आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत, विश्वभर तरङ्ग

प्रकाशित
643
SHARES

एजेन्सी। चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै त्यस्तो संकेत गरेका हुन् ।सन् १९११ को क्रान्तिको ११०औं वर्षगाँठमा आयोजित विशेष समारोहलाई शनिबार बेइजिङको ग्रेट हलमा सम्बोधन गर्दै सीले ताइवानको प्रश्न पुर्नएकीकरणका रुपमा हल हुने बताए।

उनले ताइवानको विषयको मिसनलाई गम्भीर भन्दै देशलाई धोका दिनेले इतिहासको कठघरामा उभिनुपर्ने चेतावनी समेत दिए। चिनियाँ राष्ट्रपति सीले दिएको अभिव्यक्तिलाई ताइवानलाई चीनबाट अलग राख्न चाहने विदेशी शक्तिलाई समेत चेतावनीको रुपमा लिइएको छ।

चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले सीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै चीनको पुनः एकीकरण प्रक्रियालाई कसैले रोक्न नसक्ने भनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी सन् १९११ मा भएको क्रान्तिका नायक सन यात्सेनको विचार र चीनको एकीकरणको मिसनको विरासत भन्दै ग्लोबल टाइम्सले ताइवानको प्रश्न शान्तिपूर्ण माध्यमले हल होस् भन्ने चाहना भएपनि आवश्यक परे बल प्रयोग हुने विषय उल्लेख गरेको छ। सीले ताइवान चीनकै रहेको भन्दै गाभ्ने कडा सन्देश दिएका छन्।

ताइवानको सवाल अबको दुई वर्षभित्र समाधान हुने ग्रेट हलको सम्मेलनमा सहभागीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। सन् २०२४ भित्र गाभ्ने योजना समेत खुलाइएको छ।

ताइवानले चीनले सन् २०२५ भित्र कब्जा गर्ने योजना बनाएको विषय बाहिर ल्याइरहँदा ग्रेट हलबाट नयाँ सन्देश प्रवाह भएको छ। चीनले पछिल्लो समय ताइवानको हवाई क्षेत्रमा युद्धक विमानहरु उडाउन थालेको छ। त्यसले उक्त क्षेत्रमा तनाव बढेको छ।

यसैगरी, अमेरिका र यूरोपेली मुलुकहरुले ताइवानमाथि चीनले कुनैपनि बेला आक्रमण गर्न सक्ने भन्दै चासो बढाएको छ। फ्रान्सको टोली ताइवान पुगेको छ। अमेरिकाले असल मित्र भन्दै ताइवानलाई साथ दिने बताएको छ। यसले ताइवानको टापुमा तनावको स्थिति बढेको छ। त्यहाँ कुनैपनि बेला युद्धको खतरा छ।

ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको छैन। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रुपमा प्रस्तुत गर्दै आएको छ। ताइवानसँग ३ लाख सेना र शक्तिशाली हतियार छन्।

यसैगरि , चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनस्एकीकरणको मार्ग पछ्याउने बताएका हुन्।

चीनको पुनस्एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो । आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दुस्खद अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने ।

राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे ।

ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन’, सीले भने, ‘चीनको पुनरएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ।

अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ ।

ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ।

चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन्।

प्रतिक्रिया