आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले फेरी सुन्नपर्यो अत्यन्तै दुःखद खवर, ओली खुशीले गदगद

प्रकाशित
0.9K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी अत्यन्तै दुःखद खवर सुन्न परेको छ। गोलाकार भित्रको हसिंया हतौडाबाट चुनाव जितेका दुई जना वडाध्यक्ष एमालेमा प्रबेश गरेपछि प्रचण्डलाई झट्का लागेको छ। नेकपा एमाले बिभाजन भएपनि एमालेमा प्रबेश गर्ने कार्यकर्तामा भने कमि भएको छैन।

आज पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई जना वडाध्यक्षसहितका जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार चरिकोटमा आयोजित एमालेको जिल्ला भेलामा जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन्।

त्यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गरेको एमाले नेता राजेन्द्र मानन्धरले बताए। नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल,वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल,जिल्ला इन्चार्ज पार्वत गुरुङ लगायतले स्वागत गरेका थिए।

नेकपा एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरु मूलधारमा समाहित भएको बताए। भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दोलखामा पार्टी विभाजनको असर १ प्रतिशत पनि नपरेको र त्यो भन्दा बढी माओवादीबाट एमालेमा समाहित भएको दावी गरे।

यसैगरि, नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री छानेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो। बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन्। माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए। तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए। २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए। पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन।

अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि हुन्।

२०३४ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी श्रेष्ठ छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी थिइन्। माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन्।

१ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए। २०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए। सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन्।

माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन्। माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव मास्टर साहबको २ भदौ २०५१ मा हत्या भएको थियो। धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बन्ने भएकी हुन्।

यसैगरि,  कुमार पौडेल इन्काउन्टर प्रकरमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालविरूद्ध जाहेरी दर्ता गरेको हो।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा ५ असार २०७६ मा मारिएका थिए। यही प्रकरणमा तत्कालीन गृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनाल पनि जोडिएका थिए।सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार बादर र खनालविरुद्ध जाहेरी दर्ता भएको छ र अब बाँकी अनुसन्धानको प्रक्रिया अघि बढ्छ।

अनुसन्धान अनुसार नै प्रतिवादीलाई उपस्थित गराउने पक्राउ पुर्जी जारी गर्नेलगायत कानुन अनुसार अघि बढ्नेछ’ उनले भनेका छन्। पौडेलका परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन।

कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न असोज १२ मा आदेश दिएको थियो। राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालको दोषी देखाएको थियो।

प्रतिक्रिया