आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानमाथि ब’मको वर्षा, ५० जनाको मृत्यु,

प्रकाशित
806
SHARES

अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आ’त्मघा’ती ह’मला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रार्थनाको समयमा भएको उक्त आ’क्र’मणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

हालसम्म कुनै पनि समूहले आ’क्र’मणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

ताइवानको सेनालाई एक वर्षदेखि गोप्य रूपमा प्रशिक्षण दिँदै अमेरिका – रिपोर्ट: चीन रिसाउने जोखिमबीच अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले सन् २०२० देखि ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।

वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै करिब दुई दर्जन अमेरिकी सेनाले ताइवानको सेनालाई पछिल्लो एक वर्षदेखि प्रशिक्षण दिइरहेको रिपोर्ट प्रकाशित गरेको हो । रोयटर्स न्यूज एजेन्सीले पनि दुई स्रोतलाई उद्धृत गर्दै फेरबदल हुने गरी अस्थायी रूपमा अमेरिकी सेनाका प्रशिक्षकहरू ताइवानमा रहेको दाबी गरेको छ ।

स्रोतहरूले नाम उल्लेख नगर्ने शर्तमा कहिलेदेखि प्रशिक्षण सुरु भएको नबताए पनि गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हालेपछि यो सुरु भएको सङ्केत गरेका छन् ।

वाल स्ट्रीट जर्नलको रिपोर्टमा ताइवानको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया नजाए पनि रोयटर्ससँग भने ‘सबै सैन्य आदानप्रदान वार्षिक योजना अन्तरगत हुने’ बताएको छ । यता पेन्टागनले भने रिपोर्टलाई पुष्टि वा अस्वीकार गरेन ।

प्रवक्ता जोन सपलले ताइवानको सेनालाई उसको आवश्यकता अनुसार अमेरिकाले सहयोग गरिरहेको बताए । ‘ताइवानका लागि समर्थन र रक्षा सम्बन्ध चीनले प्रस्तुत गरेको चुनौतीविरुद्ध रहेको छ,’ सपलले वक्तव्यमा भनेका छन्, ‘हामी बेइजिङलाई विवादको शान्तिपूर्ण समाधान खोज्ने प्रतिबद्धतालाई सम्मान गर्न आग्रह गर्दछौँ ।’

गत नोभेम्बरमा ताइवानको मिडियामा ताइवानको जल सेनालाई उद्धृत गर्दै मरिन र स्पेसल फोर्सलाई प्रशिक्षण दिन अमेरिकी सेना आएको समाचार प्रकाशित भएको थियो । उक्त रिपोर्टलाई अमेरिकी र ताइवानका अधिकारीहरूले अस्वीकार गरेका थिए ।

चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक: चीनले ताइवाननजिकै नयाँ लडाकु विमान जे–१६ डी तैनाथ गरेको तस्बिर सार्वजनिक भएको छ। इलेक्ट्रोनिक युद्धको लागि ताइवानको पश्चिमी एयरवेसमा चीनले सो विमान तैनाथ गरेको स्याटेलाइट तस्बिर हालै सार्वजनिक भएको हो।

सो तस्बिर चीनको पिपुल्स लिवरेसन आर्मीले सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। इलेक्ट्रोनिक युद्धको लागि चीनले तैनाथ गरेको नयाँ लडाकु विमानले ताइवान स्ट्रेट क्षेत्रमा द्वन्द्व र तनाव झनै बढाउने साउथ चाइना मर्निङ पोष्टमा बिहीबार प्रकाशित समाचारमा उल्लेख छ।

यद्यपि, इलेक्ट्रोनिक युद्धको लागि डिजाइन गरिएका नयाँ लडाकु विमान कुन प्रयोजनको लागि सो क्षेत्रमा तैनाथ गरिएको हो भन्नेबारे कुनै सूचना बाहिर नआएको समाचारमा उल्लेख छ। पछिल्लो समय चीनले लगातार तीन दिन ताइवानको वायु रक्षा क्षेत्रमा ठूलो संख्यामा युद्धक विमान पठाएको थियो।

ताइवानको रक्षा मन्त्रालयले चीनको सो सैन्य गतिविधिको प्रतिक्रिया दिँदै दुई देशबिचको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको र आगामी ४ वर्षभित्रमा चीनले जुनसुकै समयमा ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय सम्मेलनमा तालिबानलाई रुसको निम्तो: अफगानिस्तान मुद्दामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा रुसले तालिबानलाई निम्तो गर्ने भएको छ। आगामी अक्टोवर २० मा रुसको राजधानी मस्कोमा आयोजित अफगानिस्तान सम्मेलनमा रुसले तालिबानलाई निम्तो गर्ने भएको हो।

रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनले तालिबानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने रुसी समाचार एजेन्सीका प्रतिनिधि जामिर काब्लोभले जानकारी दिएका छन्। यही अक्टोवर १२ मा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानवीय सहायताबारे छलफल गरिने र मस्कोको सम्मेलनमा सोहीअनुसार वार्ता अघि बढाइने बताइएको छ।

यसै गरि, भारतले आफ्नो ८९ औं वायु सेना दिवस मनाएको छ। गाजियावादस्थित हिन्डोन एयरफोर्स स्टेशनमा भारतीय वायु सेनाले आफ्नो स्थापनाको ८९ औं एयरफोर्स दिवस मनाएको हो।सो अवसरमा भारतीय वायु सेनाको विमानले शुक्रबार बिहान आकाशमा आफ्नो ताकत देखाएको छ।

हिन्डन एयरफोर्स स्टेशनको ग्राउन्डमा वायु सैनिकले परेड गरेका थिए भने आकाशमा राफेल, तेजस र सुखोईको उडाइएको भारतीय सञ्चारमाध्यममा खबर छ।हिन्डन एयरबेसको ६ हजार ५ सय फिटको उचाईबाट स्काइ डाइभिङको लागि चर्चित आकाशगंगा टिमले उडान भरेको थियो।सो अवसरमा भारतले सन् १९७१ को युद्धमा बंगलादेश निर्माणमा योगदान पुर्‍याएका सेनानी नायकहरुलाई सम्मान गरेको थियो।

प्रतिक्रिया