आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुटवल काण्डमा कर्फ्यूकै बिच २ हजार टहरा ठडिए, भित्री रहस्य खुलेपछि प्रहरी चकित

प्रकाशित
3.1K
SHARES

काठमाडौ। रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मोतिपुरमा निर्माणाधीन औद्योगिक क्षेत्रमा अहिले पनि कर्फ्यू जारी छ। कर्फ्यूकै बिचमा दुई हजार टहरा ठडिएका छन् ।आइतवार प्रहरी र जग्गा कब्जा गर्न आएकाबीच भएको झडपमा ४ जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो । मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ ।

मृत्यु भएका कपिलवस्तु जिल्लाको वाणगंगा–१० निवासी ४८ वर्षीय रमेश परियार, पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्जव कुमाल र रुपन्देहीको सुद्धोधन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मीको पहिचान खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले बताए।

अर्का १ जना मृतकको अझै सनाखत हुन सकेको छैन। सुरक्षा निकायले निकै संयमता अपनाउँदा–अपनाउँदै पनि घटना भएको सीडीओ तिवारीले बताए। सुरक्षा निकायलाई भीडबाट बाहिर सहज रूपमा निस्कने अवस्था नै नरहेपछि अन्तिममा प्रहरीले गोली चलाउन बाध्य भएको उनले बताए।

झडपमा परी १६ जना सर्वसाधारण गरी ५० जना घाइते भएका प्रशासनको भनाइ छ। औद्योगिक क्षेत्र निर्माणस्थलमा बसोबास गर्न आएका ‘सुकुम्वासी’लाई हटाउन सकस परेपछि प्रहरीले गोली चलाएको थियो। अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएको रुपन्देहीका सीडीओ ऋषिराम तिवारीको दाबी छ।

मृतकका आफन्तले प्रहरीले नियतवश टाउको र छातीमा गोली हानेको आरोप लगाएका छन्। हुलमुलमा गएकाहरू कतिपय अझै हराइरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको निर्णयबाट लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको साविक बुटवल नगरपालिका, टिकुलीगढ, आनन्दवन र फर्साटिकर गाविसका केही भाग ४ किल्ला तोकी ८१३ विगाहा क्षेफलमा मोतिपुर औद्योगिक क्षेत्र घोषणाबाटै स्थानीय चिढिएका थि। यी क्षेत्र अहिले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकामा पर्छन् ।

२०७५ जेठ २१ गतेमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले ९४६ दशमलव ४६ विगाहा जग्गाको डीपीआर स्वीकृत गर्‍यो तर लिमिटेडले ८१३ विगाह जग्गाको मात्र लालपूर्जा प्राप्त गरेको थियो। बाँकी १३३ दशमलव ४६ विगाह जग्गाको लालपूर्जा प्राप्त नभई औद्योगिक क्षेत्र डीपीआरअनुसार निर्माण हुन सक्दैनथ्यो। समस्या के थियो भने १३३ दशमलव ४६ विगाहा जग्गा वर्षौंदेखि मानिसहरूको भोगचलनमा थियो।

जग्गाको लालपूर्जा पाइने आशामा बसिरहेका उनीहरू थाहै नपाई औद्योगिक क्षेत्रको डीपीआरभित्र समावेश भएपछि सशंकित थिए। उठिबास हुने हो कि भन्ने भयले स्थानीयहरू राज्यसँग निरन्तर संघर्षमा थिए। त्यही विवादको शृंखलामा आइतवार ४ जनाको ज्यान जाने गरी झडपमा परिणत भएको छ।

अहिले दोस्रो लकडाउन र बर्खा सकिएपछि औद्योगिक क्षेत्रबाट असुरक्षित महसूस गरिरहेका स्थानीयले नदी उकास क्षेत्रमा ‘सुकुम्वासी खुलेको’ हल्ला पिटे। यसो गर्नुको तात्पर्य आफूहरूलाई उठिबास लगाउनुअघि ‘नयाँ सुकुम्वासी’को समस्याले राज्यलाई अल्झाओस् भन्ने थियो। यसरी केही सुरक्षित हुन सकिन्छ भन्ने उनीहरूको मनोविज्ञान थियो।

सुकुम्वासी खुलेपछि’ रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, गुल्मी लगायतका जिल्लाबाट पहिले नै बुटवल र आसपासका क्षेत्रमा बसिरहेका मानिसहरू आउन थाले। सुकुम्वासीका नाममा मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न थालेपछि भदौ २८ गतेमा मोतिपुर औद्योगिक क्षेत्र वरपर जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको थियो तर निषेधाज्ञा लामो समय टिक्न सकेन।

स्थानीय र आगन्तुक ‘सुकुम्वासी’ले बाँस गाढेर टहरा बनाउने र दिनभर कुर्न थाले। राति त्यहाँ कोही सुत्दैन्थे। गत शुक्रवारसम्म करीब २०० बिगाहा क्षेत्रफलमा १२ हजार जनाभन्दा धेरै व्यक्तिले जग्गा ओगटेर कुरिरहेको थिए। २ हजार वटा साना टहरा बनाइएको थियो।

यसैगरि, कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा एकै घरका दुई जना परेका छन्। दिदीभाइ मध्ये १ जनाको ज्यान जोगिएको छ भने बाँकी सबैको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अल्झेर सामान्य घाइते भएकी छन्।

तर, सोही दुर्घटनामा उनका भाइ जिनलव घिसिङको भने घटनास्थलमै ज्यान गयो। घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो। लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दुर्घटना भएको हो।

स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो। गाडीबाट खसेर भिरमा अड्किएकी देबिकाको उद्धार भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घटनास्थलमा ज्यान गुमाए।

दुर्घटनामा मृत्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन्। यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरीको ज्यान गएको छ।

त्यस्तै, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ।

प्रतिक्रिया