आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्रीका छोरा पक्राउ, यस्तो गम्भीर छ अभियोग

प्रकाशित
8.9K
SHARES

काठमाडौ। लखिमपुर हिं’साको सातौ दिन मुख्य आरोपी आशिष मिश्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। रुमालले मुख छोप्दै अपराध महाशाखा पुगेर उनले आत्मसमर्पण गरेका हुन् । उनी भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा हुन्।

मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन्। यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ। उनले आफु घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्। आशिषसँग सोध्नका लागि प्रहरीले पनि झन्डै ४० वटा प्रश्नहरु तयार गरिसकेको छ।

के भएको थियो ? भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिं’सा र आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो। यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए।

त्यहीक्रममा किसानहरुले पनि कालो झन्डा देखाउँदै उनको विरोध गरे। त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरु धर्नामा बसेका किसानहरुलाई किचेर तेजसँग अघि बढे । चारजनाको किसानको यसक्रममा ज्यान गयो भने एक दर्जनभन्दा धेरै घाइते भए । त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृत्यु भयो।

गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कुल्चिएको र एकजना किसानमाथि गो’ली हानेको आरोप छ । यस घटनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृत्यु भएको थियो । गाडीमा ठक्कर खाएपछि उनी सडक किनारमा रहेको पानीमा डुबेका थिए।

नेपाल भारत सीमा क्षेत्रमा भीषण हिंसा भएको छ । कैलाली जिल्लाको टिकापुर बजारको ठिक पारिपट्टी तिकुनियामा भएको हिंसा र आगजनीमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ। यसरी मारिनेमा ४ जना किसान छन् । मारिने अन्यमध्ये २ जना भारतीय जनता पार्टीका कार्यकर्ता र २ जना ड्राइभर छन् ।

नेपाल–भारत सीमा नजिकै हिंसा भइरहेको भए पनि यसको प्रभाव अहिलेसम्म नेपालमा नपरेको र यसले नेपालमा खतरा निम्त्याउने जोखिम अहिलेसम्म नदेखिएको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन्।

अहिलेसम्म नेपालमा यसले अतरा उत्पन्न हुन सक्ने स्थिति देखिएको छैन तर यस विषयमा म निरन्तर सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीसँग सम्पर्कमा छु’ रिजालले डिसीनेपालसँग भने ‘हामीले स्थितिको निगरानी गरिरहेका छौं । जोखिम देखिए आवश्यक कदम चालिनेछ।

बीबीसी हिन्दीका अनुसार आइतबार उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्य पूर्वनिर्धारित कार्यक्रमअनुसार लखिमपुर खिरीमा थिए। उनले वंदन गार्डेनका सरकारी योजनाको शिलान्यास गर्ने कार्यक्रम थियो। उनी हेलिकप्टरबाट जाने पूर्वनिर्धारित कार्यक्रम भए पनि शनिबार बिहान प्रोटोकल बदलेर सडकबाट आएका थिए।

संयुक्त किसान मोर्चाले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीको कार्यक्रमको विरोध गर्न किसानहरुलाई आह्वान गरेको थियो। दिउँसो १ बजेतिर उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्री नेपालसँग सीमामा रहेको वनवीरपुरका लागि हिँडेका थिए।

यस क्रममा नेपाल सीमाबाट मात्रै ४ किलोमिटर उतापट्टि रहेको तिकुनियामा एक स्कुलमा कुश्ती प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम थियो। अजय मिश्र केन्द्रीय गृह राज्यमन्त्री बनेपछि उनको सम्मानमा आयोजना गरिएको कार्यक्रम धेरै भव्य थियो त्यसैले उपमुख्यमन्त्री प्रमुख अतिथि थिए।

केही दिन पहिले लखीमपुरको सम्पूर्णनगरमा मन्त्री अजय मिश्रले किसानहरुलाई धम्क्याएका थिए । उनले कालो झण्डा देखाउने किसानहरुलाई चेतावनी दिँदै भनेका थिए ‘म केवल मन्त्री होइन, सांसद वा विधायक होइन । जसलाई म सांसद वा विधायक बन्नुभन्दा पहिले मेरो विषयमा थाहा छ उनीहरुलाई यो पनि थाहा होला कि म कुनै चुनौतीसँग भाग्दिन।

र, जुन दिन मैले त्यो चुनौतीलाई स्वीकार गरेर काम गर्छु त्यस दिन पालिया होइन लखीमपुर छोड्नुपर्छ, यो याद राख्नू। मिश्रको यो भनाइका कारण किसानहरु आक्रोशित थिए। आइतबार बिहानदेखि सयौं किसानहरु तिकुनियाको महाराजा अग्रसेन इन्टर कलेजमा बनेको हेलिप्याड घेराउ गरेर कालो झण्डासहित विरोध गरिरहेका थिए।

मन्त्री हेलिकप्टरबाट नभइ सडकबाट आउने खबर पाएपछि किसानहरु तिकुनियाबाट नेपाल भारत सीमाको बनवीरपुर आउने बाटो गाडी राखेर रोकेर बसे । त्यही बेला तीन गाडीहरु तिकुनिया पुगे । किसानहरुका अनुसार यी गाडीहरु किसानहरुको भिडमाथि नै दौडाइयो जहाँ गाडीले किचिएर ४ जना किसान मारिए।

किसानहरुका अनुसार गाडीमा मन्त्रीका छोरा आशिष मिश्र पनि थिए र उनले एक किसानलाई गोली समेत हाने । अजय मिश्राका छोरा आशिष मिश्राले भने आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष प्रमाणित गर्नको लागि प्रमाण पेश गर्ने बताएका छन्।

भाइरल भिडियोमा आक्रोशित भीडले एउटा जीपमा लाठी बर्साइरहेको र गाडिबाट बाहिर निस्किएका २ जनामाथि पनि लाठी बर्साइरहेको देख्न सकिन्छ। मन्त्रीका छोरा आशिष मिश्रले भने आफ्नै कार्यकर्ता मारिएको बताउँदै आफूले किसानहरुको भीडमा गाडी दौडाएको कुरा झुटो भएको दावी गरेका छन्।

प्रतिक्रिया