आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालको नयाँ घोषणाले बालकोटमा खुशीयाली, के गर्लान ओली ?

प्रकाशित
0.9K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशेष घोषणा गरेका छन्। नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी बनाएका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने बताएका छन्।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए । अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने।

आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने, नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला । एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे।

‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ।

निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।

‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ।

यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु । वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे।

ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए। आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।

यसैगरि,  नेकपा एमालेका उपाध्यक्ष भिम रावलले परमादेशको भाग खाने प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा र भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिएका छन् । चोलेन्द्रका जेठानले राजीनामा दिएपछि रावल झनै आक्रोशित बनेका हुन्। उनको एउटै ट्वीटले राजनीति तरंगित बनेको छ।

चर्को आलोचना पछि चोलेन्द्रको कोटा बाट मन्त्री बनेका गजेन्द्र हमालले नैतिकताका आधारमा भन्दै राजिनामा दिए पछि नैतिकता देखाउन प्रधानन्यायाधिश र प्रधानमन्त्रीले सक्ने की नसक्ने भनी रावलले प्रश्न गरेका छन्।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न रु भनि ट्विटरमा प्रश्न गरेका छन्। निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै व्यापक आलोचना भएपछि हमालले विवादमा नफस्ने भन्दै पदबाट राजीनामा दिएका थिए । ​सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि आफूले पदबाट राजीनामा दिएको हमालले बताएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू१ म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्।

‘हाल विभिन्न सञ्चाचारमाध्ययमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ।

तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।

कांग्रेस नेताहरूका अनुसार हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन्। उनी २०२७ सालदेखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका नेता हुन्।

प्रतिक्रिया