आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृह मन्त्रालय भित्रको अर्को ठुलो काण्ड बाहिरियो, पति-पत्नी दुवै तनावमा

प्रकाशित
8K
SHARES

काठमाडौ। आफ्नै हात जगन्नाथ हुँदा पतिले पत्नीका लागि कुन हदसम्म खेलो फड्को गर्न सक्छन् भन्ने एउटा उदाहरण फेला परेको छ। गृहको कर्मचारी प्रशासन महाशाखाका प्रमुखले पत्नीको प्रगतिका लागि सक्दो बल गरेपछि अहिले त्यहाँका कर्मचारीहरुमा खैलाबैला छ।

गत भाद्र २३ मा गोविन्दप्रसाद रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा खटाइएपछि कप्रको जिम्मेवारी पाए सुनिल खनालले। यही कार्तिकमा ५८ बर्षे उमेर हद लागेर घर जान लागेका उनले गृहको कर्मचारी प्रशासन महाशाखामा बसेर पत्नी सुप्रभाका लागि गर्न मिल्ने नमिल्ने सबै खाले प्रवन्ध गरेसँगै अहिले गृह कर्मचारी प्रशासनमा हलचल निम्तिएको हो।

काठमाडौं र ललितपुर दुबै जिल्ला अहिले दैलेखको पकडमा छ। काठमाडौंमा सहायक सिडिओ रहेकी कल्पना घिमिरे नेपाललाई गृहमा तानेर त्यहाँ सुप्रभालाई पठाउने अन्तिम तयारी भइरहेको बताइन्छ।

सहसचिव खनालले गृहका क्याडरभन्दा बाहिरकी पत्नी सुप्रभा खनाललाई हालै उर्जाबाट गृहमा तानेर शुक्रवार काठमाण्डौको सहायक सिडियो बनाएका छन्। सरकारले गत १५ असोजमा एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ। जसमध्ये गृहबाट १६ बाहिरिए भने १६ जना नै बाहिरकालाई गृहमा भित्राइयो।

यसरी बाहिरबाट गृहमा तानिनेहरुमा उद्योग,वाणिज्यबाट सूर्य खत्री,सार्वजनिक खरिदका शेखर पौडेल,श्रम रोजगारका फणिन्द्र दाहाल,संघीय मामिलाबाट अनोजकुमार घिमिरे, उर्जा, जलश्रोतबाट सुप्रभा खनाल,भूमि व्यवस्थाबाट वासुप्रसाद कोइराला, अख्तियारका रविन्द्रप्रसाद आचार्य, लोकसेवाबाट गणेशप्रसाद पौडेल,भूमि व्यवस्थाबाट पुष्कर राना, संघीयबाट विश्वराज मरासिनी,संघीयबाटै काशिराम गैरे, अञ्जन न्यौपाने, चेतनाथ बराल,मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट मोहनप्रसाद अर्याल हुन्।

तिनैमध्येका अधिकांश उपसचिव गृहमा हाजिर गर्ने र फर्कनेमा सीमित छन्। कोही भने सिडिओ बनेर बाहिर गैसके तर पतिदेव नै गृहमा कर्मचारी प्रशासनको हर्ताकर्ता भएपछि पत्नीका लागि काठमाडौंको सहायक सिडिओ बनाउने काम फत्ये भएको छ।

गृह स्रोतले दिएको जानकारीअनुसार, सहसचिव खनालले पत्नीलाई ललितपुरका सहायक सिडिओ ललितकुमार बस्नेतलाई हटाएर त्यहाँ खटाउन खोजेका थिए तर एमाओवादीले सिडिओ र सहायक सिडिओ दुबै कांग्रेस निकटको हुँदैन भनेर विरोध गरेपछि रोकिएर काठमाण्डौतिर मोडिएको छ।

यसअघि भक्तपुरका सिडियो प्रेम भट्टराई सम्पत्ति शुध्दिकरणतिर पठाइएपछि त्यहाँ गुल्मीबाट रुद्रादेवी शर्मालाई सिडिओको रुपमा तानिएको छ भने हालैमात्र गृहले सहायक सिडिओको रुपमा सीता परियारलाई खटाएको छ।

काठमाडौं र ललितपुर दुबै जिल्ला अहिले दैलेखको पकडमा छ। काठमाडौंमा सहायक सिडिओ रहेकी कल्पना घिमिरे नेपाललाई गृहमा तानेर त्यहाँ सुप्रभालाई पठाइएको हो। गृहमा कर्मचारी प्रशासनभित्र भद्रगोलको श्रृंखला यतिमै सकिँदैन।

झण्डै दुई दर्जन सहसचिव अहिले जिम्मेवारी बिहिन छन्। उनीहरु बरण्डामा सीमित छन् । हालैमात्र गृहमा तानिएका र जगेडामा राखिएका गरी दुई दर्जन हाराहारी उपसचिव पनि जिम्मेवारीविहिन अवस्थामा छन्।

उता एकजना सहसचिवले उपत्यकाको सिडिओ बन्नकै लागि आफूले चढ्दै आएको सवारी गृह मन्त्री बालकृष्ण खाँणका स्वकीय नरेन्द्र जिसीलाई उपहार चढाएको खबर छ।

मन्त्री बनेको दुईदिन मै वाक्कदिक्क भए प्रेम आले, भन्छन्ः अब यो मन्त्रालय चलाउन सकिदैंन्: मन्त्री बनेको दुईदिन मै प्रेम आले वाक्कदिक्क भएका छन्। उनले पर्यटनमन्त्रालय चलाउन नसक्ने अभिव्यक्ती दिएका हुन्।

तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका सांसद प्रेमबहादुर आले शुक्रबार शपथ लिई सकेपछि जब पर्यटन मन्त्रालयले छिरे उनको मन्त्रालयलप्रतिको असन्तुष्टि कायमै देखियो।

मन्त्रालयमा कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनले हालकै यथास्थितीमा पर्यटन मन्त्रालय चलाउन नसकिने भनिदिए। ९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो। उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे।

‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७÷२८ अर्ब ऋण छ। तर, हाम्रा जहाज घाममा सुतिरहेका छन्। जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु प¥यो। उडाउनु प¥यो,’ उनले भने।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्री पनि सहभागी भएको कार्यक्रममा उनले दुवै जनालाई इंगित गर्दै भने, ‘पहाडका जिल्लामा १०÷१५ करोडका एयरपोर्ट बनेका छन्। तर हामीसँग जहाज छैन। टुइनटर, एटीआरको अभाव छ। त्यतातिर पनि हाम्रो ध्यान जानु पर्छ।

मन्त्रालय मातहतका विभाग, समिति, संस्थान, संग्राहलय लगायतका निकायका करिब ६० हाराहारी मुख्य पदाधिकारीमाझ उनले प्रधानमन्त्रीसँगै हालै भएको एउटा संवाद पनि सुनाए। त्यो सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय थियो।

उनले आफू निर्वाचित डोटी र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा जोडिएको प्रसंग निकाल्दै आफ्ना लागि काम गर्न अनुकूल समय रहेको बताउँदै भने, अहिले सजिलो र सरल समय छ। डोटी र डडेलधुरा जोडिएको जिल्ला हुन्।

उनले अहिलेको बजेटमा पनि यस विषयमा प्रसंग आएकाले सरकारको स्रोत, बुट वा अन्य कुनै मोडल सुझाउन नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशकलाई निर्देशन दिए। पर्यटन मन्त्रालय सम्हाल्न आइपुगेका आलेले तत्काल निगमको असारदेखि जारी ट्रेड युनियनको आन्दोलनलाई सुरक्षित अवतरण गराउनु पर्ने पहिलो दायित्व छ।

यसका साथसाथै कोभिडले थला परेको नेपालको पर्यटन बजारलाई चलायमान बनाउनुपर्ने, हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा रोकिएको विधेयकलाई निष्कर्षमा पु¥याउँदै ईयूको कालोसूचीबाट नेपाली वायुसेवा कम्पनीलाई निकाल्नु पर्ने देखिन्छ।

प्रतिक्रिया