आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वायुसेवा निगमका हाकिमले चौथो तलाबाट हामफाले, मोबाइलमा भेटिएको प्रमाणले प्रहरी चकित

प्रकाशित
3.2K
SHARES

काठमाडौ। नेपाल वायुसेवा निगमका पूर्व हाकिमले चौथो तलाबाट हामफालेका छन्। काठमाडौं ७ गणेशथान मन्दिरको पछाडिपट्टी बुलबुलेमा बन्दै गरेको घरबाट उनले हामफालेका हुन्। निर्माणधिन गौतम अग्रवालको घरबाट नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक ७४ वर्षीय रामाज्ञाप्रसाद चतुर्वेदीले हामफालेर आत्महत्या गरेका हुन्।

काठमाडौं ७ स्थित धोबीखोला करिडोरमा घर भएका नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक चतुर्वेदी बिहीबार बिहान ७ः१० बजे त्यही घर अगाडि मृत अवस्थामा भेटिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भुइँमा माथिबाट मानिस खसेपछि अगाडिका पसलेले १०० मा फोन गरेका थिए। यसपछि गौशाला वृत्तको टोली त्यहाँ पुगेको थियो।

प्रहरी पुगेर चतुर्वेदीको मृत्युबारे प्रारम्भिक अनुसन्धान र शवको मुचुल्का उठाउन थालेको थियो। परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनी चौथो तलाबाट खसेका हुनसक्छन्। चौथो तलाको झ्यालमा मोबाइल भेटिएका कारण उनी त्यही तलाबाट खसे भन्ने अनुमान हो। हाम्फाल्ने क्रममा मोबाइल छोडेको हुनसक्छ,’ बस्नेतले भने, ‘प्रारम्भिक अनुसन्धानमा पनि उहाँले हाम्फालेकै देखिन्छ।

बस्नेतका अनुसार जुन पसल अगाडिको निर्माणाधीन घरबाट चतुर्वेदी खसेका थिए, त्यो पसलको बाहिरपट्टी राखिएको सिसिटिभी फुटेजको आधारमा चतुर्वेदी हाम्फालेको देखिएको हो। सिसिटिभी फुटेजअनुसार बिहान ६ः४० मा चतुर्वेदी घरमा छिरेका थिए। उनको अघिपछि कोही थिएनन्।

फटाफट आएर उनी एक्लै निर्माणाधीन घरभित्र छिरेको देखिन्छ। जब ७ः१० बजे उनी घरबाट खस्छन् त्यसपछि मात्रै वरिपरिका मानिसले केही बजारिएको सुनेर बाहिर निस्किँदा पाउँछन्। सिसिटिभी फुटेजमा पहिलो तलाबाट छिरेको, केहीबेरमा एकैचोटि भुइँमा बजारिएको मात्रै देखिन्छ,’ बस्नेतले भने, ‘पसलेले नै सिसिटिभी राखेका हुन्त्यो।

सिसिटिभीले भुइँ तलाको मात्रै भिडिओ रेकर्ड गर्न सक्छ।’ चतुर्वेदी घरको सिँढी चढ्दै कति तलासम्म पुगे वा त्यो बीचको समयमा के गरे भन्ने खुलेको छैन, न वरपरका व्यक्तिले उनलाई वास्ता गरेको नै देखिन्छ। उहाँसँग अर्को व्यक्ति कोही नदेखिएका कारण आत्महत्या गर्नको लागि नै गएको हुनसक्ने आँकलन गरिएको छ,’ बस्नेतले भने, ‘अग्लो संरचना भएकाले र वरिपरि कैद गर्नसक्ने अरू सिसिटिभी भेटिएको छैन।

उनी कतिबेला घरबाट निस्किएका थिए भन्ने पनि यकिन भइसकेको छैन। तर, उनी नियमित रूपमा मर्निङ वाकमा निस्किन्थे। समय मिलेको हुनाले उनी बिहीबार पनि मर्निङ वाक नै निस्किँदा घटना भएको बस्नेतले बताए। पीडित पक्ष शोकमा छ, तत्कालै हामीले सबै कुरा सोध्न सकेका छैनौं, जाहेरी दिन आउँदै हुनुहुन्छ, त्यसपछि थाहा हुन्छ।

वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने। उनका अनुसार चतुर्वेदीको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। चतुर्वेदीको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी मानसिक रुपमा विछिप्त थिए। उनी डिप्रेसनमा रहेको बुझिएको छ।

चतुर्वेदीका पारिवारिक स्रोतले बुधबार उनी अस्पतालमा गएर मानसिक रोगका चिकित्सकलाई देखाई डिप्रेसनको औषधी लिएर घर गएको प्रहरीलाई बताएको छ। सार्वजनिक संस्थानमा काम गर्दा एक करोड ९० लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै चतुर्वेदीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो।

२०५९ सालमा अख्तियारले नियन्त्रणमा लिँदा चतुर्वेदी तीन महिना हिरासत बसेका थिए। पछि विशेष अदालतले उनलाई धरौटीमा छोडेको थियो। तर, २०६८ साल भदौ २१ गते सर्वोच्चले फैसला गर्दै चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा कसुरदार ठहरी गरी दुई वर्ष सजाय सुनाएको थियो। भ्रष्टाचार मुद्दामा जेल बसेर छुटेदेखि नै उनी तनावमा थिए।

यसैगरि, बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताहरुबीच गजवको सहमति भएको छ। नेकपा एकीकृत समाजवादीको पक्षमा सहमति भएपछि माधव नेपाल खुशी हुँदै बालुवाटारबाट फर्किएका छन्। जसअनुसार प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो। नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको जानकारी दिए।

दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ। हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ।यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो।

तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ। यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ। प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ।

यसैगरि, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आजसम्म कमाएको सम्पति सरकरलाई बुझाउने घोषणा गरेका छन्। उनले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गरेका छन्। अबौँका मालिक श्रेष्ठले ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति कमाउन लागेकाले अब आफूले कमाएको पैसा राज्यलाई सहयोग गर्ने बताएका हुन्। उनले आफूले कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने घोषणा गरेका हुन्।

ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पारे । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उनको भनाइ छ । कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उनले बताए। गएको असार १० गते प्रधानमन्त्री देउवाले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

सुरुका दिनहरुमा निकै आलोचित बनेका श्रेष्ठ पछिल्लो समय आफ्नो क्विालिटी देखाइरहेका छन् ।उनको सम्पति कति छ भन्ने उनी आफैलाई पनि थाहा छैन्। चितवनमा १०० औँ विघा जमिन उनको नाममा छन्। ललितपुरमा लिटिल एन्जिल्स स्कुलले चर्चेको जमिन मात्रै अर्बौको छ। उनको थुपै्र अप्पलात तथा सिटीइभिटीबाट सम्बन्धन प्राप्त कलेजहरु छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ