आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकीकृत समाजवादी पार्टी सरकारमा नजाने, कारण सुनेपछि देउवा तनावमा

प्रकाशित
1.4K
SHARES

काठमाडौ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सरकारमा नजाने चेतवानी दिएको छ। मन्त्रालय भागवण्डामा आफूलाई अपमान गरेको भन्दै नेकपा एसले सरकारमा नजाने चेतावनी दिएको हो। नेकपा एसको चेतावनीले आज पनि मन्त्रीपरिषद् विस्तार नहुने भएको छ। नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ।सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४÷४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो।

सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन्। तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ। मन्त्रालय भागबन्डाबारे फेरि छलफल भएपछि मात्रै पार्टीले मन्त्रीको नाम तय गर्ने नेकपा एसका नेता तथा सांसद जीवनराम श्रेष्ठले बताए।

४ भने पनि मन्त्री ३ मात्रै पाउने हो, एक जना राज्य मन्त्री मात्रै हो। श्रेष्ठले भने सम्मानजनक मन्त्रालय भागबन्डाका लागि फेरि गठबन्धन दलमा छलफल हुनुपर्छ। एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी प्रभावित हुने देखिएको छ।कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एउटा दलले पर्सिसम्म नाम बुझाउने भनेको जानकारी दिए।

प्रधानमन्त्री शेरबादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहँदा वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि चुलिएको छ। आफ्ना भागमा कम मन्त्रालय परेपछि नेकपा एसभित्र असन्तुष्टि चुलिएको हो।

विगतमा भएको भद्र सहमति कार्यान्वयन गर्नुको साटो नेताहरुले बोली फेरिरहेको भन्दै नेकपा एसभित्र असन्तुष्टि चुलिएको हो। आफ्नो भागमा कम मन्त्रालय परेपछि सरकारमा सहभागिताको विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ। उक्त बैठकले सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने नेकपा एसका नेता मेटमणि चौधरीले जानकारी दिए।

यसअघि यसअघि ६ वटा मन्त्रालय दिने भद्र सहमति भएपनि अहिले आएर चारवटा मात्रै मन्त्रालय नेकपा एसको भागमा परेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसको भागमा सात वटा मन्त्रालय, माओवादी केन्द्रको भागमा ६ अनि नेकपा एस र समाजवादीलाई चार चार वटा मन्त्रालय दिने भएपछि सो निर्णयप्रति नेकपा एसले आपत्ति जनाएको हो।

हामी मन्त्री हुन कै लागि यी सबै कदम चालेको होइन,’ नेता चौधरीले भने, ‘तर कम्तिमा राजनीति गर्ने नेताहरुको बोलीमा इमान्दारिता र जवाफदेहिता हुनुपर्ने हो। विगतमा भएको भद्र सहमति कार्यान्वयन गर्नुपर्ने बेलामा अहिले बोली फेरिएको छ। यसले जनतामा राम्रो सन्देश जाँदैन।’

उनले आफूहरुले सहयोग नगर्ने गठबन्धन बलियो नहुने र अहिले नै गठबन्धनलाई कमजोर बनाउने पक्षमा आफूहरु नरहेको पनि बताए।
वर्तमान सरकार गठनमा माधव नेपालले ठूलो योगदान दिएका छन्।

पार्टीबाट विद्रोह गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेता र उनको दललाई अन्तिममा आएर अवमूल्यन गरेको भन्दै पार्टीभित्रका नेता र कार्यकर्ताले धेरै चित्त दुखाएको एक नेताले जानकारी दिए।

तर नेकपा एसका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने सरकारमा सहभागी हुने विषयमा कुनै विवाद नरहेको दाबी गरे। उनले आज बस्ने स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने विषयलाई अन्तिम रुप दिने बताए।

नेकपा एसको भागमा पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा समाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेको छ।राजनीतिक दलहरू छलफलबाट मन्त्री चयन गर्न सफल हुँदै आएका छन् । केन्द्रीय कमिटी, स्थायी र पदाधिकारी वा सचिवालयमा मन्त्री चयनका लागि छलफल हुने गरे पनि अन्ततः नेतृत्वलाई जिम्मा दिने गरेको छ ।

पछिल्लो पटक जनता समाजवादी पार्टी नेपालले पनि सोही निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको जसपाले पार्टीबाट मन्त्री बन्ने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा नेतृत्वलाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।

प्रायःसबै पार्टीभित्र मन्त्री छान्ने जिम्मा अध्यक्ष वा सभापतिलाई दिने गरिएको छ । जसपाले तीनजनालाई जिम्मा दिएको भए पनि अन्य दलहरूले अध्यक्ष वा सभापतिलाई दिँदै आएका छन् ।कांग्रेसले सभापति शेरबहादुर देउवालाई, एमालेले अध्यक्ष केपी ओलीलाई र माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री बन्ने नेताहरूको नाम टुंगो लगाउने जिम्मा दिने गरेका छन् ।

यसैगरि,  नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सान्दर्भिकता सकिएको बताएका छन् ।राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गरे ।

‘माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ,’ उनले भने ।

बस्नेतले थपे, ‘आज प्रचण्डलाई पापको भारीले पोलेको छ । अब नेपालको राजनीतिमा प्रचण्डको सान्दर्भिकता सकिएको छ। त्यहीँ भएर उहाँमा बरबराहहट सुरु भएको छ । चिच्याहट सुरु भएको छ । अनि केपी ओली र एमालेविरुद्ध बरबराउन थाल्नुभएको छ ।

बस्नेतले सान्दर्भिकता सकिएका प्रचण्डलाई अब आश्रममा राख्नुपर्ने बताए। ‘अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो । प्रचण्डलाई देशको जिम्मा दिने होइन । सान्दर्भिकता सकियो,’ उनले भने।

एमालेलाई प्रचण्डले विभाजन गर्न कुनै कसर नछोडेको उनको आरोप छ। मधेसका समस्या समाधान गर्ने एमाले हो भन्ने पुष्टि भएको बस्नेतले दाबी गरे । ‘सुकुम्बासी आयोग बनाउने एमाले हो । कांग्रेस माओवादी मधेसवादी मिलेर आयोग भंग गरे । भूमिहीनलाई लात हाने,’ उनले भने ।

भ्रष्टाचारी र अपराधीले तस्करी गरेको कालोधनलाई सरकारले वैध बनाउन खोजेको उनको आरोप छ । ‘यो देशलाई भूमाफियाको स्वर्ग बनाउँदैछन्,’ उनले भने ।उनले कांग्रेस झुटो आश्वासन बाँड्ने पार्टी भएको बताए । ‘आश्वासन दिने पार्टी हो कांग्रेस ।

बहाना बनाएर फेरि आउँछन् । अब स्थानीय, प्रदेश, संघ चुनाव हुँदैछ । झाकी ओढेर, सिंगार पटार गरेर आउनेछन् । तपाई झुक्किनु हुनेछैन । विकास र समृद्धिका लागि एमाले नै हो,’ उनले भने ।आश्वासन दिने र बहाना बनाउने कांग्रेसको राजनीति मधेसबाट सदा सदाका लागि समाप्त गर्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया