आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानन्याधीशले देउवालाई यतिसम्म ब्ल्याकमेल गरेका रहेछन, खुस्कियो देउवाको बोली

प्रकाशित
870
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.राले ब्ल्याकमेल गरेको खुलासा गरेका छन्। शनिवार बिहान एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो खुलासा गरेका हुन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धनमा प्रधानन्यायाशीश पनि मिसिदा राम्रो नेताहरुले अवसर नपाएको घुमाउरो भाषामा खुलासा गरे।

देउवाले साथीहरू छुटेकोमा दुःख लागेको बताए। बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन्। शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ। गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए। अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन्।

अदालतमा द्वन्दकालदेखि मुद्धाहरु बाँकी रहेको र यसको उचित व्यवस्थापनका लागि भन्दै ब्ल्याकमेल गरेको श्रोतको दावि छ। देउवाले नेपालगञ्जमा गजेन्द्रबहादुर हमाललाई उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रीमा नियुक्त गरेपछि सरकारको चर्को आलोचना भएको थियो। हमाल प्रधानन्यायाधीशका जेठान हुन्।

उनी प्रधानन्यायाधीशकै कोटाबाट मन्त्री बनेको भन्ने हल्ला भएपछि देश तरङ्गीत भएको थियो। नेपाली कांग्रेस पृष्ठभुमी भएपनि हमाल १५ बर्षदेखि निष्कृय थिए। नेवि संघको राजनीतिबाट नेपाली कांग्रेसमा जोडिएका उनी बाँके जिल्लाको सभापति भइसकेका ब्यक्ति हुन्। तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाका कारण उनी कमजोर हुँदै गएका थिए।

अहिले उनले त्यसको बदला कोइरालाकी छोरीसँग लिएका छन्। रामचन्द्र पौडेल खेमामा रहेकी गिरिता पुत्री सुजाता कोइरालाको नाम काटेर देउवाले हमललाई मन्त्री बनाएर बदला लिएका हुन्। सुरुमा पौडेल समूहलाई तीन मन्त्री दिने सहमति भएको थियो। अन्तिममा आएर उक्त सहमति तोडेर देउवाले हमाललाई मन्त्री बनाएका हुन्।

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न माग गर्दै काँग्रेस नेताहरु बालुवाटारमा: नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन्।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो। प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन्।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो। तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन्।

हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन्।

प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दलका २ सांसद छन्। यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए। तर, काँग्रेसले उनलाई मत नदिई तटस्थ बसेको थियो। गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ।

वागमती र प्रदेश १ मा एमालेका मुख्यमन्त्रीहरूले कात्तिक पहिलो साताभित्रै विश्वासको मत लिनुपर्ने बाध्यता छ। पार्टी विभाजनपछि गण्डकी र लुम्बिनीमा सरकारबाट हटेको एमालेले अब बागमती र प्रदेश १ बाट पनि बहुमत गुमाउँदैछ।

 नेपाल–भारत सीमामा हिंसाका विषयमा तनाव बढेपछि उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री पक्राउ: नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फको लखीमपुर खिरी जिल्लामा भएको घटनाका विषयमा तनाव बढ्दै जाँदा उत्तर प्रदेश पुलिसले प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई हिरासतमा लिएको छ । आफूलाई पुलिसले लखीमपुर खिरी आउनबाट रोकेर घरमै नजरबन्दमा राख्न खोजेपछि यादव आफ्नै घरअगाडि धर्नामा बसेका थिए ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई पक्राउ गरिएपछि समाजवादी पार्टीका कार्यकर्ताहरुले हंगामा गरेका छन् । यादवले कार्यकर्ताहरुलाई पुलिसको काममा अवरोध नगर्न आग्ह गरेका छन् । यादवसहित समाजवादी नेता प्रोफेसर रामगोपाल यादव र १५० देखि २ सय पार्टी कार्यकर्तालाई पनि हिरासतमा लिइएको छ ।

सोमबार बिहान करिब ९ बजे अखिलेर लखीमपुर खिरी जानको लागि घरबाट निस्किएका थिए तर पुलिसले उनलाई रोकेको थियो । त्यसपछि उनी आफ्नो घरअगाडि नै धर्नामा बसेका थिए । अखिलेश यादवले घटनापछि भारतका भाजपा सरकारमा जति अन्याय र अत्याचार भएको छ त्यस्तो अंग्रेजको शासनकालमा पनि नभएको बताएका छन् ।

अखिलेश यादवले भने ‘किसानहरुमाथि अंग्रेजहरुले भन्दा पनि धेरै अत्याचार गरिएको छ । भारतीय जनता पार्टी किसानहरुमाथि अंग्रेजहरुभन्दा पनि क्रुर भएको छ । अंग्रेजको जमानामा पनि यति अत्याचार भएको थिएन होला । जो कोहीले भनिरहेका छन् कि यो सरकारले जसको पनि ज्यान लिन सक्छ ।’

प्रतिक्रिया