आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोतीपुर अपडेट, ४ जनाको ज्यान गयो, सिडिओ वेपत्ता

प्रकाशित
853
SHARES

काठमाडौ। बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको विषयमा झडप हुँदा ४ जनाको ज्यान गएको। घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो। १ जनाको उपचारको क्रममा मृत्युभएको हो। अन्यको उपचार हुँदैछ। प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ।

बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ। उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन्। चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ। तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन्।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन्। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ। आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

हिजो प्रचण्डले आगोमा तेल थपिदिए, आज तीन जनाको ज्यान गयो: रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीसँगको झडपमा तीन जनाको ज्यान गएको छ। प्रहरीको गोली लागि तीन जना सुकुम्बासीको ज्यान गएको हो। गोली लागेर घाइते भएकामध्ये तीन जनाको ज्यान गएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए।

प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ। आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे। तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन्।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो। यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चुनाव अगाडि सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने दाबी गरेका थिए। उनको यस्तो दावि सुनेपछि धेरै जना टहरा बनाउन औधोगिक क्षेत्र पुगेका थिए।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताएका थिए।

विधान बनाउनेले नै मान्दैनन् संविधान, उदाहरण हुन् प्रदेश १ का मुख्यमन्त्री आचार्य: विधान बनाउनेले नै संविधानको कार्यान्वयन गर्न छाडेका छन्। यसको ज्वलन्त उदाहरण हुन् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य। संविधानसभाको मस्यौदा समितिमा रहेर विधान बनाएका आचार्यले आफैँले संविधान उल्लंघन गरेका छन्।

३० दिनभित्रमा विश्वासको मत लिने संवैधानिक व्यवस्था भए पनि मुख्यमन्त्री आचार्यले त्यसको ठाडो उल्लंघन गरेका छन्। मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई उनले आफूअनुकूल व्याख्या गर्ने गरेका छन्। विधान बनाउने र कार्यान्वयन गर्नेले यस्तो हर्कत देखाउनु राम्रो नभएको विपक्षी गठबन्धनको भनाइ छ।

विश्वासको मत चाहिएको प्रस्ताव संसद्‌मा पेस नै नगरी ५ कात्तिकसम्मका लागि प्रदेश बैठक स्थगित भएको छ। आज बसेको बैठकमा विपक्षी गठबन्धन दलका नेताहरूले सभामुख प्रदीपकुमार भण्डारीप्रति कटाक्ष गरेका थिए। मुख्यमन्त्रीले संविधानलाई कुल्चिँदासमेत सभामुख मुक दर्शक मात्र भएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए।

‘सभामुखको विरोध भएपछि २५ असोजका लागि बोलाइएको बैठक ५ कात्तिकका लागि सारिएको छ’ विपक्षी गठबन्धनका एक नेताले भने,‘उहाँलाई अब सभामुख मानौँ कि एमालेका नेता मानौँ, हामी नै अचम्ममा परिरहेका छौँ।शनिबार शुभकामना दिन भन्दै संसदीय दलका नेताहरूलाई फोन गरेका सभामुख भण्डारीले अविश्वासको प्रस्ताव दशैँपछि मात्र अगाडि बढाउन सहयोग गरिदिनसमेत आग्रह गरेका थिए।

उहाँले मलाई अप्ठ्यारोमा नपारिदिनुहोस्, सहजीकरण गरिदिनुपर्‍यो भन्नुभएको छ’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने,‘तपाईंबाट संविधानको पालना हुनुपर्छ, त्यसमा विधानले के भन्छ, त्यही गर्नुहोस्। हामी सहजीकरण गर्न तयार छौँ भने पनि मुख्यमन्त्रीले दशैँमा मासु खाने योजना सुनाउनुभएको थियो।

त्यही योजनालाई उहाँले पनि साथ दिएको देखियो। बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने तयारीमा गठबन्धन रहेका छन्। भोलि प्रदेश प्रमुखकहाँ गएर ध्यानाकर्षण गराउने र संविधानको रक्षाका लागि आग्रह गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए।

विपक्षी गठबन्धन दलहरूले दशैँका मुखमा बोलाइएको संसद् दशैँमा समेत रोक्न नपाइने माग राखिरहेकै बेला सभामुखले आजै साँझ सूचना टाँसेर संसद् स्थगन गरेका छन्।

आचार्य १० भदौमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा भने ९ भदौमै एमाले फुटेर नयाँ पार्टी बनेको थियो। उनले दुई पटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन्।

प्रतिक्रिया