आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा ‘डिस्टर्ब’ गरेपछि आमाले गरिन् ३ वर्षकी छोरीको हत्या

प्रकाशित
880
SHARES

एजेन्सी। आमालाई बच्चाको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ। तर बेलायतकी एक महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बनधमा कुनै बाधा नहोस् भनेर आफ्नी ३ वर्षकी छोरीको हत्या गरेकी छिन्। हत्या आरोपमा महिलालाई १५ वर्ष र उनका प्रेमीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

बेलायतमा गत वर्ष ९ अगस्टका दिन काइली जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृत भेटिएकी थिइन्। उनको छाती र पेटमा चोट पाइएको थियो। बालिकाकी आमाले ९९९ मा फोन गरेर पुलिसलाई यसको जानकारी दिएकी थिइन्। अधिकारीहरुले जाँचको क्रममा बालिकाको हत्या आमाले नै गरेको पाएका थिए।

अदालतले बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई दोषी ठहर गरेको छ। डेलिमेलका अनुसार महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बन्ध राख्न खोज्दा छोरी बाधा बनेपछि महिलाले उनको हत्या गरेकी थिइन्। महिलालाई हत्या आरोपमा १५ वर्ष र बालबालिकामाथि क्रुरताको आरोपमा ३ वर्ष जेल सजाय सुनाइएको छ । उनका दुवै सजाय एकसाथ चल्नेछन्।

यसैगरि, एक किशोरीले फेसबुकमा पोस्ट गर्दै आफ्नो हत्या हुने भविष्यवाणी गरिन् र हत्याराहरुले उनको लाश भएको ठाउँको जानकारी समेत पठाउने बताइन्। नभन्दै त्यसको केही घण्टामा उनको निर्मम तरिकाले हत्या गरियो। ब्राजिलकी १७ वर्षकी क्रिस्टिन कार्वाल्हो गुइमरेज आफूले स्थानीय ड्रग डिलरलाई ३ हजार ब्राजिलियन रियल ऋण तिर्नुपर्ने भएपछि आफ्नो हत्या हुन लागेको बताएकी थिइन्।

उनले लेखेकी थिइन् म यहाँ सबैलाई गुडबाइ भन्न आएकी हुँ। म छिटै मर्दैछु। उनको हत्या ब्रजिलको अमेजोनस राज्यको इटापिरांगामा फेब्रुअरी १३ मा भएको थियो । अर्को एक पोस्टमा क्रिस्टिनले लेखेकी थिइन् ‘उनीहरुले लोकेसन पठाउनेछन् ताकि मेरो लाश भेट्न सकियोस् ।’ त्यसको भोलिपल्ट उनकै प्रोफाइलबाट अर्को एक पोस्ट शेयर गरियो ।

यो उनका हत्याराहरुले शेयर गरेको जस्तो देखिन्थ्यो किनकि त्यसमा उनको लाश भएको ठाउँ बताइएको थियो र उनको लाश ठिक त्यही ठाउँमा भेटियो । द सनको रिपोर्टअनुसार भोलिपल्ट शेयर गरिएको पोस्टमा अन्तिममा सीभी लेखिएको थियो जो स्थानीय आपराधिक ग्याङ कमाण्डो भर्मेल्हो हुन सक्ने मानिएको छ ।

यी किशोरी हराएकोबारे पुलिसलाई १२ फेब्रुअरीमै जानकारी प्राप्त भएको थियो । तर, भोलिपल्ट हत्याराहरुले खुलासा गरेको स्थानमा पुलिस अधिकारीहरुले उनलाई भेट्दा उनको हत्या भइसकेको थियो । उनको मृत्युको कारण खुलाइएको छैन यद्यपि उनले फेसबुक पोस्टमा आफूलाई गोली हानिने बताएकी थिइन् ।

अनुसन्धान अधिकारीहरुले भने किशोरीको हत्यामा कमाण्डो भर्मेल्होको कुनै हात नरहेको र उनका हत्याराले अनुसन्धानलाई अल्मल्याउन यो ग्याङको नाम उल्लेख गरेको अनुमान गरेका छन् । पुलिस अधिकारीहरुले क्रिस्टिनले लेखेको भनिएका अघिल्ला पोस्टहरु पनि हत्याराहरुले नै लेखेको विश्वास गरेका छन् । अनुसन्धानकर्ताहरुले फेब्रुअरी १७ मा भएका अन्य २ हत्याहरु पनि क्रिस्टिनको हत्यासँग सम्बन्धित भएको विश्वास गरेका छन् ।

फेब्रुअरी १७ मा लोरिभाल फोन्सेकामोराएस र एन्टोनियो मोन्टेरियो डोस सान्तोसको हत्या भएको थियो। यी दुई क्रिस्टिनका दाजु र भिनाजु थिए। यी दुवैको नाम क्रिस्टिनले आफ्नो हत्याराको रुपमा आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेकी थिइन् । उनहिरुको शवको प्रकृति हेर्दा उनीहरुको पनि हत्या भएको देखिएको छ ।

बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा साख्खै दाजुबहिनीबीच यौन सम्बन्ध: सोलुखुम्बुमा एक आमाले प्रहरीमा हाडनाता करणीको उजुरी दिएपछि निकै सनसनीपूर्ण घटनाको खुलासा भएको छ। उजुरी दिने महिलाका आफ्नै छोराछोरी अर्थात साख्खै दाजु बहिनीले सहमतिमै यौन सम्बन्ध राखेको खुलासा भएको छ।

ती दाजु बहिनीले बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा यस्तो गरेका थिए।बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। आफ्ना छोरा र छोरीले हाडनातामै विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन्। उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन्। उनीहरुलाई पक्राउ गरेर हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।

यसै गरि , बलात्कारको आरोप लागेका एक पिताले अदालतमा सुनुवाइको क्रममा आफ्नो बचाउ गर्दै आफ्नी छोरीले नै नशाको तालमा यौन सम्बन्धको सुरुवात गरेको बताएका छन् । घटना सिंगापुरको हो । सोमबार भएको सुनुवाइमा पिताले छोरीको बारेमा धेरै जानकारी दिए । च्यानलन्यूजएसियाको रिपोर्ट अनुसार ५२ वर्षमा पितामाथि ३ वर्ष पहिले २३ वर्षकी छोरीलाई बलात्कार गरेको आरोप छ ।

पिताले अदालतमा उनकी छोरीले एक्लोपन महसुस गरिरहेकाले उनले यस्तो गरेको बताएका छन् । पितामाथि बलात्कार, यौन हिंसा, डर धम्की दिएको जस्ता ९ आरोप छन् । पुलिसले अदालतमा उनले चक्कु देखाएर धम्क्याएर छोरीलाई बलात्कार गरेको भनेको थियो । अदालतका दस्तावेजहरुका अनुसार बलात्कारको घटना १७ मार्च २०१६ मा भएको थियो । यस क्रममा पिता र छोरी दुवै नशामा थिए ।

पिताले अदालतमा छोरीसँग यौन सम्बन्ध राखेको स्वीकार गरे तर जबरजस्ती गरेको आरोप भने अस्वीकार गरेका छन् । उनले अदालतमा छोरीले लगातार रक्सी पिउने र ड्रग्स पनि लिने बताए । २०१४ मा बिहेको केही हप्तामै छोरीको सम्बन्धविच्छेद भएको उनले जानकारी दिए । उनीहरु एक अर्कालाई माया गर्थे र छोरीको विषयमा उनको मनमा कुनै नकारात्मक सोच थिएन । उनले छोरीलाई यौन सम्बन्धको सुरुवात गर्दा किन रोकेनन् भन्ने प्रश्नमा उनले आफूले छोरीमाथि कहिल्यै हात नउठाउने र गाली नगर्ने गरेको बताए।

प्रतिक्रिया