आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफ्नै छोराका कारण उपेन्द्र यादव ठूलो टेन्सनमा, खाना रुच्न छोड्यो

प्रकाशित
2.2K
SHARES

काठमाडौ। छोराका कारण जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादव दुई दिनदेखि टेन्सनमा रहेको खबर छ। उनले मन्त्री बनाइएकाहरूलाई लिएर पार्टीभित्रै मात्रै होइन परिवारभित्रै असन्तुष्टि देखिएको हो। उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले फेसबुकमा स्टाटस लेखेर जमानत जफत भएकाहरूलाई मन्त्री बनाएर ठूलो गल्ती भएको जनाएका छन् ।

अमरेन्द्रले मन्त्री छनौट र सिफारिसप्रति असन्तुष्टि जनाएका हुन्। उपेन्द्र यादवका आफ्नै छोराले असन्तुष्टि जनाएपछि जसपाभित्र कति ठूलो विद्रोह होला भनेर अनुमान लगाउन सकिन्छ। अमरेन्द्रले मन्त्रीहरूलाई शुभकामना दिन नसकिने पनि भनेका छन्।

दुर्भाग्यपूर्ण मनोनयन केन्द्रीय कार्यकारिणीदेखि अधिकारिकतासम्म अहोरात खट्ने जनताका नायकहरू छुट्ने र कोठे बैठकहरूमा रमाउने बिगतका चुनाव र भविष्यमा पनि जमानत जफत हुनेहरूको बोलवाला देखेर मन दुःखित भयो’ अमरेन्द्रले फेसबुकमा लेखेका छन्। उनले भनेका छन्, ‘रामसाहायजी र राजेन्द्रजी बाहेकलाई शुभकामना दिन असमर्थ छु।

जसपाबाट चार जना मन्त्री बनेका छन्। मन्त्री बन्नेहरूमा महिन्द्र राय यादव र रेणु यादवप्रति छोरा अमेरन्द्रको आक्रोश छ। जसपामा राम्रा र संगठन गरेका सांसदहरूलाई मन्त्री बनाएको छैन । महन्थ ठाकुरलाई छाडेर आएका सांसदहरू पनि मन्त्री बन्न पाएका छैनन्।

तेस्तै,  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा चौतर्फी प्रश्न उठेपछि राजीनामा दिन तयार भएका छन्। पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनले राजीनामा दिने मनस्थिति बनाएका हुन्।

गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए ।

नभन्दै उनीसँग नाम जोडिएका हमाल मन्त्री भए । हमाल मन्त्री भएकै दिनदेखि प्रधान्यायाधीश जबराको राजीनामा मागिनेदेखि महाभियोग लगाउनुपर्नेसम्मका माग उठेका थिए ।

तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाईएका हमालले आजै पदबाट राजीनामा दिईसकेका छन् । उनले स्वविवेक प्रयोग गरेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

बरिष्ठ अधिवक्तादेखि पूर्व महान्यायाधिवक्तासम्मले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । उनीहरुले प्रधान्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको भन्दै अब एक सेकेण्डपनि पदमा बस्ने अधिकार नभएको धारणा राखेका थिए ।

सर्वोच्च अदालतनिकट विश्वस्त सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएका छन् । न्यायालयमा राजनीति घुसाउने काम दलका नेताहरुले गरेको भन्ने प्रधानन्यायाधीश जबराको गुनासो रहँदै आएको छ ।

खासगरी न्यायाधिश नियुक्ती गरिँदा भागबण्डाको आधारमा गरिएको र राम्राभन्दा पनि आफ्ना मान्छेलाई नियुक्ती गरिँदा अदालतमा एकपछि अर्को गरेर राजनीति हाबी भएको भन्ने उनको बुझाई छ । तर, दलका नेताहरुले भने न्यायलयमा राजनीति भएको भनेर बाहिर टिकाटिप्पणी गर्दा पनि उनलाई चित्त बुझेको छैन् ।

तत्कालिन कानूनमन्त्री अजयशंकर नायकको पालामा उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तीमा पनि दलहरुले भागबण्डाको आधारमा नियुक्ती गरेका थिए । यसमा पनि उनको सुरुदेखि नै गुनासो रहँदै आएको थियो ।

८० जनाको नियुक्ती संविधानसम्मत नभएको भनेर सबै पक्षबाट विरोध र आलोचना हुँदापनि सरकारमा बस्नेहरुले त्यतिवेला एकलौटी गरेका थिए । हुन त तत्कालिन मन्त्री नायकले न्यायाधीश नियुक्ती समावेशी र समानुपातिक रहेको दाबी गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो ।

खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो। नाताले हमाल चोलेन्द्रका जेठान हुन्। प्रधानमन्त्री देउवाले भने हमाल कांग्रेसकै पूरानो नेता र अन्यायमा परेकोले आफूले मन्त्री बनाएको स्पष्ट पारेका थिए।

यसैगरि, नेपाली कांग्रेसका नेता गगन थापाले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने जोडदार माग गरेका छ । उनले कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगर्ने भन्दै ढाँट्ने काम ओलीको भएको बताएका हुन्।

आइतबार बिहान काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै थापाले भने “हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,” उनले भने, “ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ। थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको पनि बताए।

उनले भने, सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो।पछि उहाँको राजीनामा आएको सुन्दाखुसी लागेको छ। उहाँले यो गर्न आवश्यक थियो। हमालको परिवारले गरेको योगदान कांग्रेसले कहिल्यै नबिर्सने पनि बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ