आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई छाडेपछि आले फलिफाप, पाउने मन्त्रालयको पनि लाग्यो टुङ्गो

प्रकाशित
473
SHARES

काठमाडौ। केपी शर्मा ओलीको साथ छाडेपछि प्रेम आले फलिफाप भएका छन्। उनले पाउने मन्त्रालयको पनि टुंगो लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ।

यसैबीच नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ। नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ। यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन्।

आलेले हिजोको अनुभवले आफूलाई अब काम गर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन्। मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ। मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ। यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ। यसैबीच नेकपा एसले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।

नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ। यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन्। आलेले हिजोको अनुभवले आफूलाई अब का मगर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन्। मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ।

मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ। यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो। यसै गरि,नेकपा माओवादी केन्द्रको गोप्य दस्तावेज नै लिक भएपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो तनाव भएको छ।

निर्णय नभएको गोप्य दस्तावेज बाहिरिनु सामान्य बिषय नभएको प्रचण्डले बताएका स्रोतले बतायो। माओवादीले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएसँगै विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको हो।

तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीमा खैलाबैला मच्चिएको छ। सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको जानकारी दिए।

‘बाहिर खबरहरु आएका छन्, तर विभाग गठन भइसकेको छैन, हामी छलफलमै छौँ’, उनले भने, ‘हामीसँग डिम्लोम्याट कति छ, हामीप्रति सहानुभूति राख्नेहरूको एउटा चार्ट, पहिले विदेश विभागमा रहेका साथीहरुको अर्को चार्ट बनाएका थियौँ’, उनले भने, ‘हामीले त्यो कार्यदलमा पेश गरेका थियौं। कार्यदलबाट एक्सपोज भएको हुनसक्छ।

विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विदेश विभागमा रहनसक्ने नामहरू प्राप्त गरेपछि प्रस्ताव अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई दिएको थियो। सोही प्रस्ताव कार्यदलका कुनै सदस्य या स्थायी कमिटी सदस्यमार्फत मिडियामा बाहिरिएको हुनसक्ने माओवादीका नेताहरु बताउँछन्।

माओवादीले तयार पारेको सूचीअनुसार यसअघि राजदूत भइसकेका लीलामणि पौडेल, डा महेश मास्के, लक्की शेर्पा समेत समेटिएका छन्। पौडेल पछिल्लो समय माओवादीमा खुलेर लागेका छन्। उनले केही साताअघि गुल्मीमा माओवादीका कार्यकर्तालाई खुला रुपमा प्रशिक्षण नै दिएका थिए।

उनले माओवादी परिवर्तनको संवाहक रहेको भन्दै उसको एजेन्डालाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए। यद्यपी उनले आफू माओवादीमा प्रवेश गरिनसकेको दावी गरेका थिए। नेता कार्कीका अनुसार आफूहरुको सूचीमा समेटिएकाहरु समितिमा बस्न सकारात्मक रहेकाले प्रायः सबैलाई समेटेर अघि बढिने बताए।

सूचीमा नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको तत्कालीन विदेश विभागमा रहेका युवराज चौलागाईं, डा ऋषि अधिकारी, रुपक सापकोटा, युगनाथ लम्साल, प्रा अमन श्रेष्ठ, सुनील पौडेल, प्रदीप परियार, नन्द कुमार थापा, टासी लामा, मातृका पौडेल र प्रमोद जैशवाललाई पनि स्वतः समेटिएको छ। उक्त गोप्य दस्तावेज बाहिरिएपछि प्रचण्डसँग रुष्ट बनेका नारायणकाजी वास्तविकता थाहा पाएपछि खुसी भएका छन्।

यसैगरी राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह, जोखबहादुर महरा, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ, ओम शर्मा, विमल अधिकारीलगायतको नाम पनि प्रस्तावमा समेटिएको छ।

नेता कार्कीका अनुसार छिट्टै यी नामबारे पार्टीमा छलफल गरेर विभागलाई पूर्णता दिइने भन्दै अहिले नै गठन भइसकेको भन्नुको कुनै सत्यता नरहेको स्पष्ट पारे। नेकपा विभाजित भइसकेपछि माओवादी केन्द्रले पार्टीलाई चलायमान बनाउन धमाधम केन्द्रीय निकाय र विभागहरु गठन गरिरहेको छ। माओवादीले गत भदौमै केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो।

सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो। यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको थियो। पार्टीका सबै अंगलाई सशक्त बनाएर पार्टीलाई पहिले जस्तै बलियो अवस्थामा फर्काउने अध्यक्ष प्रचण्डले बताउँदै आएका छन्।

प्रतिक्रिया