आज : गते

ताजा शिर्षकहरु

ओलीलाई चक्मा दिँदै माधव नेपालले कोसँग गरे पार्टी एकता ? प्रचण्ड समेत चकित

प्रकाशित
0.9K
SHARES

काठमाडाैं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ । नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् ।

असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो । ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे ।

कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै आएका थिए । यसैबीच नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

यीमध्ये चारजना फुलमन्त्री र एकजना राज्यमन्त्री बन्ने भएका छन् । पार्टीबाट मन्त्री बन्नेहरुमा नेकपा एमालेमा हुँदा सरकारमा जाने अवसर नपाएका बढी छन् ।

एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । एक राज्यमन्त्रीको नाम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिवडा र रामकुमारी झाँक्री पहिलेदेखिकै चर्चामा आएका अनुहार हुन् ।

अन्ततः ओली सरकारमा पनि मन्त्री रहेका प्रेमबहादुर आलेसमेत मन्त्री बन्ने भएका छन् । अन्तिम घडीमा एमाले छाडेर माधव नेपाललाई साथ दिएका तनहुँका सांसद कृष्ण कुमार (किसान) श्रेष्ठ पनि मन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट कसले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागेको छ । विरोध खतिवडाको नेतृत्वमा सरकारमा जान लागेको सो पार्टीबाट खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको थियो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्री र सहरी विकासको जिम्मा प्रेम आलेले पाउने भएका छन् । किसान श्रेष्ठले भने श्रम तथा रोजगार मन्त्रालयको भुमिकामा सपथ खाने भएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपालले चारै जनासँग छलफल गरेर मन्त्रालय फेरवदल गरेर जिम्मेवारी दिन लागिएको हो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ