आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घनश्याम भुसालले देखाए निडरता, ओलीलाई नै झस्काउनेगरी जुटे भयङ्कर तयारीमा

प्रकाशित
602
SHARES

काठमाडौ। नेकपा एमालेमा वैचारिक नेताका रुपमा छवि बनाएका उपमहासचिव घनश्याम भुसालले पार्टीको मूल नेतृत्वको रुपमा आफूलाई उभ्याउने संकेत गरेका छन्। अर्थात, पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदको दावी गर्दैछन्।

आइतबार उपमहासचिव भुसालले काठमाडौंमा विजयादशमी, दिपावली, छठ लगायत चाडपर्वका अवसर पारेर पत्रकारहरुसँग चियापान गरे। चियापानमार्फत भुसााले १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी दिने सन्देश दिए।

अध्यक्षमा उम्मेदवारी दिने विषयमा भुसालले भने– ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ। केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्छ। १०औं महाधिवेशनमा सोही अनुसार हुन्छ । अरु कमरेडहरु जस्तै म पनि सबै कोणबाट पार्टीको मूल नेतृत्वका लागि योग्य छु। अर्थात भुसाले ‘अध्यक्षका लागि म पनि तयार छु’ भन्न खोजेका हुन्।

लामो समय माधवकुमार नेपालसँग रहँदै आएका भुसाल पार्टी विभाजनको क्रममा नेपाललाई छोडेर केपी शर्मा ओलीसँग समाहित भए। तर, मुल पार्टीमै फर्के पनि अपेक्षाकृत वातावरण नबनेपछि भुसालले नयाँ योजना बनाएको हुने सक्ने विश्लेषण हुने गरेको छ।

अध्यक्ष केपी शर्मा ओली १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि तयार नहुनु र सम्पन्न विधान महाधिवशेनमा आफूले राखेको फरक मतमा छलफल नै नहुनुले पनि भुसाल तनावमा छन्।

हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुने गरी विधान संशोधन गरिएको छ। अध्यक्ष ओली १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुँदै गर्दा सर्वसम्मत हुन सक्दैनन्।

एमाले भित्र ‘१० भाइ’ भनेर चिनिने नेता मध्येका एक उपमहासचिव भुसाल पनि हुन्। बैचारिक नेताको रुपमा चिनिने उपमहासचिव भुसालले महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारी थालेको बुझिन्छ।एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ ।

हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधन सहित पारित गर्दै महाधिवेशनको मिति समेत टुंगो लगाइसकेको छ।राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

विधान महाधिवेशनबाट एमालेको पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइसकेको छ । सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ ।

पदाधिकारीहरूमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ। आजै आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्था बाहेक आफूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

तस्तै, जनता समाजवादी पार्टी, नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउने क्रममा आफ्ना गुटका ‘यादव’ जातीलाई मात्रै सिफारिस गरेपछि शुरु भएको प्रदर्शन सर्लाहीसम्म पुगेको छ।

उपेन्द्रले प्रत्यक्ष निर्वाचित र राम्रा सांसद एवम् नेताहरूलाई मन्त्री नबनाएर गुटभित्रका ‘धुपौरे’हरूलाई बनाएपछि जसपामा बबण्डर मच्चिएको छ। उपेन्द्रको हर्कतविरुद्ध सर्लाहीको बयलबासमा जसपाका कार्यकर्ताले मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरू सर्लाही– १ बाट निर्वाचित सांसद प्रमोद साहका समर्थक हुन् । साहलाई मन्त्री नबनाएको झोँकमा कार्यकर्ताले उपेन्द्रको कर्मकाण्ड गरेका हुन् ।

प्रदर्शनकारीहरूले उपेन्द्रलाई असहयोग गर्ने जनाएका छन् । उनीहरूले उपेन्द्र यादव– मुर्दावाद, प्रमोद साह जिन्दावाद, यादवको मात्रै जातीय राजनीति बन्द गर, उपेन्द्र कुत्ता, काला नाग मुर्दावाद जस्ता नाराहरू लगाएका थिए ।

सर्लाही जिल्ला क्षेत्र नं. १ बाट साह तत्कालीन राजपाबाट शानदार मतका साथ निर्वाचित भएका थिए । राजपामा हुँदा महन्थ ठाकुरले साहलाई मन्त्री दिएका थिएनन् । मन्त्री बन्न ठाकुरलाई छाडेर उपेन्द्रको पछाडि लाग्दा पनि साहलाई धोका भएको छ ।

साहका समर्थकहरूले उपेन्द्रले मन्त्री नबनाएर ठूलो अन्याय गरेको भनेर प्रदर्शन गरेका छन् । यसअघि, पर्साको वीरगञ्जमा पनि उपेन्द्रविरुद्ध ठूलो प्रशर्दन भइसकेको छ । उपेन्द्रलाई फोन गरेर तराईका कार्यकर्ताले गालीगलौज गरेपछि मोबाइल फोन अफ गरेर बसेका छन् । आलोचना भएपछि उपेन्द्र सम्पर्क विहीन भएका छन् ।

जसपाका नेता एवम् सांसद प्रदीप यादवका समर्थकले वीरगञ्जमा उपेन्द्रका विरुद्ध प्रदर्शन गरेर जुरुक्कै उचालेका छन्। मन्त्री सिफारिससँगै उपेन्द्र यादवको दिनगन्ती शुरु भएको छ । उपेन्द्र यादवले फेरि एक पटक आफ्नो अनुदार र निरंकुश जातीवादी चरित्र देखाएका छन्। उपेन्द्रले आफूलाई सुधार्न सकेका छैनन्।

उनको यो हर्कतले तराई मधेशका लाखौँ कार्यकर्ताको मन भाँच्चिएको छ । चीनसँग निकट रहेको आरोप खेप्दै आएका उपेन्द्रलाई कार्यकर्ताले तराईका जिल्लाहरूमा छिर्न नदिने समेत चेतावनी दिएका छन् ।

यसैगरि,  प्रधानसेनापति प्रभुराम शर्माको घोषणाले देशभरका सैनिकहरुमा खुसीयाली छाएको छ। नियुक्त भएदेखि नै सैनिकको मन जित्ने काम गर्दै आएका उनले अर्को प्रशंसायोग्य घोषणा गरेका हुन्। नेपाली सेनाले दशैं विदामा घर फर्किने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस र हवाइ जहाजबाट निःशुल्क पुर्‍याई दिने भएको छ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिन लागिएको हो।

प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए। नेपाली सेनाले दशैंमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निःशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता ९सहायक रथी० सन्तोष बल्लभ पौड्यालले बताए । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ ।

अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निःशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउने छन् ।

प्रतिक्रिया