आज : गते

ताजा शिर्षकहरु

भाषण मात्र होईन एक्सनमै उत्रिए विप्लव, अमेरिकासमेत झस्कियो

प्रकाशित
1.4K
SHARES

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एक्सनमा उत्रिएको छ। जसरी पनि नेपालबाट एमसीसी पिर्ता पठाउन पर्ने भन्दै संघर्षमा उत्रिएको नेकपाले एक्सन लिन थालेको छ। नेकपाले एक्सन लिन थालेपछि अमेरिका समेत झस्किने संकेत देखिएको छ। विप्लव नेतृत्वको नेकपा, नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा ३८५ रोपनी जग्गा कब्जा गरेर एक्सनमा उत्रिएको छ।

अमेरिकी सहायता परियोजना एमसिसीले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको अधिग्रहण जग्गा नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले सोमबार गएर कब्जा गरेको हो।नेकपाका नेताहरुले पार्टीको झण्डा गाडेर सो जग्गा ज–जसले बेचेको हो उनीहरुले नै भोगचलन गर्न भनेका हुन्।

नेकपाका नेताहरुले एमसीसी छिर्न नदिने र कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्। नेकपा कार्यकर्ताहरु सोमबार सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको मागसहित धर्ना बसेका थिए। धर्नामा रहेकाहरुले नै एमसिसीले अधिग्रहण गरेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्।

रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको व्यानरसहित झन्डा गाडेर कब्जा गरेको हो। नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडेर विज्ञप्तिसमेत टाँस गरिएको छ।

पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको थियो। स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाडेर र विज्ञप्ती टाँगेर कब्जा गरिएको जानकारी दिदै विरोध प्रदर्शनसहित कोणसभा गरेको हो।

कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ। जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलालहरूलाई त्यही धर्तीमा गाड्ने चेतावनीसमेत दिएको छ।

यसैगरि, नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै नदिएको भन्दै थप असन्तुष्टि ब्यक्त गरेका छन्।

१० बुँदे सहमतिमा पनि ओलीले आफूलाई धोका दिएको बताउने रावल विधान महाधिवेशनमा गरिएको एकलौटी निर्णय र व्याख्याबाट सन्तुष्ट छैनन्। उनले केपी ओलीले बाहिर लोकप्रियताका लागि सबैचिज भन्ने गरेको तर कुर्सीमा बस्नका लागि मरिहत्ते गर्दै सबै आफू अनुकुल व्याख्या गरेको समेत बताएका छन्।

कान्तिपुरसँगको अन्तर्वार्तामा रावलले नेपालको राजनीतिमा बाहिर देखाउन र लोकप्रियताका लागि भन्ने तर वास्तवमा कतिपय मानिसहरू त्यो कुर्सी छाड्नु भनेको यो संसार नै छाड्नु जस्तो ठान्ने प्रवृत्तिका भएको बताएका छन्। नाम नै किटान नगरेपनि रावलले घुमाउरो पाराले पद नछाड्नका लागि ओलीले जे पनि गर्ने गरेको आरोप लगाएका छन्। उनले ओलीका लागि कुर्सी छाड्नु भनेको संसार नै छाड्नु जस्तै लागेको समेत आरोप लगाएका छन् ।

उनले ७० वर्ष पूरा भएपछि व्यक्तिले निशर्त पद छाड्नुपर्ने समेत बताएका छन्। त्यतिमात्र होइन उनले विधान महाधिवेशनमा आफूहरूको समूहलाई यस विषयमा बोल्न समेत नदिएको बताएका छन्। एकलौटी नेताहरू चुनेर टोली बनाएर आफ्नाका मात्रै कुरा सुनेको आरोप पनि रावलले लगाएका छन्।

रावलले पार्टीमा अब खरो समिक्षा नगरी नहुने समय आएको बताएका छन्। उनले भनेका छन्, ‘घटना र त्यसको वरिपरी देखिएका जति पनि कुरा छन् त्यसको यथार्थ रूपमा विश्लेषण र समीक्षा नगरी कहीं कमी, त्रुटी भएको भए सच्याउने प्रतिवद्धता व्यक्त नगरी सहज र सजिलो तरिकाले गल्ती सच्याएर जाने अवस्था बन्दैन।

त्यस्तै १० बुँदे सहमतिको विषयमा गरिएको प्रश्नमा रावलले चर्को असन्तुष्टि ब्यक्त गरेका छन्। उनले १० बुँदे सहमति त कार्यान्वयन नै नभएको बताएका छन्। उनले भनेका छन्, ‘विगतका घटनालाई हेर्ने र विश्लेषण गर्ने कुराको समीक्षा बाँकी नै छ। १० बुँदे सहमति गरौ त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने कुरा पनि अझै पुरा भएको छैन।

तत् सम्बन्धमा कार्यदल बनेको छ । त्यसमा पनि पर्याप्त छलफल गरेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छँदैछ। उनले १० बुँदे कार्यान्वयन नगर्दा सबैभन्दा बढी समस्या र कार्यान्वयनमा व्यावधान जुन ठाउँमा एमाले हुँदा संयोजक र एकीकरण हुँदा इन्चार्ज थिए त्यही ठाउँमा उत्पन्न हुँदा यो बिडम्वनापूर्ण लागिरहेको समेत बताएका छन् ।

विधान महाधिवेशनमा समेत बोल्न नदिएको र एकलौटी रूपमा टोली नेता चुनेको बिषयमा समेत रावलले आपत्ति जनाएका छन् ।उनले यसमा चर्को असन्तुष्टि राख्दै भनेका छन्, ‘यसपटक हाम्रो बीचमा कुनै पनि छलफल नभएर समूह नेता मञ्चबाट घोषणा गरियो । त्यस विषयमा कुनै जानकारी थिएन । बाहिरबाट हेर्दा एउटै रंगका देखियो । एउटै रंगको छनोट गरेर बहुरंगी समाजको प्रतिनिधित्व हुँदैन।

यसैगरि, नेपाल कम्युनिस्ट पार्टी एमाले बोगटान फुड्सिल गाउँपालिका कमिटी सदस्य केशव बोगटी र बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा (साबिक गगुडा गाविस) का पुर्ब पुर्ब सचिव मानबहादुर बोगटी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले नेताद्धय बोगटीलाई प्रदेश कमिटी सदस्य कमलबहादुर गड्सिलाले स्वागत गरेका हुन ।

बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर रहेको बेला गाउँ कमिटी सदस्य र पुर्ब वडा सचिव पनि प्रवेश गरेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सिद्धराज बिकले जानकारी दिए ।माओवादी केन्द्रको विचारधारा र कार्यशैली मन पराएका कारण माओवादी केन्द्रमा आफू प्रवेश गरेको केशव बोगटीले बताए ।

यसैगरि, नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नेतृत्व ऊर्जामन्त्री पम्फा भुसालले गर्ने भएकी छन्।माओवादीबाट मन्त्री बनिसकेका र बन्न लागेकाहरुमध्ये सबैभन्दा सिनियर भएका आधारमा भुसालले सरकारमा नेतृत्व गर्ने पक्का भएको हो।उनी असार २९ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिन ऊर्जा मन्त्री बनिसकेकी छन्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन्।बुधबार केबल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने बताएकी हुन्।

उनले सरकारले सञ्चारलाई गाउँगाउँमा पुर्‍याउनुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन्। मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन्।

उनले निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरूको मागको हल निकाल्ने बताइन्।

‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको ठूलो हात छ, हामीले अहिलेको परिवर्तन, राजनीतिकर्मी, आमजनता र सञ्चारकर्मीहरूको कुल योगले पाएका हौँ, हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सात सयभन्दा बढी त एफएमहरू छन्।

न्युज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरू देशमा सरकारले बनाएका समाचार छाप्ने हो, हामीले मोबाइल, चिप्सजस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनीकरण गर्नुहुँदैन, केबल टेलिभिजन व्यवसायी साथीहरूले गाउँगाउँ, ठाउँठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रले पनि दिएको छ।

म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरू पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरूमा संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने रु आदिबारे पनि चुनौतीहरू छन्, जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ यो, यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पार्ने भएकोले म यहाँहरूलाई के प्रतिबद्धता जनाउन चाहन्छु।

भने यहाँहरूका पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रूपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु,’ उनले भनिन्।

मन्त्री भुसालले सरकार सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन्। उनले आजको विद्युत् प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ