

यसको लक्ष्य भारत आएका तिब्बती र उचाइमा लड्ने अनुभव भएकाहरूलाई वा सन् १९६० सम्म चिनियाँ सेनाविरुद्ध लडेका तिब्बती गुरिल्ला शक्ति चुशी गान्द्रुकका सदस्यहरूलाई भर्ती गर्ने थियो,” तिब्बती पत्रकार र चलचित्रकर्मी काल्साङ रिन्चेनले भने।उनले एसएफएफका पूर्वसैनिकहरूसँग अन्तर्वार्ता लिएर एउटा वृत्तचित्र बनाएका छन्।

यसैगरि, उत्तर कोरियाली नेता किम जङ–उनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पराजित गर्न नसक्ने ‘अजेय सेना’ बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ। किम जङ–उनले हतियारको विकास युद्ध शुरू गर्नका लागि नभै आत्म सुरक्षाका लागि भएको बताए।

थरीथरीका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला उनले त्यस्तो टिप्पणी गरेका हुन्। उत्तर कोरियाले हालै ‘हाइपरसोनिक’ र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियार परीक्षण गरेको थियो। त्यसैगरी दक्षिण कोरियाले पनि हालै पनडुब्बीबाट हान्ने हतियार परीक्षण गरेको छ।

प्योङयाङमा भएको आत्म सुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले दक्षिणको सैन्य विकासलाई सम्बोधन गर्दै उनले आफ्नो छिमेकीसँग लडाइँ गर्न नचाहेको बताए। उनले भने,‘हामी कसैसँग पनि युद्धबारे छलफल गरिरहेका छैनौँ बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौँ।

उत्तर र दक्षिण कोरियाबीच तनाव बढाउन भूमिका खेलेको भन्दै किमले अमेरिकाको आलोचना गरे। अमेरिकाको उत्तर कोरियाप्रति व्यवहार शत्रुतापूर्ण’ रहेको उनले बताए। जो बाइडन नेतृत्वको अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको दोहोर्‍याउँदै आएको छ।

तर प्रतिबन्ध खुकुलो गरिनुअघि प्योङयाङले आणविक हतियार त्याग्नुपर्ने बताएको छ। तर उत्तर कोरियाले त्यो अस्वीकार गर्दै आएको छ।संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। तर उत्तर कोरियाले त्यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ त्यसैकारण उ विरुद्ध विभिन्न किसिमका नाकाबन्दी लगाइएको छ।

गत महिना राष्ट्र सङ्घीय एटोमिक एजेन्सीले उत्तर कोरियाले एउटा आणविक हतियारमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्ने ुरियाक्टरु पुनस् शुरू गरेको जस्तो देखिएको भन्दै चिन्ता जाहेर गरेको थियो।

उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास निरन्तर गर्न आवश्यक रहेको बताउँदै आएको छ। कोभिडका कारण चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियाले पछिल्ला दिनमा आर्थिक र अन्य सङ्कट भोग्दै आएको छ।

प्रतिक्रिया