आज : गते

ताजा शिर्षकहरु

एमाले नेता बादल र पूर्व आईजी खनालविरुद्ध उजुरी, १० बर्ष कैद हुनसक्ने

प्रकाशित
826
SHARES

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल इन्काउन्टर प्रकरणमा तत्कालिन गृहमन्त्री र प्रहरी विरुद्ध उजुरी दर्ता भएको छ। एमाले नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र तत्कालिन प्रहरी महानिरिक्षक आईजी सर्वेन्द्र खनालविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको हो।

बुधबार सरकारी वकिलको कार्यालयमा प्रहरीलाई बोलाएर उजुरी दर्ता गरिएको हो। उजुरी दर्ताको प्रतिलिपिसहितको प्रतिवेदन सर्वोच्च अदालतमा पठाउने तयारी छ। अब थापा र खनालसँग प्रहरीले सोधपुछ गर्नेछ। सर्वोच्च अदालतले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको थियो।

महान्यायाधीवक्ताको कार्यालयले उक्त आदेश कार्यान्वयनका लागि जिल्ला सरकारी वकिललाई पत्राचार गरेको थियो। २०७६ असार ५ गते दिउँसो पौडले दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरीले दाबी गरेको थियो। तर, मानव अधिकार आयोगको टोलीले छानबिनमा विवादास्पद देखिएको भन्दै अनुसन्धान गर्न सरकारलाई भनेको थियो।

प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउनका लागि आयोगले सरकारलाई भनेको थियो। दफा १७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने व्यवस्था छ । त्यसको उपदफा १ मा कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन नहुने भनेको छ ।

१७८ मा ज्यान जान सक्ने काम गर्न नहुने उल्लेख छ। त्यसको उपदफा १ मा कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न नहुने उल्लेख छ। दुबै जना दोशी ठहर भएमा १० देखि १५ बर्ष कैद सजाय हुनेछ । मूलुकी अपराध संहिता २०७४ मा आवेगमा आएर कसैको ज्यान लिन नहुने व्यवस्था छ ।

कसैले ज्यान लिएको खण्डमा १० देखि १५ बर्षको कैद र एक लाख रुपैयाँँदेखि एक लाख पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ व्यवस्था छ ।संहिताको दफा १७९ मा गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुने व्यवस्था छ । दफा १७९ को उपदफा (१) मा दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँँदेखि एक लाख पचास हजार रुपैयाँँसम्म जरिबाना हुने भनिएको छ ।

यसैगरि,  नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ुप्रचण्डुको सान्दर्भिकता सकिएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गरे। माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन्। अरब गएर भेडा चराइरहेका छन्।

अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ। छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ। सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ, उनले भने। बस्नेतले थपे, आज प्रचण्डलाई पापको भारीले पोलेको छ।  अब नेपालको राजनीतिमा प्रचण्डको सान्दर्भिकता सकिएको छ। त्यहीँ भएर उहाँमा बरबराहहट सुरु भएको छ । चिच्याहट सुरु भएको छ। अनि केपी ओली र एमालेविरुद्ध बरबराउन थाल्नुभएको छ।

बस्नेतले सान्दर्भिकता सकिएका प्रचण्डलाई अब आश्रममा राख्नुपर्ने बताए। अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो। प्रचण्डलाई देशको जिम्मा दिने होइन। सान्दर्भिकता सकियो, उनले भने।

एमालेलाई प्रचण्डले विभाजन गर्न कुनै कसर नछोडेको उनको आरोप छ। धेसका समस्या समाधान गर्ने एमाले हो भन्ने पुष्टि भएको बस्नेतले दाबी गरे। सुकुम्बासी आयोग बनाउने एमाले हो । कांग्रेस माओवादी मधेसवादी मिलेर आयोग भंग गरे। भूमिहीनलाई लात हाने, उनले भने।

भ्रष्टाचारी र अपराधीले तस्करी गरेको कालोधनलाई सरकारले वैध बनाउन खोजेको उनको आरोप छ। यो देशलाई भूमाफियाको स्वर्ग बनाउँदैछन्, उनले भने। उनले कांग्रेस झुटो आश्वासन बाँड्ने पार्टी भएको बताए। आश्वासन दिने पार्टी हो कांग्रेस । बहाना बनाएर फेरि आउँछन्।

अब स्थानीय, प्रदेश, संघ चुनाव हुँदैछ। झाकी ओढेर, सिंगार पटार गरेर आउनेछन्। तपाई झुक्किनु हुनेछैन। विकास र समृद्धिका लागि एमाले नै हो, उनले भने। आश्वासन दिने र बहाना बनाउने कांग्रेसको राजनीति मधेसबाट सदा सदाका लागि समाप्त गर्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ