आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ह्वात्तै बढ्यो काठमाडौंको गाडिभाडा, अब कति तिर्न पर्छ ?

प्रकाशित
318
SHARES

काठमाडौ। काठमाडौँ उपत्यकाको गाडिभाडा ह्वात्तै बढेको छ।बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरि भाडा बढाएपछि काठमाडौँको भाडा बढेको हो। सरकारले बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो।

यसका साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ। प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ। उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ। यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ।

समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ।यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए। यद्यपि, छोटो दूरीको भाडादर भने १३ रुपैयाँ कायम थियो।

यसैगरि, नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट नि:शुल्क पुर्‍याइदिने भएको छ।असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

महान चाड बडादशैं सुरु, आज जमरा राख्ने दिन : पालीहरुको महान आज बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ ।

जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको पि्रय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी बिसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।

समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रतिक्रिया