आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्री बनेको हप्तादिन नबित्दैं श्रममन्त्री श्रेष्ठले चाले यस्तो कदम, माधव नेपालको समेत गयो सातो

प्रकाशित
415
SHARES

काठमाडौ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री बनेको दुईदिनमै चालेको कदमले एस पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताको सातो गएको खबर छ। नेकपा एमाले परित्याग गरी नेपाल नेतृत्वको पार्टीबाट मन्त्री बनेका श्रेष्ठले अर्बौको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मन्त्री बनेको चार दिनमै श्रेष्ठले आफ्नो अर्वाैंको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मन्त्री श्रेष्ठले सर्वाजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाएका छन्। काठमाडौ महानगरपालिका वडा ९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ।

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा कित्ता नम्बर १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा १ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ।

उहाँले आफ्नो दुई घर रहेको उल्लेख गर्नुभएको छ। काठमाडौँ महानगरपालिका ३ मा साढे दुई तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तालको व्यवसायिक घर रहेको जनाएका छन्। उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको जनाएका छन्। २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन्।

त्यस्तै, उनले २० वटा व्यावसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवराण्मा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्यबराबरको रहेको श्रेष्ठले सम्पत्ति विवरणमा खुलाएका छन् ।

त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको खुलाएका छन् । त्यस्तै उनले बैंक खाता विवराणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् ।

उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बंगलादेश बैंकमा आफ्नो बैक खाता रहेको जनाएका छन् । यस्तै श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको जनाउनुभएको छ । तर, बैंकमा कति पैसा छ भन्ने कुरा भने लुकाएका छन् ।

त्यस्तै श्रेष्ठले लिएको ऋण विवरण पनि खुलाएका छन् । उहाँले ग्लोबल आइएमईबाट ४ करोड ९७ लाख ७४ हजार ३ सय ७९ रुपैयाँ ऋण लिएको जनाउनु भएको छ । त्यस्तै सवारी साधन विवरणमा उनले आफ्नो चार वटा सवारी साधन रहेको बिवरणमा उल्लेख छ ।

त्यस्तै उहाँले विदेशबाट सापटी लिएको ५२ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ १५ पैसा, किसान हार्डवेयरबा २ करोड ५० लाख, नेपाल बंगलादेश बैंक लिमिटेडबाट ५० लाख र आइएमइ कोअपरेटिभ कान्तिपथबाट ६ करोड लिएको उल्लेख गरेका छन्।

सार्वजनिक गरेको सवारीसाधन विवरणमा मन्त्री श्रेष्ठले आफ्नो नामममा रहेको ४८ लाखको ल्याण्क्रुजर टोयटा प्राडो, ५२ लाख ५६ हजारको मोडल टोयटा आरएभि(४, ३७ लाख मूल्यको निशान र ९५ लाख टोयटा हाइलक्स रहेको उल्लेख छ।

यसैगरी अन्य सम्पत्ति विवरणमा टिभी एक थान, दराज १, कम्युटर १, ल्यापटप १, टेबल १, फ्रिज १, एसि १, सोफासेट १, रोलेक्श घडी २, मोबाइल सेट १, डायनिङ टेबल १ रहेको उल्लेख छ । श्रेष्ठ पूर्व म्यानपावर दलाल (एजेन्ट) व्यावसायी समेत हुन् ।

तेस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा फेरि ठूलै नेताले विद्रोह गरेका छन्। एस पार्टीमा पछिल्लो समय ठिकठिक राजनीतिक गतिविधी भइरहेकै बेला नेता नेपालमाथि अर्को तनाव थपिएको हो। एस पार्टी निकट अखिल फोर्सका केन्द्रीय संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किएका छन्।

आरआर क्याम्पसका स्ववियु सभापतिसमेत रहनुभएका सिनेटर शाही औपचारिक रुपमा अखिलमै फर्किएका हुन्। शाहीले एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुमा फर्किएपछि सचिवको जिम्मेवारी पाएका छन्। शाहीले आफू नेकपा एकीकृत समाजवादीनिकट संगठनमा नरहेको र मालेनिकट अनेरास्ववियुमै फर्किएको बताए।

‘नेताको स्वार्थको पछि लागेर पार्टी छाडन सकिन्न, यही मनको कुराले अहिलमै रहने निर्णयमा हामी पुगेका छौं,’ शाहीले भने। राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैं सहभागी भएर अखिल फोर्स घोषणा गरेका थिए।

शाही अनेरास्ववियुमा फर्किएर सचिवको जिम्मेवारीमा क्रियाशिल भएका छन् । शाहीसँग अहिल फोर्सका कोषाध्यक्ष रहेका अनेरास्ववियुका अर्का नेता दिपेश प्रसाई पनि अनेरास्ववियुमै फर्किएका छन्।

प्रतिक्रिया