आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानस्थलमा लफडा, ३० करोड बोकेर दुबई फरार हुन लागेकी युवती पक्राउ

प्रकाशित
563
SHARES

एजेन्सी। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन्। ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड ३० करोड नेपाली रुपैयाँ राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् ।

२० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले प’क्राउ गरेको द सनको समाचारमा जनाइएको छ। सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परिमाणमा नगद फेला पारेका छन्। यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो।

हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ। उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ। अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसैगरि, तेलुगु फिल्म उद्योगको चर्चित जोडी समंगा रुथ प्रभु र अक्किनेनी नागा चैतन्यको सम्बनधविच्छेद भएको छ । नागा र समंथा दुवैले सामाजिक संजालमार्फत शनिबार आफूहरुको सम्बनधविच्छेदको घोषणा गरेका छन् । तर, यही बीचमा बलिउड अभिनेत्री कंगना रनोटले भने समंथा र नागाको सम्बनधविच्छेद हुनुमा बलिउड अभिनेता आमिर खान जिम्मेवार भएको आरोप लगाएकी छिन् ।

आमिरको केही महिना पहिले मात्र पत्नी किरण रावसँग सम्बन्धविच्छेद भएको थियो। कंगनाले सामाजिक संजालमा पोस्ट गर्दै लेखेकी छिन् आफ्नी पत्नीलाई अचानक डिभोर्स दिने दक्षिण भारतीय अभिनेताको बिहे भएको ४ वर्ष र सम्बन्ध सुरु भएको १० वर्षभन्दा धेरै भएको थियो।

हालै उनी एक बलिउड सुपरस्टारको सम्पर्कमा आए जसलाई बलिउडमा डिभोर्स विशेषज्ञको रुपमा पनि चिनिन्छ। उनले कैयौं महिला र बच्चाहरुको जीवन बर्बाद गरेका छन्। यो कुनै अदृश्य चीन होइन, हामी सबैलाई थाहा छ कि म कसको बारेमा कुरा गर्दैछु।

आमिर र चैतन्य हालै आफ्नो आगामी फिल्म लाल सिंह चढ्ढाको सुटिङ गरिरहेका थिए । यही क्रममा उनीहरु एक अर्काको सम्पर्कमा आएका थिए। कंगनाले यही कुरालाई लिएर आमिर खानमाथि आरोप लगाएकी हुन्। समंथा र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा विवाह गरेका थिए। बिहेपछि समंथाले आफ्नो थर फेरेर अक्किनेनी लेख्न थालेकी थिइन्।

हालै यी दुईको सम्बन्ध बिग्रिएको चर्चामा बीच समंथाले आफ्नो सामाजिक संजालमा आफ्नो नाम समंथा रुथ प्रभु बनाएकी थिइन्। उनीहरुले सम्बन्धविच्छेदको घोषणा गर्दा उनीहरुको चौथो एनिभर्सरी आउन ४ दिन मात्र बाँकी थियो।

तस्तै, आइतबार क्रुजमा भएको ड्रग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गिरफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट ड्रग्स पनि बरामद भएको थियो । यी तीनैजनालाई अदालतले १ दिन हिरासतमा राख्न आदेश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चासो बढेको छ ।

मुनमुन दिल्लीकी मोडल हुन्। खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो। अहिले त्यो घरमा कोही बस्दैनन्। मुनमुनकी आमाको गत वर्ष निधन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो । मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्यप्रदेशको सागरमै पूरा गरेकी हुन् ।

पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भाइ प्रिन्सको साथमा दिल्ली गएकी हुन्। मुनमुन एक मोडल हुन्। उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ। उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन्।

उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन्। मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन्। उनले सुटिङ स्टुडियो र फोटोसुटका तस्वीर पनि शेयर गरेकी छिन्। मुनमुनलाई ड्रग्सको सेवन तथा खरिदबिक्री गरेको आरोपमा केस दर्ता गरिएको छ।

प्रतिक्रिया