आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्री आलेले पहिलो बलमै हाने छक्का, विरोधीहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा

प्रकाशित
577
SHARES

काठमाडौ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पहिलो बलमै छक्का हान्ने संकेत गरेका छन्। उनले दिएको निर्देशनको विरोधीहरु समेत प्रशंसा गरेका हुन्। उनले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन्।

हिजो आईतबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन्। उनले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए।

उनले भने, नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकुन”, निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।

नेपाल वायु सेवा निगमलाई प्रतिस्पर्धी बनाएर यसको संरक्षण तथा संवद्र्धन गर्नसमेत मन्त्री आलेले आग्रह गरे। सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव यादवप्रसाद कोइरालाले नेपाल वायु सेवा विमानको खस्किदो अवस्था भएकाले उक्त अवस्थालाई माथि उकास्न लागि ठोस पहलकदमी चाल्नुपर्ने बताए ।

सो कार्यक्रममा मन्त्रलयमा तह त निकायका कर्मचारीहरूले आफ्ना विभाग तथा कार्यालयमा हालसम्म भए गरेका समस्या तथा चुनौतीबारे मन्त्री आलेलाई क्रमशः जानकरी गराएका थिए ।

यसैगरि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फायर खोलेका छन्। बाबुरामले सुकुम्बासीमाथि गोली चलाउने कामको कडा शब्दमा विरोध जनाएपछि बालुवाटारसम्म तरंग पुगेको हो।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीले जग्गा कब्जा गर्ने क्रममा भएको झडपमा आइतबार ४ जना प्रर्दशनकारीको ज्यान गएको घटनालाई इंगित गर्दै गोली चलाएर दिघो समाधान नहुने भट्टराईको भनाई छ।

पूर्वप्रधानमन्त्री र आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लाबाट बाबुरामले देउवा सरकारमाथि खबरदारी गरेका हुन्। भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सुकुम्बासीलाई गोली चलाएर तितरवितर पार्ने काम दुखद भएको बताए।

कतिपय हुकुम्बासी होलान्, तर मुलतः उनीहरु सुकुम्बासी नै हुन्,’ उनले भने, ‘सुकुम्बासी समस्या समाधान गर्नुको साटो गोली चलाउनु गलत छ, लोकतन्त्रमा गोली चलाउन वर्जित छ। जसपा नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले माग उठाउँदै आन्दोलन गर्ने माथि गोली चलाउने काम गलत भएको बताए।

ओलीको प्रतिगमनविरुद्ध संघर्ष गरेर बनेको सरकारले फेरि ओली प्रवृत्ति देखाउनु हुँदैन,’ उनले भने, ‘गुणात्मक रुपमा फरक नभए जनतामा निराशा आउँछ, त्यसैले ओली प्रवृत्तिनै परास्त गर्नुपर्छ। उनले उद्योगमन्त्रीले दिएको राजीनामा प्रकरणबारे सरकार विवादमा पर्नु राम्रो नभएको बताए । सरकारले पूर्ण कार्याकाल पूरा गर्ने दावी उनको छ ।

नैतिकता देखाएर राजीनामा नदिए मुख्यमन्त्री आचार्यविरुद्ध कडा रूपमा प्रस्तुत हुने गठबन्धनको चेतावनी: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक रूपमा सञ्चालन भैरहेको भन्दै विपक्षी गठबन्धनले भर्त्सना गरेको छ। सोमबार प्रदेश सभाको हलमा पत्रकार सम्मेलन गर्दै विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्री आचार्यलाई तुरुन्त राजीनामा दिन माग गरेको छ।

नियुक्त भएको ३० दिन बितिसक्दा समेत उनले विश्वासको मत नलिई असंवैधानिक रूपले सरकारमा बसिरहेको गठबन्धनको ठहर छ । दल विभाजन भएको मितिले ३० दिन (८ असोज) र निर्वाचन आयोगले प्रदेश सभालाई दल सनाखत भएको औपचारिक जानकारी गराएको २४ असोजको मिति पनि गुजारी सकेकोले सरकार पूर्ण रूपले असंवैधानिक भइसकेको उनीहरूको दाबी छ।

असंवैधानिक सरकारले गरेका सबै नियुक्ति र निर्णय नयाँ सरकार बनेपछि खारेज गर्ने भन्दै विपक्षी गठबन्धनले कुनै पनि अपारदर्शी निर्णय प्रक्रियामा सामेल नहुन कर्मचारीहरूलाई आग्रह गरेको छ। एमाले र जनता समाजवादी दल औपचारिक रूपले ९ भदौमा विभाजन भएपछि मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर एमालेले भीम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेको थियो।

संविधानअनुसार नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले अझै लिएका छैनन् । उल्टै उनले २२ असोजमा बोलाएको हिउँदे अधिवेशन दुई दिन मात्र सञ्चालन गराएर मिति परिवर्तन गरेर बैठक स्थगित गराएका छन् । असंवैधानिक भइसकेको सरकारको निर्देशनमा मिति परिवर्तन गरेर प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक स्थगित गर्ने प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी पनि उनको सारथी बनेको विपक्षीको आरोप छ ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले नैतिकता देखाएर राजीनामा नदिए ५ कात्तिकपछि कठोर रूपले प्रस्तुत हुने चेतावनी दिएका छन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङबोले आफूहरूले सरकारले जस्तो संविधान उल्लंघन नगर्ने, तर ५ कात्तिकसम्म पनि निकास नआए कानुनी र संघर्ष दुबै बाटो कठोर भएर अवलम्बन गर्न बाध्य हुने बताए।

विपक्षी गठनबन्धनका नेताहरूले प्रदेश सरकारले चालेको असंवैधानिक कदमविरुद्ध सोमबार प्रदेश प्रमुखलाई भेटेर ध्यानाकर्षण गराउने योजना बनाएका थिए । तर, प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी त्यसअघि नै बिदा लिएर काठमाडौं फर्किसकेका थिए् ।’मुख्यमन्त्री समाजवादीकै: कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रदेश १ मा एकीकृत समाजवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए।

केन्द्रीय तहबाटै बागमती र एक नम्बर प्रदेशमा एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्ने सहमति भैसकेकोले सोहीअनुसार हुने बताए । पत्रकारमाझ नेता कोइरालाले भने, ‘यहाँ सहमतिबाहेक कुनै दायाँबायाँ हुँदैन, कसैले हल्ला गर्न र पछि लाग्न आवश्यक छैन।

प्रतिक्रिया