आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डका कारण घट्यो बुटवल काण्ड, एसपी सहित १९ प्रहरी को अबस्था गम्भीर

प्रकाशित
4K
SHARES

काठमाडौ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी १९ जना प्रहरी घाइते भएका छन्। जग्गा अधिकरण गर्ने क्रममा सुकुम्बासीको समूह र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीको गोली लागि चार जना सर्वसाधारणको ज्यान गएको छ।

झडपमा परी २ दर्जनभन्दा बढी सर्वसाधारण र १९ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइते हुनेमा रूपन्देहीस्थित सशस्त्रको २७ नम्बर गणका एसपी राजेस उप्रेती पनि छन्। झडपमा मृत्यु हुने एकजनाको सनाखत भएको छ।

मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियार छन्। बाँकी तीन जनाको भने सनाखत हुन नसकेको शिक्षण अस्पताल युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको विषयमा झडप भएको थियो। युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो। १ जनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्यको उपचार हुँदैछ। बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ। उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन्।

चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ।

आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

हिजो प्रचण्डले आगोमा तेल थपिदिए, आज तीन जनाको ज्यान गयो: रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीसँगको झडपमा तीन जनाको ज्यान गएको छ। प्रहरीको गोली लागि तीन जना सुकुम्बासीको ज्यान गएको हो। गोली लागेर घाइते भएकामध्ये तीन जनाको ज्यान गएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए।

प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ। आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे। तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन्।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो। यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चुनाव अगाडि सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने दाबी गरेका थिए। उनको यस्तो दावि सुनेपछि धेरै जना टहरा बनाउन औधोगिक क्षेत्र पुगेका थिए।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताएका थिए।

अब संसद विघटन गरेर चुनावमा जानुपर्छ कांग्रेस नेता : नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानू पर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौ महानगर द्दद्द वडाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै बिगतका कमी कमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएपछि फ्रेस ईलेक्सनमा जानू पर्ने बताएका हुन्।

नेता सिंहले भने, ‘झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्यो रु विधि नमानेपछि कानुन भन्दा ममाथि बसेपछि मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरयो भन्दै अनि ओलि सरकार असफल किन भयो भनेर जाने बुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतत्रको मुल्य मान्यता बिपरित संबिधानको धाराको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकतन्त्रका लागि गम्भीर चुनौती हो।

उनले गत चुनाव अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभाव पर्यो भन्ने कुरा नबिर्सिन समेत अपिल गर्नु गरे। सिंहले देउवा सरकार ले यतिका दिन लगायर पुर्णता पाए पछि उठेका गम्भीर प्रश्नमाथि ख्याल–ख्याल सोच्न नहुने समेत बताएका छन्।

नेता सिंहले पार्टी भित्रका केही मान्छेहरुका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनु पर्ने भन्दै पदमा बस्नेले जे मनलागो गर्ने अनि जनतामा हामीले जवाफ दिदै ढाकछोप गर्नु पर्ने अनि आफ्नै नेतालाई खुलाउने काम गर्यो भन्ने मिल्छ भन्दै कडा असन्तुष्टि ब्यक्त गरेका छन्।

पार्टी भित्रको एउटा समूह सुरुदेखि नै आफू बिरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबिको छोरा भएर विरासतको राजनीति गर्यो भन्ने आरोपको पनि कडा प्रति वाद नेता सिंहले गरेका थिए ।आफू बाबू आमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै बिद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दःुख कस्ट संघर्ष गर्दै जेल नेल भोगेर अगाडि बडेको उनले बताएका छन्।

आफू जागिर खाएर व्यापार ब्यवसायमा लागेर अनि रिटाड लाईफ राजनिती गर्न आएको हैन् भन्ने कुरा ख्याल गर्न समेत आग्रह गरे । एकथरीले पार्टी भित्रका राज कुमार भनेर हल्ला फैलाएका भन्दै राजकुमार बनेर राजनीति गर्ने गरेको भन्दै आफू कुनै राजकुमार बनेर राजनीतिमा प्रबेश नगरेको कुरा हेक्का राख्न समेत आग्रह गरे ।

आफू सभापतिको तयारिमा लागे पछि केही नियोजित रुपमा आफू बिरुद्ध गलत प्रचार गर्न लागेको प्रकाशमान लाई कहिले नेवार वाद लगाउने कहिले काठमाडौ संग मात्रै जोड्ने गरेको भन्दै यसप्रति आपति ब्यक्त गरे।

रिटायर्ड लाईफ बिताउन राजनीतिमा लागेकाले गरेको दौडधुपलाई बुझन समेत आग्रह गर्दै आफू पटक–पटक देशका दुरदराज हिमाल पहाड तराई ७७ ओेटै जिल्ला पुगेको समेत बताए ।नेता सिहले अवसर पायर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पुरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरा लाई आफुले सहि भन्न नसक्ने बताए ।

कांग्रेसको कमजोरीको कारण कम्यिुनिष्ट सतामा पुगेर लोकतन्त्रनै समाप्तिको बाटोमा लागेकाले अब लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्छ भन्दै बलियो कांग्रे का लागि नेतृत्व परिबर्तन अपरिहार्य रहेको बताए।

प्रतिक्रिया