आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालि कांग्रेसमा भुकम्प, सचिवालय सदस्य सहित ६१ जना एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित
371
SHARES

काठमाडौ। गोरखाको गण्डकी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको प्रथम भेला सम्पन्न भएको छ ।गाउँपालिकाको वडा–४ मा आयोजित भेलाले ५१ सदस्यीय समिति समेत चयन गरेको छ । भेलाले सुमन लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो।

जसको इन्चार्जमा रामजी मगर रहेका छन् भने सचीवमा सुशील पन्त र कोषाध्यक्षमा बिनोद पन्त चयन भएका छन्। त्यस्तै भेलाले गण्डकी गाउँपालिका स्तरीय पिपुल्स भोलेन्टियर समेत गठन गरेको छ। सुजन पन्तको सम्योजकत्वमा ३१ सदस्यीय पिपुल्स भोलेन्टियर गठन गरिएको हो।

जसको सहसम्योजकमा सुमन गैर रहेका छन्। गण्डकी गाउँपालिका ४ निवासी शंकर पौडेलको नेत्तृत्वमा ६१ जनाले कांग्रेस परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। यो खबर सुनेपछि नेपालि कांग्रेसमा खैलाबैला मचिएको छ।

नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्ष यादव बस्नेतको प्रमुख आथित्यतामा सप्पन्न भेलामा गण्डकी प्रदेश सचिवालय सदस्य विश्वेश्वरप्रसाद कट्टेल, समाजवादीका गण्डकी गाउँपालिकाका अध्यक्ष उत्तमराज पन्त, युवा संघका जिल्ला अध्यक्ष शिवराज पौडेल, युवा संघकी जिल्ला इन्चार्ज रेखा लोप्चन, पिपुल्स भोलेन्टियरका जिल्ला सम्योजक धुर्व अधिकारी लगाएतको उपस्थिति रहेको थियो।

यसैगरि , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् । जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए ।

अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने,’ नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला ।’ एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे ।

‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ।

यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ।

तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु ।’वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे ।

ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।

देउवालाई ओलीको प्रस्ताव- एमसीसी पास गरौं प्रचण्ड-माधबले सहयोग नगरे एमालेले गर्छ: प्रधानन्यायाधीश चोलेन्द्रसमेशर राणालाई समेत भाग लगाएर चार दलको सरकार विस्तार गर्न शुक्रबार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सवाल जवाफ भएको छ ।

देउवा र दाहालबीचको सत्ता गठबन्धनको आयुका विषयमा सवालजवाफ भएको हो। यी दुई नेताबीच सत्ता गठबन्धनको भविष्यका विषयमा सवाल जवाफ हुँदा गठबन्धनका दुई नेताहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए।

समाचारअनुसार, देउवाले सरकारले राखेका प्रस्तावहरुमा विपक्षी दल नेकपा एमाले र त्यसका नेता केपी ओलीको सपोर्ट लिनुपर्ने अवस्था नआओस् भन्नेतर्फ विचार पुर्‍याउन गठबन्धन दलका नेताहरुसँग आग्रह गरेका थिए।

उनले संसदको बैठकमा प्रस्तुत गर्ने सरकारका प्रस्तावहरुमा सत्तारुढ दलहरुको समान धारणा हुनुपर्ने सर्त राख्दै मन्त्रिपरिषद्को विस्तार गरेरमात्रै नहुने त्यहीअनुसार, दलहरुबीचको धारणा पनि मिल्नुपर्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनको पहिलो काम सरकारको पूर्णता दिनु हो बाँकी विषयमा छलफल गर्दै जान सकिने जवाफ फर्काएका थिए।

ओलीले एमसीसीलाई संसदमा पेश गरेर देखाउन र संसदमा छलफलमा ल्याउन सल्लाह दिएको, संसदमा सत्तारुढ दलकै बहुमत भएकाले विपक्षीले सपोर्ट गर्नु नपर्ने तर देउवालाई सत्तारुढ दलले समर्थन नगरे आफूले विचार गर्न सक्ने जवाफ पठाएको कुरा पनि देउवाले गठबन्धन दलका नेताहरुको सो बैठकमा सुनाएका थिए।

यो कुरामा प्रधानमन्त्री देउवाले चित्त बुझाएनन्। सांकेतिकरुपमा समान धारणाको कुरा गरिरहेको देउवाले संसदको आगामी बैठकमा सरकारले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी पेश गर्ने त्यसमा फरक धारणा अरु दलको प्रस्तुत हुनु नहुने भन्दै प्रचण्डलाई पुन जवाफ फर्काए।

स्रोतका अनुसार, आज मन्त्रिमण्डल विस्तार गरौं, सरकारमा सहभागिता नभई दलहरुको समान धारणाको अपेक्षा किन गर्नेरु भन्दै दाहालले देउवालाई नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि सरकारमा आएपछि बाँकी विषयमा छलफल गर्न सकिने कुरा गरेर देउवाको प्रस्तावलाई टार्न खोजेका थिए।

तर, देउवाले दाहाललाई जवाफ दिन छोडेनन्। उनले सरकारका प्रस्तावमा ओलीको सहयोग लिनुपर्ने अवस्था आउन नहुनेतर्फ सजग हुन दाहाललाई सचेत गराए।

ओलीले एमसीसीलाई संसदमा पेश गरेर देखाउन र संसदमा छलफलमा ल्याउन सल्लाह दिएको, संसदमा सत्तारुढ दलकै बहुमत भएकाले विपक्षीले सपोर्ट गर्नु नपर्ने तर देउवालाई सत्तारुढ दलले समर्थन नगरे आफूले विचार गर्न सक्ने जवाफ पठाएको कुरा पनि देउवाले गठबन्धन दलका नेताहरुको सो बैठकमा सुनाएका थिए।

देउवाको प्रष्ट कुरा एमसीसीमा प्रचण्डले समर्थन नगरे विस्तार हुने मन्त्रिपरिषद्को आयु छोटो हुन्छ, ओलीको सपोर्ट लिनु पर्ने अवस्था आउन दिनु अर्को समीकरण बन्नु हो भन्ने थियो।

दुई नेताबीचको सवाल जवाफमा सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले आफ्नो पार्टीले सत्ता गठबन्धन नछाड्ने तर सत्तामा पनि नजाने र एमसीसीको पक्षमा भोट पनि नदिने स्पष्ट पारेकी थिइन्।

एमसीसीबारेको यो सवाल जवाफमा माधव नेपाल र उपेन्द्र यादवले कुनै प्रतिक्रिया जनाएका थिएनन्। उनीहरु सुनेरमात्र बसेका थिए। प्रधानमन्त्री देउवा जतिसक्यो चाँडो एमसीसी संसदमा पेश गर्नुपर्ने पक्षमा छन् भने सत्ता गठबन्धनका अन्य घटक गठबन्धनमा साझा धारणा बनाएर मात्रै संसदमा पेश गर्नुपर्ने पक्षमा छन्।

प्रतिक्रिया