आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओलीलाई अर्को झट्का, पूर्वमन्त्री भानुभक्त माधव नेपालको पार्टीमा प्रबेश

प्रकाशित
2.3K
SHARES

काठमाडौ।  नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाललाई झट्का लागेको छ। पार्टीका केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादी्र पार्टीमा प्रबेश गरेपछि झट्का लागेको हो। नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। उनलाई माधवकुमार नेपालले उनलाई पार्टीमा स्वागत गरेका छन्।

एकीकृत समाजवादीको स्थायी समिति बैठकमामा उनलाई स्वागत गर्रिको हो। पार्टीको स्थायीसमिति बैठक बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा बसेको थियो। पूर्व वनमन्त्रीसमेत रहेका जोशी सुदूर पश्चिम एमालेका लोकप्रिय नेता हुन्। जोशी सुदूर पश्चिममा पुष्पलालद्वारा प्रशिक्षित थोरै नेता मध्येमा पर्दछन् ।

लामो समय पुष्पलालको नेतृत्वमा सक्रिय जोशी २०४२ सालमा तत्कालीन नेकपा मालेमा प्रवेश गरेका थिए। बाजुराका जोशी शिक्षक राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेर सांसद र मन्त्री भइसकेका नेता हुन् । उनको एमाले परित्याग पछि सुदूरपश्चिममा एमालेलाई थप क्षेति भएको छ। भीम रावलको गडका रुपमा चिनिएको सुदूरपश्चिम प्रदेश एमाले फुटेपछि भत्कीदै गएको छ।

अझैपनि भीम रावल र लेखराज भट्टका पल लोलुपताले एमाले थक कमजोर हुने स्थितिमा पुगेको छ। प्रदेशभरीकै ठूलो पार्टीका रुपमा स्थापित भएको नेकपा एसले अरु नेताहरुलाईै पनि तान्ने प्रयास गरिरहेको छ। प्रेम आलेले सुदूरपश्चिममा आफ्नो पकड जमाउँदा ओलीलाई ठूलो घाटा लागेको छ।

यसैगरि,  चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम टुँगो लगाएको छ। स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन्।

नेकपा एकीकृत समाजवादीका एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन्। त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको छ।

नेकपा एकीकृत समाजवादीबाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि आज नै राखिएको बालुवाटार स्रोतले जनाएको छ। उता, माओवादी केन्द्रले भने अस्ति नै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ ।

जनता समाजवादी पार्टी, नेपालले पनि नाम लगभग टुँगो लगाएको भनिएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्।

देउवाले प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्रलाई मन्त्री बनाउँदै आजै शपथ : प्रधानमन्त्रीका रुपमा शपथ खाएको तीन महिना पुग्न २ दिन बाँकी रहँदा शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। जननिर्वाचित प्रतिनिधिलाई मन्त्री बनाउने संविधानको मूल मर्म विपरित देउवाले गैरसांसदलाई शपथ खुवाउने तयारी गरेका हुन्।

यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नेपालगन्जबाट काठमाडौं आइसकेका छन्। लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन्। मन्त्रिपरिषद्मा २५ सम्म सदस्य हुन सक्ने संवैधानिक व्यवस्था भएपनि सरकारसँग २१ मन्त्रालय छन्। त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्रीबाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन् सक्छन्।

यसमध्ये कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४/४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । एउटा मन्त्रालय किन बाँकी राखिएको हो। गठबन्धनका एक नेताले भने, ‘अहिलेसम्मको तयारीअनुसार शुक्रबार शपथग्रहण हुनेछ, अवस्था परिवर्तन नभएका त्यहाँ तपाईंले गजेन्द्र हमाललाई पनि देख्नुहुनेछ ।’ हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ ।

हमाल वा कुनै अज्ञात प्रतिनिधिले मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शेउवाजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको सम्मति छ ।

‘नेताहरु प्रधानन्यायाधीशप्रति कृतज्ञ देखिनुहुन्छ, अझ नेकपा (एस) दर्ता सम्बन्धी विवादलगायत सरकारलाई अप्ठ्यारो पार्न सक्ने अन्य मुद्दा पनि सर्वोच्च अदालत जान सक्ने भएकाले प्रधानन्यायाधीशलाई चिढ्याउन हुँदैन भन्नेमा उहाँहरु संवेदनशील हुनुहुन्छ’, कांग्रेसकै असन्तुष्ट एक नेताले भने ।

यसैगरि , जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि यादव सरकारमा नजाने भएका हुन्। यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको छ।

जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाह रहेका छन्। उनीहरूले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन। गठबन्धनका दलहरूबीच जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ।

मन्त्रीहरूको नाम लगभग टुंगिएको छ। औपचारिक नाम सार्वजनिक हुन बाँकी छ, जसपाका ती नेताले भने, मन्त्रीको नाम फाइनल भएपछि बाबुरामजी आजै गोरखा गइसक्नुभएको छ।जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया