आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तिममा आएर देउवाले दिए प्रचण्डलाई यति ठूलो धोका, माधव नेपाल हेरेको हेर्यौ

प्रकाशित
1.6K
SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अन्तिममा आएर धोका दिएका छन् । लामो समयदेखि माओवादीले चलाइरहेको खानेपानी तथा सरसफाई मन्त्रालय अन्तिममा कांग्रेसमा पारेर देउवाले धोका दिएका हुन् । यो विषयले प्रचण्ड रिसले बुम भएका छन् ।

लामो समयदेखि आफ्नै बुहारिलाई उक्त मन्त्रालयमा राखेर चलाएका प्रचण्डलाई अहिले पनि उक्त मन्त्रालय भागमा परिसकेको थियो । भागवडा अनुसार खानेपानी मन्त्रालय माओवादीको भागमा परेको भएपनि युवा तथा खेलकुद मन्त्रालय माओवादीलाई दिएर देउवाले खानेपानी आफैसँग राखेका छन् ।

उक्त मन्त्रालयमा कांग्रेस भित्रको सिटौला समूहका नेता उमाकान्त चौधरीले पाएका छन् । माओवादीका नेता महेश्वरजंग गहतरात (अथक)लाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीहरुको मर्यादा क्रममा पनि माओवादीलाई हेपिएको छ । पार्टीको तर्फबाट नेतृत्वको गर्ने नेताहरुको मर्याक्रम भन्दा अघि देउवाले दुई जना मन्त्रीलाई राखेका छन् ।

सरकारमा उपप्रधानमन्त्री कोही पनि नभएकाले गृह मन्त्री बालकृष्ण खाँडलाई दोश्रो बरियतामा राखेका छन् भने भर्खरै संचार मन्त्रालयमा सरुवा भएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तेश्रो बरियतामा राखिएको छ ।

बल्ल चौथो बरियतामा माओवादी पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने पम्फा भुसालले नाम छ । यसअघि माओवादी तेश्रो, एकीकृत समाजवादी चौथो र जनता समाजवादीले पाचौँ बरियता पाउने सहमति भएको थियो । जसपालाई पाचौँ बरियतामा राखिएको छ भने नेकपा एसलाई छैटौँ बरियतामा राखिएको छ ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र एसबाट बिरोध खतिवडाले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका छन् । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।

यसैबीच न नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ