आज : गते

ताजा शिर्षकहरु

एमाले स्थायी समिति सदस्यसहित २५ जना केन्द्रीय सदस्य माओवादीमा प्रबेश गर्दै, नामावलीसहित

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु शाह फेरी माओवादीमै फर्किने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मागहरुको सम्बोधन नगरेको भचन्दै उनी फेरी माओवादीमै फर्किन लागेका हुन् । नेकपा एमालेको विधान महाधिवेशनमा अनुपस्थित भएका शाह माओवादीमा फर्किने भएका हुन्।

उनले माओवादी केन्द्रका नेताहरुसँग फर्किनको लागि छलफल पनि अगाडि बढाएको श्रोतको दाविछ। माओावादी केन्द्रका प्रबत्ता कृष्णबहादुर महरासँग उनले पहिलो चरणमा छलफल गरेका छन्। शाहसँगै एमालेमा गएका २१ प्रदेश कमिटी सदस्यले यसअघि नै एमालेबाट सामूहिक राजीनामा दिएका थिए । उनी निकटका प्रदेश २ मा देखिएका अधिकांश नेताहरु अहिले निष्क्रिय अवस्थामा छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केहि नेताहरु माओवादी केन्द्रमा फर्किन लागेको बताएका थिए । बताइएअनुसार अध्यक्ष प्रचण्डले प्रभु शाह र गौरीशंकर चौधरीलाई संकेत गर्दै उक्त कुरा बताएका थिए।

तत्कालिन नेकपा विभाजनका बेला केपी शर्मा ओली नेतृत्वको समूहका लागेका नेताहरु सर्वोच्चको फैसलापश्चात एमाले र माओवादी ब्यूँतिएपछि पनि माओवादीमा फर्किएका थिएनन्। माओवादी अध्यक्षविरुद्व चर्को विरोध गरेका शाहलगायतका नेताहरु एमालेभित्र देखिएको किचलोसँगै भने माओवादी नजिक देखिँदै आएका थिए।शाहसँग जानेमा २५ जना प्रदेश कमिटी सदस्यहरु रहेका छन्।

रौतहटबाट मनोजकुमार यादवसहित ९ जना मोहोत्तरीबाट रामअधार कापड, सर्लाहीबाट राजकुमार यादवसहित तीनजना, श्रीलाल महासेठसहित धनुषाबाट ५ जनालगायत अन्य जिल्लाहरूबाट गरी २५ जना माओवादीमा प्रबेश गर्ने भएका छन्।शाहाले आईटी आर्मी भनेर तराईमा नयाँ समूह बनाएका छन्। यसलाई व्यवस्थापन गरेको भए ओलीलाई ठूलो राहात हुने सम्भावना थियो।

यसैगरि,  नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ। विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ। तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ।

सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको जानकारी दिए। ‘बाहिर खबरहरु आएका छन्, तर विभाग गठन भइसकेको छैन, हामी छलफलमै छौँ’, उनले भने, ‘हामीसँग डिम्लोम्याट कति छ, हामीप्रति सहानुभूति राख्नेहरूको एउटा चार्ट, पहिले विदेश विभागमा रहेका साथीहरुको अर्को चार्ट बनाएका थियौँ।

उनले भने, ‘हामीले त्यो कार्यदलमा पेश गरेका थियौं। कार्यदलबाट एक्सपोज भएको हुनसक्छ । विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विदेश विभागमा रहनसक्ने नामहरू प्राप्त गरेपछि प्रस्ताव अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई दिएको थियो।

सोही प्रस्ताव कार्यदलका कुनै सदस्य या स्थायी कमिटी सदस्यमार्फत मिडियामा बाहिरिएको हुनसक्ने माओवादीका नेताहरु बताउँछन् ।माओवादीले तयार पारेको सूचीअनुसार यसअघि राजदूत भइसकेका लीलामणि पौडेल, डा महेश मास्के, लक्की शेर्पा समेत समेटिएका छन्। पौडेल पछिल्लो समय माओवादीमा खुलेर लागेका छन्।

उनले केही साताअघि गुल्मीमा माओवादीका कार्यकर्तालाई खुला रुपमा प्रशिक्षण नै दिएका थिए। उनले माओवादी परिवर्तनको संवाहक रहेको भन्दै उसको एजेन्डालाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए। यद्यपी उनले आफू माओवादीमा प्रवेश गरिनसकेको दावी गरेका थिए।

नेता कार्कीका अनुसार आफूहरुको सूचीमा समेटिएकाहरु समितिमा बस्न सकारात्मक रहेकाले प्रायः सबैलाई समेटेर अघि बढिने बताए। सूचीमा नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको तत्कालीन विदेश विभागमा रहेका युवराज चौलागाईं, डा ऋषि अधिकारी, रुपक सापकोटा, युगनाथ लम्साल, प्रा अमन श्रेष्ठ, सुनील पौडेल, प्रदीप परियार, नन्द कुमार थापा, टासी लामा, मातृका पौडेल र प्रमोद जैशवाललाई पनि स्वतः समेटिएको छ।

यसैगरी राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह, जोखबहादुर महरा, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ, ओम शर्मा, विमल अधिकारीलगायतको नाम पनि प्रस्तावमा समेटिएको छ।

नेता कार्कीका अनुसार छिट्टै यी नामबारे पार्टीमा छलफल गरेर विभागलाई पूर्णता दिइने भन्दै अहिले नै गठन भइसकेको भन्नुको कुनै सत्यता नरहेको स्पष्ट पारे। नेकपा विभाजित भइसकेपछि माओवादी केन्द्रले पार्टीलाई चलायमान बनाउन धमाधम केन्द्रीय निकाय र विभागहरु गठन गरिरहेको छ। माओवादीले गत भदौमै केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो।

सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो। यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको थियो। पार्टीका सबै अंगलाई सशक्त बनाएर पार्टीलाई पहिले जस्तै बलियो अवस्थामा फर्काउने अध्यक्ष प्रचण्डले बताउँदै आएका छन्।

प्रतिक्रिया