आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले सुजातासंग १५ बर्षपछि यसरी लिए बदला, मन्त्रिपरिषद बिस्तारपछि खुल्यो यस्तो रहस्य

प्रकाशित
351
SHARES

काठमाडौ। नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट मन्त्रीका लागि सिफारिस भएकी सुजाता कोइरालाको नाम अन्तिममा आएर काटिएको खुलासा भएको छ । कांग्रेसका पूर्वसभापति गिरिजा प्रसाद कोइरालाकी छोरी सुजाताको नाम काटिनमा अनौठो संयोक जुरेको छ ।

कुनै समय गिरिजा बाबुको स्वकीय सचिव भएर काम गरेका निवर्तमान कांग्रेस सभापति स्वः शुशील कोइराला नेपालगञ्जका स्थानीय हुन् । कोइरालाले नेपालगञ्जकै स्थानीय गजेन्द्रप्रसाद हमाललाई देखि सहदैनथे । जो शेरबहादुर देउवा सरकारमा उद्योग, बाणिज्य, तथा आपुर्ति मन्त्री बनेका छन् ।

२०४० सालमा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आएका थिए । त्यस बेला जिल्ला प्रशासन कार्यालयले जिउँदै पक्राउ गर्न नसके मारेर भएपनि बुझाउन आदेश दिएको थियो ।

त्यसको केही समय उनी भुमिगत भएका थिए । त्यति नै बेला कांग्रेस नेता सुशील कोइरालासँग उनको मनमुटाव बढ्यो । विचार नमिलेपछि देउवा पक्षमा लागेर जिल्लाको राजनीति गर्न थाले ।

कांग्रेस विभाजनपछि प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति बनेका थिए  उनी । उनी २०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका हमाल शुशील कोइरालाले असहयोग गरेकै कारण माओवादी नेता तिलक परियारसँग पराजित भएका थिए ।

२०१० फागुन ८ मा जन्मेका हमाल अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य मात्र हुन् । किनकि कांग्रेसको अघिल्लो महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका थिए । अन्तिममा आएर सुजाताको कुर्सी खोस्ने अरु कोही नभएर हमाल भएको तथ्यहरुबाट पुष्टि भएको छ ।

देउवाका निकै प्रिय पात्र हमालले केही दिन अघि टेलिफोन मार्फत मन्त्री बनाउन आग्रह गरेका थिए । ‘मत बर्बाद भएँ । लौन अहिले जसरी भएपनि मलाई ठाउँ दिन पर्यो ।’, फोनमा उनले भनेका थिए, ‘सुरुमा गिरिजा बाबुले पेल, पछि शुशीलले पेले, अहिले पनि त्यस्तै भयो भने त मैले राजनीति गरेको अर्थै भएन् ।’

त्यही बीचमा पौडेलले सुजतालाई मन्त्रीमा सिफारिस गरेको र यता प्रधानन्यायाधीशले पनि हमाललाई मन्त्री बनाउन प्रेसर दिएपछि देउवाको मन पग्लिएको बालुवाटार श्रोतको भनाई छ । देउवाले सुजतालाई कत्ति पनि मन पराउँदैनन् ।

पौडेलले भनेको मान्छेलाई मन्त्री नबनाउने भन्ने कुरा भएन् । अन्तिममा पौडेललाई दुई जना मात्र मन्त्री दिन सकिने बताएपछि पौडेल र शशांका मिलेर सुजताको नाम काटिदिएका थिए ।

त्यसपछि सुजाता रिसाएर फायर भएकी छन् । मन्त्री बन्नका लागि नाम सिफारिस भएसकेकी नेतृ कोइरालाले मन्त्री नपाएको भन्दै पौडेल समूहमा लफडा गरेकी छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको साथ छोडेको घोषणासमेत गरेकी छिन् ।

१४ महाधिवेशनको मुखमा देउवाले हमाललाई अगाडि सारेर प्रधानन्यायाधीशको मन पनि राखिदिएका छन् भने उता पौडेस समूह फुटाएर आफ्नो सभापति पद सुरक्षित पारेका छन् ।

देउवाले एउटा तिरले दुईतिर सिकार हानेर परिपक्क राजनीति निर्णय गरेका छन् । यसले उनलाई प्रसस्त राजनीतिक लाभ मिलेको छ ।

सरकारै सरकार, करै कर र खर्चिलो संघीयताको विकृत मोडल देखियोः राजेन्द्र श्रेष्ठ: वनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अहिले संघीयताको मोडल विकृत ढंगले लागू भएको बताएका छन् । संघीयता भनेको जनता निकट सत्ता भए पनि सरकारै सरकार, करै कर र खर्चिलो भएकाले गलत सन्देश गएको पनि उनले स्वीकार गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने, “संघीयता स्वीटजरल्यान्डको कम्युन, रुसको कम्युनिटी, भारतमा ग्राम पञ्चायतको अवधारणाजस्तो कम खर्चिलो हुनुपर्थ्र्यो । तलबभत्ता, गाडी नचाहिने, कर्मचारी भए लियनमा बसेर सेवा गर्ने खालका जनप्रतिनिधि हामीले सोचेका थियौं ।

हामीले ७ प्रदेशको साटो ११ वटा र ७५३ वटा भन्दा कम स्थानीय सरकार बनाएर जानुपर्छ भनेका थियौं । तर अब पाइसकेको सेवा, सुविधा कटौती गर्ने कुरा भएन । तर केही खर्चिलो भए पनि जनता निकट सत्ता पुग्ने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने संघीयताले विकास र समृद्धि पनि ल्याउँछ । सेवा प्रवाह पनि गर्छ ।

मन्त्री श्रेष्ठले थपे, “हामीले समुन्नत संघीय शासन व्यवस्थाको कुरा गरेका हौं । यहाँ त प्रशासनिक मोडलको संघीयता भयो । अहिले संघीयताको मोडललाई विकृत ढंगले लागू भएको छ । संघीयता भनेको जनता निकट सत्ता भए पनि सरकारै सरकार, करै कर र खर्चिलो भएकाले गलत सन्देश गएको छ ।”

संघीयताको कार्यान्वयन र मानव स्रोत विकास आफ्नो अहिलेको जिम्मेवारी भएको उनले बताए । उनले भने, “मैले विज्ञानप्रविधि मैत्री र सुशासनयुक्त, भ्रष्टाचारमुक्त प्रशासन बनाउने सोचेको छु । यसका लागि १८ घन्टासम्म टाउकोले टेकेर भए पनि काम गर्छु ।”

उनले प्रशासनमा राजनीतिकरण हुनु नहुने पनि बताए । उनले भने, “पेसागत हक हितका लागि आधिकारिक ट्रेड युनियनबाटै काम चलाउनपर्छ । पार्टीपिच्छे संगठन चाहिँदैन । कर्मचारीतन्त्र योग्यता र क्षमताकै आधारमा चल्नुपर्छ । संघीय निजामती ऐन पारित गरेर तदनुरुप काम गर्नुपर्छ ।”

मन्त्रिपरिषद्मा महिलाको सहभागिता उल्लेख्य नभएको, दलित र मुस्लिम प्रतिनिधित्व नभएको स्वीकार्दै उनले यसमा सुधार आवश्यक भएको बताए । उनले भने, “प्रधानमन्त्रीले गठबन्धन दलको सिफारिसमा मन्त्री नियुक्ति गर्नुभएको हो । समानुपातिक र समावेशी बनाउनुपर्ने कुरा जायज हो ।”

गैरसांसद गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री भएको पनि उनले बताए । उनले भने, “प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै सिरियसल्ली हमाल आफ्नो पुरानो कार्यकर्ता भएको बताउनुभयो । उहाँले कांग्रेसकै भागको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय पाउनुभएको हो । त्यसैले यसलाई अन्यत्र जोड्नु जरुरी छैन।

प्रतिक्रिया