आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित कांग्रेस नेताको घाँटी रेटेर ह’त्या, सिआईबिको बिषेश टोलि खटियो

प्रकाशित
1.8K
SHARES

काठमाडौ। रोल्पामा नेपाली कांग्रेसका चर्चित जिल्ला नेताको घाँटी रेटेर हत्या भएको छ। रोल्पा नगरपालिका–६ दार्बाेटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर ह’त्या भएको हो। बुढाको आफ्नै घरमा घाँ’टी काटेको अवस्थामा श’व फेला परेको रोल्पा प्रहरीले जनाएको छ।

उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति ह’त्या भएको जानकारी दिए।हिजो (सोमबार) बिहान ११ बजे घटना थाहा भयो। अघिल्लो राति ह’त्या भएको हुन सक्छ,’ उनले भने। सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए।

श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए। प्रहरीले ह’त्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ।कुकुरले गरेको पहिचान गरेका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो। रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो।

‘अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन। ह’त्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने। घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा ह’त्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।

एमालेमा सर्वेसर्वा बन्दै ओली, अध्यक्षमा उम्मेद्वारी दिने ल्याकत कसैले राखेन: नेकपा एमालेले नेतृत्व हेरफेरका लागि आगामी मंसिरमा दशौं महाधिवेशनमा गर्दैछ । ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन् ।पार्टी अध्यक्षमा कुनै नेताले दाबी प्रस्तुत गर्न नसके पनिअन्य पदाधिकारी पदका लागि भने आफ्नो स्थान सुरक्षित गर्न एमाले नेताहरुबीच दौडधुप सुरु भएको छ ।

नेकपा एमालमा पहिलोपटक अभ्यास गरिएको विधान महाधिवेशनको व्यवस्था अनुसार ७० बर्षे उमेरहद कायम गरिए पनि ७० वर्ष पुरा नहुँदै उम्मेदवार भएर निर्वाचित व्यक्तिले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ ।

यसको प्रत्यक्ष फाइदा अध्यक्ष केपी ओलीलाई भएको छ । अर्थात ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन । एमालेको विभाजनले ओलीलाई विना कुनै कसरत निर्विकल्प नेतृत्व बन्न प्रत्यक्ष सहयोग पुग्यो ।

एमाले नेताहरुले ओलीलाई नै पुन पार्टी सुम्पिने निश्चित छ । आफ्नो पदको टुङगो नभए पनि महासचिव ईश्वर पोखरेलले अध्यक्षमाओली नै दोहोरिने स्पष्ट पारे । यस अघि अध्यक्षको दावेदारी गरीरहेका पोखरेलले आफ्नो अध्यक्ष बन्ने इच्छा ओलीसँग आत्मसमर्पण गरे ।

एमालेमा कायम उमेर हदवन्दीले दोस्रो तहका नेताहरु प्रत्यक्ष संकटमा परेका छन् । तर सबै ओलीकै जयजयकार गरिरहेका छन् । ओलीको देवत्वकरण गर्ने नेताहरु अहिले अध्यक्ष बाहेक अन्य बाँकी रहेका अन्य १४ पदाधिकारीमा भने दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

उमेर हदकै कारण आगामी महाधिवेशनपछि तेस्रो पुस्ताका विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भूसाल,योगेश भट्टराई र प्रदीप ज्ञवाली लगायतका नेता हाबी हुने छन् । अहिले ओलीलाई देवता मान्नेहरुको ठुलो झुण्ड मात्र एमालेमा वाँकी रहेकोले महाधिवेसन सहजपूर्ण ढंगले अगाडि बढ्ने देखिन्छ ।

एमालेभित्र वैचारिक छलफल भन्दा पनि ओलीको देवत्वकरण नै हावी हुने हुँदा अन्य विकल्प नभएको कतिपयको तर्क छ । एमालेको महाधिवेशनको रिहर्सल विधान महाधिवेशनबाट पनि आँकलन गर्न सकिन्छ ।नेतृत्व हेरफेरका लागि महाधिवेसन भए पनि ओलीले अन्य पदमा पनि हस्तक्षेप गर्दै ‘एसम्यान’ लाई पदमा पुर्याउन सक्छन् ।

त्यसकारण एमालेभित्रको राजनीतिक परिवेशले एमालेको महाधिवेशन औपचारिकताका लागि मात्र हुने निश्चित छ । साथै महाधिवेशनपछि एमालेभित्र ओलीवाद अझ विस्तार हुने पक्का छ ।

यसैगरि, सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।

उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारण भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ ।

अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ,’ विज्ञप्तिमा लेखिएको छ ।गत फागुन २१ गते तत्कालीन सरकारका अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १ सय ३३ विघा जग्गा अधिग्रहण नगर्दै राज्य शक्तिको दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेटने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदान भएको विद्यार्थी संगठनहरुको आरोप छ।

२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया