आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोज गजुरेलले दोस्रो विवाह गरेपछि पूर्वपत्नी मिनाले लेखिन् यस्तो स्टाटस

प्रकाशित
3.9K
SHARES

काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोश्रो विवाह गरेका छन् । पूर्वपत्नी मिना ढकालसँग संबनध विच्छेद भएको ४ बर्षपछि गजुरेलले विवाह गरेका हुन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

‘आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !, जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नै छ ।’ फेसबुक स्टाटसमा भनेका छन् ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा पनि संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो। यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं। अगाडि आईपर्ने सुस्ख र दुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो।

सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ, ‘कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला। मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला।

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ। त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ( कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउदछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ सिन्दुरपोते गर्यौँ ।

अनि, सपरिवार मानवसेवा आश्रम ९कौशलटार०मा रहेका बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏 नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना 🌷

मनोज गजुरेलको विवाह भएको समाचार सार्वजनिक भएपछि उनकी पूर्वपत्नी मिना ढकालले कस्तो प्रतिक्रिया दिन्छिन् भन्नेतर्फ धेरैको चासो छ । यही बीच गजुरेलकी पूर्वपत्नी ढकालले स्टप स्टप स्टप भन्दैं ढकालले ईन्बक्समा अनावश्यक म्यासेज नगर्न भनेकी छन् ।

उनले शुभचिन्तक र आफन्तहरुले मनोजले विवाह गरेको फोटो उनलाई म्यासेन्जरमा पठाउन सुरु गरेपछि उनले वाहियात म्यासेज इनबक्समा नपठाउन भन्दैं स्टाटस लेखेकी हुन् ।

उनले आफ्ना पूर्वपतिको दोस्रो बिहेलाई ईंगित गर्दै अर्को स्टाटस समेत लेखेकी छन् । उनले मुकुन्द घिमिरे उर्फ मुकुन्देको फेसबुक स्टाटसलाई शेयर गर्दै, त्यही त नि, के नै ठूलो र नौलो काम गर्या होर ? भन्दैं क्याप्सन लेखेकी छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ