आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड प्रधानमन्त्री बन्दै, देवेन्द्र पौडेलले गरे यस्तो खुलासा

प्रकाशित
733
SHARES

काठमाडौ। नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले विपन्न वर्गको लागि केही गर्ने भनेर सोचिराखेको सुनाएका छन्। तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम भने नभएको उनको स्विकारोक्ति छ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न र चूनौति सामना गर्नको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने भनेर आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेको सुनाए।

उनले वर्तमान पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जानसक्ने पनि सुनाए।  आफूहरु प्रणालीको रक्षाको लागि लागिपरेको पनि पौडेलको भनाई छ। उनले चीनले नेपाललाई नाकाबन्दी लगाएको भन्नु गलत भएको टिप्पणी गरे। उनले कोभिडको कारण नाकामा सहज अवस्था नहुँदैमा चीनले नाकाबन्दी लगाएको भन्नु विल्कुलै गलत भएको पनि स्पष्ट पारे।

उनले चीनसँग नेपालको सम्बन्ध सुमधुर र प्रगाढ रहेको सुनाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड अब नेपाली राजनीतिमा फेरि प्रधानमन्त्री बन्न सक्दैन भन्नु झुठो कुरा भएको पनि सुनाए। उनले माओवादी केन्द्र पार्टी समाप्त भयो भन्नेले अर्को निर्वाचनसम्म कुर्नुपर्ने पनि सुझाव दिए।

उनले अहिले पार्टी चलायमान भएको पनि सुनाए। उनले प्रचण्ड नै यो देशको राजनीतिको परिचालक भएकोे आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने पनि ठोकुवा गरे।

यसैगरि,  जनता समाजवादी पार्टी जसपा प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन्। जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए। यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो। अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो।

यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्ष को हुने विषयमा जनकपुरमा पार्टीभित्र छलफल चलिरहेको छ। अब प्रदेश २ को अध्यक्ष जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने सम्भावना रहेको बताइएको छ।

मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए। प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका छन्। यीमध्ये सबभन्दा बढी चर्चा लालकिशोरको रहेको स्रोतले जनाएको छ।

नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले केपी ओलीको आलोचना गर्ने रफ्तार रोेकेका छैनन्। ओलीका कट्टर आलोचक मानिने मेटमणिले अन्तिम समयमा आएर मन्त्री नपाउँदा समेत उनले माधव नेपाललाई दोष नलगाएका हुन्। उनले आज मात्रै फेरि केपी ओलीमाथि कडा प्रहार गरेका छन्।

उनले कम्युनिस्ट पाटी जोगाउनका लागि विद्रोह आफूहरुले विद्रोह गरेको बताएका छन्। नेपालमा हिजो कम्युनिस्ट पार्टी भनेर चिनिएको एमाले पछिल्लो समय ‘ओली कम्पनी’ पार्टीमा रुपान्तरण भएपछि आफुहरुले विद्रोह गरेर नयाँ पाटी दर्ता गरेको उनले बताए बताए।

एकीकृत समाजवादी गुल्मी–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफुहरु एमालेमै रहेर पनि कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी जोगाउने कुनैपनि आधार नभएको दावी गरे।

नेपालमा सवैभन्दा ठुलो र जनताको पार्टीले संविधान मिच्ने, संविधान विपरीत ससंदको दुई–दुई पटक हत्या गर्ने कुनै पनि हालतमा कम्युनिस्ट पार्टी हुन नसक्ने भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भने, ‘अहिले बाहिर जसरी हल्ला गरेर आगामी निर्वाचनमा वहुमत ल्याउछु भन्ने केपी ओली कम्पनीको पार्टीले निर्वाचन के नारा लिएर जनतामा जान्छ हेर्न वाकी रहेको छ।

अब ओलीको पार्टीले सविधान मिच्नकै लागि हामीलाई निर्वाचनमा भोट दिनुस भनेर जनतामा जान्छ त उनले प्रश्न गरे। ससंदको हत्या गर्नकै लागि भोट माग्न जाने र ठुलो पार्टी वन्ने केपी ओलीको पार्टीले अब सपना नदेख्न उनले आग्रह गरे।

ओली कम्पनी पार्टीले चुनावमा भोट माग्न जाने नैतिकता समेत गुमाएको उनले वताए। लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले मुलुकको व्यवस्था जोगाउनका लागि समाजवादी पाटी दर्ता गरेको वताए। उनले नेपालमा अहिले भएको निर्वाचन प्रणाली नहटाएसम्म कुनै पनि दलको वहुमत नआउने वताए।

कुनै राजनीति दलको वहुमत नआउने भएकोले निर्वाचन दुई वा दुईभन्दा वढी दलहरु मिल्नुको विकल्प नभएको उनले वताए। हिजो संविधान जोगाउन जुन जुन दलहरू मिलेर जोगाउन सफल भयौ तिनै दलहरुको चुनावी तालमेल हुने ठोकुवा गरे। एकीकृत समाजवादी, काँग्रेस, माओवादी लगायतका दलहरू मिलेर कुनै ठाउँमा काँग्रेसका मात्रै, केही ठाउमा माओवादी, केही ठाउमा एकीकृत समाजवादीका मात्रै उम्मेदवार हुने वताए।

ओलीले झापावाट आफुले हिजो चुनाव जित्न नवलपरासी, प्युठान र धनुषा जिल्लामा सम्झौता गरेको स्मरण गरे। उनले विष्णु पौडेलाई रुपन्देहीवाट चुनाव जितेर देखाउन चुनौती दिए। उनले वालुवाटारको जग्गामा आँखा लगाएजस्तो गरेर अब रुपन्देहीवाट चुनाव जित्ने आधार विष्णु पौडेलको समाप्त भएको दावि समेत गरे।

गुल्मी–रुपन्देही सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रममा एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ, प्रदेश सदस्य रमा घर्ती, लुम्बिनी प्रदेश पार्टी कमिटीका नेताहरु, गुल्मी जिल्ला पाटी अध्यक्ष श्रीराम महतले आफ्नो विचार राखेका छन्।

मञ्चका अध्यक्ष अर्जुन थापाको अध्यक्षता, सचिव वामदेव भण्डारीको सञ्चालन रहेको कार्यक्रममा गुल्मी जिल्लामा जन्मथलो भएर रुपन्देहीमा विभिन्न व्यापार व्यवसाय गर्ने व्यवसायी, विद्यार्थी, कर्मचारी र अस्थायी वसोवास गर्ने गुल्मेलीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया