आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्टेजमै दुई मन्त्रीले नसुहाउने हर्कत गरेपछि, देख्नेजती लाजले भुतुक्क

प्रकाशित
2.9K
SHARES

काठमाडौ। नेपालका राजनीतिक दलका नेताहरुले दिनहुँ कहि न कही केही न केही लफडा गरेकै हुन्छन्, त्यसतै समाचार दैनिक पढिरहेका नेपाली नागरिकलाई खासै अनौठो लाग्ने कुरा त केही भएन त्यै पनि हालै देउवा सरकारले नियुक्त गरेका दुई मन्त्रीको लफडाले भने जग हसाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेको दुई नेताले स्टेजमै त्यस्तो लफडा गरेका छन्। जसले देख्ने जातिलाई लाजले भुतुकै बनाउने अबस्था आयो । सहरी विकास मन्त्री बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री र नेता किशान श्रेष्ठबीच एउटै मञ्चमा लफडा भएको हो ।

मन्त्रालयको काम छोडेर तनहुँ पुगेका दुवै जनाले एक अर्काबीच जुहारी खेलेका हुन्। मन्त्री बनेपछि ब्रिफिङ लिनुको साटो पार्टी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीलाई लिएर गृहजिल्ला तनहुँ पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठबीच जुहारी चलेको हो।

श्रेष्ठ मन्त्री बनेको उत्सव मनाउन काठमाडौंबाटै तीन दर्जन युवाहरु लिएर आइतबार झाँक्रीसहित उनि गृहजिल्ला आएका थिए। तर उक्त कार्यक्रममा गत निर्वाचनमा एमालेको सुर्य चिन्हमा मतदान गरेका कुनै पनि कार्यकर्ता उपस्थित नभएपछि एकसय जनाबीच उत्सव मनाएका श्रेष्ठलाई कार्यक्रममा झाँक्रीले नमज्जाले भनेकी छन्।

कार्यक्रममा आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले तनहुँमा विकासको लहर ल्याउने बताएका थिए । श्रेष्ठसँग असहमति जनाउँदै उनले भेनिनन्, ‘तनहुँले मन्त्री पायो त्यो ठिकै छ तर विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ?

भाषणका क्रममा उनले भनिन्, ‘म सामाजिक न्यायको कुरा गर्छु। जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु। यसअघि बोल्ने क्रममा मन्त्री श्रेष्ठले तनहुँमा विकासको लागि आफू केन्द्रीत हुने घोषणा गरेका थिए। उनको घोषणाबाट झाँक्री निकै चिढिएको संबोधनको क्रममा देखिएको थियो।

प्रचण्डले आफ्नै मुख्यमन्त्रीलाई पनि छोडेनन्, चलाए डण्डा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै मुख्यमन्त्रीमाथि डण्डा चलाउने संकेत गरेका छन्। उनको संकेतपछि कांग्रेसीहरु उत्साहित बनेका हुन्।

सत्तारुढ ५ दलीय गठबन्धनमा संघ सरकारदेखि प्रदेशसम्मको भागबण्डामा हेरफेर भइरहेको छ। गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) ले २÷२ वटा प्रदेशमा मुख्यमन्त्री लिने सहमति भएको छ।

संघमा मन्त्रीको भागबण्डा सकिएर मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छ । सहमतिबमोजिम दशैंपछि देशका ३ वटा प्रदेशमा नेतृत्व फेरिने भएको छ। बागमती र १ नम्बर प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री क्रमशः अष्टलक्ष्मी शाक्य र भीम आचार्य पदमुक्त भएर एसको नेतृत्वको सरकार बन्ने देखिएको छ।

बागमती प्रदेश कांग्रेसले लिएको अवस्थामा एसलाई कुनै अर्को प्रदेशमा मुख्यमन्त्री दिइने भएको स्रोतले जनाएको छ । बागमतीमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन्।

हाल देशभर माओवादीका ३ मुख्यमन्त्री रहेकाले माओवादीले १ मुख्यमन्त्री छाड्ने सहमति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा गरिसकेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् ।

लुम्बिनीका मुख्यमन्त्री हालै नियुक्त भएकाले राजीनामा दिनुपर्ने छैन तर कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीमध्ये एउटालाई हटाउने तयारी रहेको छ ।नेकपा एसले बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री लिएमा सुदूरपश्चिम र कर्णाली प्रदेशमध्ये एउटाको नेतृत्व कांग्रेसले पाउने छ । हाल कांग्रेसका मुख्यमन्त्री गण्डकी प्रदेशमा मात्रै रहेका छन् ।

माओवादीको उच्च स्रोतका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुपर्ने सम्भावना बढी छ । विश्वासको मत लिने बेलामा केही महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति जुटेको चर्चा पनि छ ।

अर्कोतिर सुदूरपश्चिम प्रदेश प्रचण्डकी बुहारी बिना मगरको कायक्षेत्र रहेको प्रदेश हो, जहाँ यतिबेला मुख्यमन्त्री त्रिलोचन भट्ट बुहारी बिना मगरको गुटमा लागेका छन् । माओवादी सुदूरपश्चिम प्रदेशभित्र बिना मगरलाई स्थापित गर्न प्रचण्डले सुरुमा खानेपानी मन्त्री र हाल प्रदेश सहइन्चार्ज समेत बनाएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई हटाउँदा उनी चिढिने र बिना मगरको गुट कमजोर हुने अवस्था भएकाले बिना मगरलाई सुदूरपश्चिममा स्थापित गर्नका लागि मुख्यमन्त्री भट्टको सरकार सुरक्षित रहने स्रोतको दाबी छ ।

बरु कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रचण्डले सहजै राजीनामा गराउन सक्नेछन् । कर्णालीबाट जनार्दन शर्मालाई अर्थमन्त्री समेत बनाइएकाले जनार्दन शर्माले समेत मुख्यमन्त्री शाहीलाई राजीनामा गराउन सकारात्मक प्रभाव पार्न सक्छन् ।

सुदूरपश्चिमबाट माओवादीले संघीय सरकारमा कसैलाई पनि मन्त्री बनाएको छैन । २ नम्बर प्रदेशमा गठबन्धनआवद्ध दल जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार कायमै रहने सहमति समेत गठबन्धनमा भएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ