आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अक्सिजन मन्त्रीले देउवा सरकारमा कमाल गर्ने संकेत, फेरि देखाए अर्को धमाका

प्रकाशित
1.4K
SHARES

काठमाडौ। कारलाई ७ नम्बर गियर हाल्छु, रुखलाई मान्छेले अक्सिजन दिने लगायत विवादित अभिव्यक्ती दिएर चर्चामा आएका नवनियुक्त मन्त्री आलेले देउवा सरकारमा भने कमाल गर्ने संकेत देखाएका हुन्।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका प्रेम आलेले चार महिनादेखि आन्दोलित नेपाल वायू सेवा निगमका कर्मचारीहरुलाई वार्तामा ल्याएसँगै आन्दोलन तोडिएको छ। आलेले मन्त्रीको सपथ ग्रहण गरेको ४८ घन्टाभित्र आन्दोलित कर्मचारी र कर्मचारीले नेवानीमा लगाएको ताला खोल्न सफल भएका छन्।

सोमबार मन्त्री आलेसँग फेस टु फेस वार्ता गरेर आफ्ना मागहरु सम्बोधन गर्न मन्त्री सहमत भएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन्। निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीहरु आन्दोलनरत रहेका थिए। नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलन जायज रहेको भन्दै नेवानीमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने बताएका छन्।

यस्तै आलेले यता केही दिन अघि मात्रै उनले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका थिए। आईतबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन्।

यसैगरि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फायर खोलेका छन्। बाबुरामले सुकुम्बासीमाथि गोली चलाउने कामको कडा शब्दमा विरोध जनाएपछि बालुवाटारसम्म तरंग पुगेको हो। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीले जग्गा कब्जा गर्ने क्रममा भएको झडपमा आइतबार ४ जना प्रर्दशनकारीको ज्यान गएको घटनालाई इंगित गर्दै गोली चलाएर दिघो समाधान नहुने भट्टराईको भनाई छ।

पूर्वप्रधानमन्त्री र आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लाबाट बाबुरामले देउवा सरकारमाथि खबरदारी गरेका हुन्। भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सुकुम्बासीलाई गोली चलाएर तितरवितर पार्ने काम दुखद भएको बताए।

कतिपय हुकुम्बासी होलान्, तर मुलतः उनीहरु सुकुम्बासी नै हुन्,’ उनले भने, ‘सुकुम्बासी समस्या समाधान गर्नुको साटो गोली चलाउनु गलत छ, लोकतन्त्रमा गोली चलाउन वर्जित छ। जसपा नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले माग उठाउँदै आन्दोलन गर्ने माथि गोली चलाउने काम गलत भएको बताए।

‘ओलीको प्रतिगमनविरुद्ध संघर्ष गरेर बनेको सरकारले फेरि ओली प्रवृत्ति देखाउनु हुँदैन, उनले भने, ‘गुणात्मक रुपमा फरक नभए जनतामा निराशा आउँछ, त्यसैले ओली प्रवृत्तिनै परास्त गर्नुपर्छ।  उनले उद्योगमन्त्रीले दिएको राजीनामा प्रकरणबारे सरकार विवादमा पर्नु राम्रो नभएको बताए । सरकारले पूर्ण कार्याकाल पूरा गर्ने दावी उनको छ।

तेस्तै,  पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठको सम्बन्धमा रातारात नाटकीय रुपमा मजबुत भएको छ । प्रचण्डले प्रवक्ता पद खोसेपछि रुष्ट बनेका नारायणकाजी पार्टी केन्द्रको निर्णयपछि मख्ख बनेका हुन् ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई नयाँ जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले विदेश विभाग प्रमुख परिवर्तन गर्दै नेता नारायणकाजी श्रेष्ठले आफुलाई विभाग नदिएको भन्दै असन्तुष्टि जनाएपछि उनलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो।

स्थायी समिति असोज १३ मा बसेको बैठकले यसअघि नेता राम कार्कीलाई विभागको प्रमुख बनाएको थियो । श्रेष्ठलाई माओवादीले प्रवक्ताबाट हटाएर प्रवाश विभागको इन्चार्जको जिम्मेवारी दिएको थियो । जसलाई पार्टीभित्र घटुवा गरिएको रुपमा हेरिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा जारी गरिएको नयां परिपत्रमा कार्यविभाजनलाई सच्याइएको भन्दै श्रेष्ठलाई प्रमुख र कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको उल्लेख छ । श्रेष्ठ र कार्की दुवै जना यसअघि माओवादीको विदेश विभागको प्रमुख बनिसकेका छन्।

कार्की अहिले माओवादी केन्द्रको प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारीमा छन्। कार्कीले विदेश मामिलाका जानकार र माओवादी निकट पूर्व राजदूतहरुलाई विभागमा राखेर प्रभावकारी काम गर्न सुरुवात गरेका थिए। तर, उनलाई उपप्रमुखमा घटुवा गरिएको छ।

श्रेष्ठ विदेश विभागको प्रमुख हुंदा विभागमा आफ्नो सचिवालयका सदस्य र गुटका कार्यकर्ताहरुलाई मात्र राख्ने गरेको र कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष दाहाल उनलाई त्यो जिम्मेवारी नदिनेमा थिए । त्यतिमात्र होईन विदेशमा समेत पार्टी र नेतृत्वको भन्दा आफ्नो सम्बन्धलाई मात्र विस्तार गर्न श्रेष्ठले विभागलाई उपयोग गरेको दाहालको बुझाई रहेको बताइन्छ ।

सरकारमा जान श्रेष्ठले धेरै प्रयास गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नबनाउने अडान राखेपछी उनको ढोका बन्द भएको थियो । उनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने योजनामा थिए । तर, दाहालले सुरुमै पम्फा भुषाल र जनार्दन शर्मालाई पार्टी निर्णय विना नै मन्त्री बनाएपछि श्रेष्ठ असन्तुष्ट थिए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ