आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रामकुमारी झाँक्रीका श्रीमानले देखाइदिए पावर, माधव नेपाल बेहोस

प्रकाशित
2.6K
SHARES

काठमाडौ। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका श्रीमानका कारण शुक्रबार दिनभर खनसनिपूर्ण खवरहरु आइरहे। कहिले रक्षा त कहिले स्वास्थ हुँदै पर्यटन मन्त्री बन्नेसम्मको चर्चा चले पनि फाइनल्ली रामकुमारी झाँक्रीलाई शहरी विकास मन्त्री बनाइएको छ।

किन यती धेरै मन्त्रालयको चर्चा भएर उनी शहरी विकास मन्त्रीमा आइपुगिन त यसको कारण खोजि हुन थालको छ। रक्षामन्त्रीमा सेनाको अनिक्षाका कारण भएको चर्चा छ भने शहरी विकासमा आइपुग्नुका कारण भने उनको श्रीमान भएको हल्ला चलको छ।

रक्षा नभए पछि माधव नेपालले उनलाई स्वास्थ्य मन्त्री र विरोध खतिवडावाई शहरी विकासमन्त्री बनाउँने तयारी गरेका थिए तर उनका श्रीमान पशुपती पुरी जो भौतिक योजना मन्त्रालयमा उपसचिव छन् उनलेनै झाँक्रीलाई शहरी विकास मन्त्रालय रोज्न सिकाएका थिए भनिन्छ ।

विषयगत हिसाबमा भौतिक र शहरी विकास मन्त्रालय मिल्ने र कसरी काम गर्ने भेनेर सिकाउँन सजिलो हुने भनेर पुरीले झाँक्रीलाई शहरी विकासनै रोज्न भनेको र सोही प्रस्ताव झाँक्रीले माधव नेपालसँग गरेकी थिइन् । विरोध खतिवडाले पनि स्वास्थ्यमा जान सजिलै तयार भए पछि अन्तिमा यस्तो भएको बताइएको छ ।

शुक्रबार साँझ सहरी विकास मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा नवनियुक्त मन्त्री रामकुमार झाँकीले आफूसँग बोल्ने विषय नभएको भन्दै थिइन् । त्यसका लागि उनले सञ्चारमाध्यमहरुमा मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारीका विषयमा आएको फरक–फरक समाचार भएको बताइन्

‘सञ्चार माध्यममा १० पटक मन्त्रालय सरुवा भयो। के बोल्ने भनेर सोच्न पनि नसक्ने अवस्था थियो । १ घण्टा एउटा, ४ घण्टाअघि अर्को र १० घण्टाअघि झनै अर्को थियो,’ झाँक्रीले भनिन्। तर झाँक्रीको भनाइ जस्तो जिम्मेवारीको विषयमा नेकपा ९एकीकृत समाजवादी० फरक–फरक निर्णयहरु गरेको थियो।

बालुवाटारमा बिहीबार दिउँसो मन्त्रालय र संख्या निर्धारणपछि मन्त्रिपरिषद्को जाने व्यक्तिबारे सहमति भएपछि स्थायी कमिटीले व्यक्तिको बारेमा निर्णय गर्ने अधिकार सचिवालयलाई दियो । नेकपा ९एस०को भागमा चार मन्त्री र एक राज्यमन्त्री परेको थियो।

स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र श्रम तथा रोजागार मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीहरुको बारेमा निर्णय गर्न बिहीबार साँझ नै सचिवालय बैठक पनि बस्यो। सचिवालयलले पनि आकांक्षीहरु दुई समूह बनाउने निर्णय ग¥यो ।

पहिलो चरणमा विरोध खतिवडा, रामकुमार झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको थियो। मन्त्री हुने चर्चामा रहेका अर्को समूह पनि नेकपा ९एस०ले तयार पारेको थियो । जसमा शेरबहादुर कुँवर, मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम थियो । भवानी खापुङको हकमा भने फरक निर्णय थियो।

‘चुनावअघि अहिलेको मन्त्रिपरिषद् पुनर्गठन हुने छ। त्यस समयमा अर्को समूह मन्त्रिपरिषद्मा जाने छ’, एक स्थायी कमिटीका सदस्यले भने, ‘करिब ६ महिनाको अन्तरमा जिम्मेवारी हेरफेर हुन्छ। बिहीबार साँझ भएको बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई सहरी विकास, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको गर्ने सहमति भएको थियो।

शुक्रबार बिहान नेताहरुले खापुङसँग छलफल गरे । खापुङलाई पहिलो लटमै जान चाहे राज्यमन्त्री र दोस्रो लटमा मन्त्रिपरिषद्मा जाने भए मन्त्रीको जिम्मेवारी दिने जानकारी गराए । स्रोतका अनुसार खापुङले पार्टीले राज्यमन्त्रीमा पठाउने निर्णयलाई सर्तसहित स्वीकार गर्ने बताएका थिए।

त्यसपछि सचिवालय बैठकले स्वास्थ्यमा खतिवडालाई पठाउने र झाँक्रीलाई पर्यटनमन्त्री बनाउने निर्णय ग¥यो । तर जिम्मेवारीको विषयमा तत्कालै कुनै निर्णय गर्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो । नेपालले आलेसँग जिम्मेवारी हेरफेरको कुरा गरे ।

आले पर्यटनमै बस्ने भनेपछि झाँक्रीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। अन्तिम समयमा नेकपा ९एस०को मात्रै नभएर जनता समाजवादी पार्टी पनि नाम परिवर्तन भएको थियो। बिहीबार साँझसम्म महिन्द्र राय यादव मन्त्रिपरिषदमा जाने निर्णय भएको थियो।

तर, मन्त्रिपरषदमा यादवहरुको बाहुल्यता हुने भएपछि महिन्द्रको ठाउँमा प्रमोद साहलाई पठाउने विषयमा सो दलमा निर्णय भयो। तर महिन्द्रले आफूलाई पठाउनु पर्ने अडान नछाडेपछि अन्तिम समयमा कृषि मन्त्रालय जिम्मेवारी दिइएको थियो।

यसैगरि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ। बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ।प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ। बोर्डका सह–प्रवक्ता रमेश अधिकारीका अनुसार आजको बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिलगायतका एजण्डा छन्।

दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका एजेण्डा बैठकमा प्रस्तुत हुने अधिकारीले जानकारी दिए।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ। त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने अधिकारीले बताए।असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ । परराष्ट्रमन्त्री डा खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवं अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा खडका नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया